५ गते कात्तिक, काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट
भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा
शुक्रबार भएको बाँडफाँटमा २ लाख ९ हजार २५० जनाले शेयर पाएका छन् ।
आईपीओमा २२ लाख
५५ हजार ८४ जनाले २ अर्ब ७० करोड ८९ लाख १५ हजार रूपैयाँ बराबरको आवेदन गरेका थिए ।
जसमा १० हजार ४४२ आवेदन रद्द भएको थियो भने ३ हजार ५०४ आवेदन सिआस्वा प्रणालीले अस्वीकृत
गरेको थियो । स्वीकृत भएका २२ लाख ४१ हजार १३८ आवेदनमा आईपीओ बाँडफाँट गरिएको हो ।
कम्पनीले असोज १५ गते देखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ
बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ४५ हजार कित्ता
शेयर कम्पनीको कर्मचारीहरुका लागि र १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई
छुट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि वितरण गरिएको
थियो ।




















