विराटनगर कात्तिक ५ गते प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव शुक्रबार प्रदेशसभामा पेश गरेका छन् ।

उनले विश्वासको मतका लागि प्रस्ताव पेश गरेलगत्तै प्रदेशसभा बैठक स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतविभाजन आइतबार हुने जानकारी दिए ।