सिरहा,कार्तिक ४ गते । लगातारको बर्षाका कारण बाढीप्रभावित क्षेत्रमा सप्तरीको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम नेतृत्वको एक टोलीद्वारा बुधबार स्थलगत निरीक्षण गरेका छन् । लगातारको बर्षाका कारण क्षति भएको बिभिन्न नदीहरुको बाँध तथा स्परहरुको प्रजिअ नेतृत्वको टोलीले अनुगमन गरेको हो ।

3

 सप्तरीको खाडो, महुली, कोशी ब्यारेज, भारदह रम्पुरा मलहनियाँलगायतका अति संबेदनशिल स्थलका बाँध तथा स्परहरुको प्रजिअ गौतम नेतृत्वको टोली स्थलगत निरीक्षण गरेका छन् । अनुगमन टोलीमा हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साह, सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमला, सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ, राष्ट्रिय अनुसान्धन सप्तरीका प्रमुख नरेश साह, भिम दल गणका प्रतिनिधि उपस्तिथित रहेका थिए ।

1

टोलीले क्षतिग्रस्त बाँध तथा स्परहरु अबिलम्ब निर्माण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । हावाहुरीसँगै लगातार भएको बर्षाले सप्तरीका नदीनालाहरुमा बढेको बाढीले बाँध तथा स्परहरु कटान गरि क्षति गरेको छ ।

बाँध कटान गर्दा सयौं गाउँबस्ती बाढीको जोखिम परेका छन् भने हावापानीले किसानले लगाएको हजारौं बिघा पाकेका धानबालीमा क्षति पुगेको छ ।