काठमाडौं,कार्तिक ४ गते । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मुल्यमान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको बताएका छन् । बिहीबार धादिङमा भएको कांग्रेस धुनिबेसि नगर समितिको कार्यालय उदघाटन कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले १३ औं महाधिवेशन पछि पार्टीको नेतृत्वले विधिपद्धति र मुल्यमान्यता पालना गर्न नसक्दा पार्टी कमजोर भएको बताए ।
उनले विधिसम्वत र संस्थागत रुपमा पार्टीलाई अगाडि बढाउनका लागि सक्षम नेतृत्वको आवश्यकता रहेको समेत बताए । पार्टीका सिनियर नेताहरुलाई सम्मान गर्ने तर अवसर पाउँदा पनि काम गर्न नसक्नेलाई नेतृत्व सुम्पिन नहुने उनको भनाइ थियो।
उनले पार्टीको आसन्न १४ औं महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा हुनुपर्ने बताए । ‘महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा गर्नु पर्दछ । क्रियाशिल सदस्यता विधि र पद्धतिअनुसार वितरण हुनुपर्छ, उनले भने, ु यसअघिको सहमतिअनुसार नै पार्टीको अधिवेशन अगाडि बढाउनुपर्दछ । यसमा नेतृत्वले ध्यान दिन जरुरी छ ।’
पार्टी सभापतिको गृह जिल्लामा भएको महाधिवेशन प्रहरीको घेराभित्र भएकाले पार्टीको छवि बिग्रिएको नेता सिंहको आरोप छ




















