सिरहा,कार्तिक ५ गते । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ८ तोपाका शारीरिक रुपले पूर्ण अशक्त बौना दास सौचालयसहितको सुबिधा सम्पन्न पक्की घर  निःशुल्क घर पाएपछि खुशिले दंग परेका छन् । 

तोपा बजार यूथका अध्यक्ष कौशल यादवको अध्यक्षतामा आयोजित एक समारोहका बीच पूर्व उप–प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बिहीवार दासलाई सौचालयसहितको घर हस्तान्तरण गरेका छन् । तोपा बजारका यूवाहरुको सहयोग तथा सक्रियतामा निर्मित सौचालयसहितका घर हस्तान्तरण गर्दै अध्यक्ष यादवले युवाहरूले समाजमा उदाहारणीय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।

das2

सुबिधा सम्पन्न घर पाएकोमा खुशी ब्यक्त गर्दै दासले सहयोग गर्ने सबैलाई धन्यवाद दिए । आफ्नो यस्तो घर हुन्छ भन्ने कल्पना पनि गरेको थिईन्, उनले भने, आज घर पाउँदा हर्ष लागेको छ, उनले थपे, मलाई सहयोग गर्नुहुने यूवा मित्रहरुसहित सबैजानालाई हृदयदेखि धन्यवाद ।

कार्यक्रममा अध्यक्ष यादव, जसपाका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, जसपा नेता एवम् प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, केन्द्रिय कार्याकारिणी समिति सदस्य एवम् प्रदेश सभा सदस्य मनिष सुमन, प्रदेश सभा सदस्य नेत्रबिक्रम साह, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम प्रदेश आम संचार प्राधिकरण प्रदेश नम्बर २का अध्यक्ष श्यामसुन्दर यादवलगायतका उच्चपदस्थ ब्यक्तित्वहरु,  स्थानीय जनप्रतिनिधि, पत्रकार, बुद्धिजिवीहरुको समेत उपस्तिथि रहेको थियोे । 

यसैगरी जसपाका प्रदेश सदस्य किशोर कुमार केसि जिल्ला अध्यक्ष केदार यादव, उपाध्यक्ष निरज मुक्ति, सप्तरी यूथ नेपालका कोषाध्यक्ष बिष्णु यादव, उपाध्यक्ष मोहन यादव, ईन्जिनियर नारायण यादवलगायतका स्थानीय जनप्रतिनिधि, पत्रकार, बुद्धिजिवीहरुको समेत उपस्तिथि रहेको थियोे ।