सिरहा,कार्तिक ५ गते । अबैध रुपमा रकम उठाई ठगी गरेको भन्दै एक जनालाई प्रहरीले पक्रउ गरेको छ ।पक्रउ पर्नेमा  बौधीमाई नगरपालिका(१ बस्ने दलित जनजाती उथान केन्द्र कलैया बाराका प्रोग्राम कोडिनेटर २४ वर्षीय बिकेश जयसवाल रहेको छ ।  ठगी गरेको नगद ६० हजार ७ सय रुपैयाँ सहित जयसवाललाई पक्राउ गरेको हो । 

कोभिड(१९ ले अफ्ठ्यारोमा परेका विभिन्न महिलाहरुको लागि मानविय सहायता स्वरुप यूएनडिपीले प्रभु बैंक शाखा कार्यालय गौर रौतहटमार्फत पठाएको रकम निकाल्न आएका मानिसहरुसँग जयसवालले  नगद ३ हजार  ३ सयका दरले अबैध रुपमा पैसा उठाई ठगी गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले  बैंकको गेट अगाडिबाट उनलाई पक्रउ गरेको छ । 

जयसवाललाई जाँच गर्ने क्रममा झोलाभित्रबाट आपराधिक लाभ ९एक्सटर्सन० लिने मनसायले ठगी गरेको उक्त रुपैयाँ सहित पक्राउ प्रहरी पक्राउ  गरेको हो । 

अहिले जयसवाल लाई जिल्ला अदालत रौतहटबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।