सिरहा,कर्तिक४ गते– नेपाल कम्यूनिष्ट पार्टी ९एकीकृत समाजवादी० का सिरहा जिल्ला सचिवालय सदस्य पूर्व मेयर राम नन्दन मण्डलले पदवाट राजीनामा दिएका छन् ।
केन्द्र देखी जिल्ला सम्मको पद र जिम्मेवारी वाँडफाड समानुपातिक नभएकोले पदवाट आज (आइतबार)देखी लागुहुनेगरी राजीनामा सिरहा जिल्ला अध्यक्ष प्रमोद कुमार यादवलाई बुझाएको उनले बताए । पार्टीको जिम्मेवार कार्यकर्ताको रुपमा काम गर्ने तर पदमा नरहने भन्दै केन्द्रीय नेतृत्वले जिम्मेवारी र पद वाँडफाडमा पूरानै रवैया अपनाएर अग्रगमन भन्दा स्वार्थमा केन्द्रित रहेको उनले बताए





















