सिरहा,कार्तिक १९ गते । सुखिपुर नगरपालिका वडा नं. ८ महदेबा स्र्कावड क्लबले आज देखी दोस्रो महदेवा नकआउट फुटवल कप २०७८ उद्घाटन गरी सुरु गरेको छ ।
शुभ दिपावलीको अबसरमा आयोजना गरिएको फुटवल म्याच पूर्व खेलाडी मुरलीकान्त  चौधरीको प्रमुख अतिथ्यमा संचालन भएको छ ।
उक्त खेलको सुरुवात आज पहिलो दिन जि.एस.सी गोलवजार र मालीथाम एफ.सी. उदयपुर विच सुरु भएको आयोजक संस्थाले जनाए ।futball
दबै टिमका खेलाडीहरुलाई सुरुमा ७० मिनेटको समयमा उदयपुर टिमले खेल सुरु भएको २मिनेटमै पहिलो गोल गरेक थिए । उक्त खेलमा गोलवजार टिमले ५० मिनेटमा एक गोल गर्दै बराबरी भएका थिए ।


निधार्रित समयमा  एक एक गोल गरी बराबरमा भएका थिए ।थप प्लायन्टीमा ५/५ बलमा गोलवजारले ५ गोल र उदयपुर टिमले ४ गोल गरेकोमा गोलवजार १ गोलले विजय भएको आयोजक संस्थाले जनाए ।

an of tha mach
आजको खेलमा म्यान अफ द म्याच गोलजारका खेलाडी मनिस मगरलाई नगद रु पाच सय दिईएको आयोजक संस्थाले जनाए ।
 भोलीको खेल हर्दिया सप्तरी र महदेबा एस.सी विच हुने आयोजक संस्थाले बताए ।