सिरहा,कार्तिक १८ गते । शुभ दिपावलीको उपल्यक्षमा आज तरुणदल धनगढीमाई नगरपालिकाले आज धनगढी बजार सरसफाई गरेको छ ।
नेपालीहरुको महान चार्ड शुभ दिपावली र छठ पर्वको शुभ अवसरमा नेपाली कांग्रेश निकट तरुणदल धनगढीमाई नगरपालिका वडा नं. ४ र १० ले संयुक्त रुपमा आयोजना गरेका शुभकामना आदान प्रदान तथा सरसफाई कार्यक्रम आयोजना गरी धनगढी बजार सरसफाई गरेको छ ।
नेपाली कांग्रेश जिल्ला सभापति राम च्रन्द्र यादबको प्रमुख अतिथिमा आयोजना गरिएको सरसफाई कार्यक्रममा ४० ÷५० जना को सहभागितामा उक्त सरसफाई कार्यक्रम सम्पन्न गरिएको वडा नं. ४ का तरुणदलका संयोजक कृष्ण कुमार शर्माले बताए ।




















