सिरहा,कार्तिक ४ गते ।एसि’ड सर्भाइभर मुस्कान खातुुनलाई अमेरिकाले प्रदान गर्ने साहसी महिलाको ट्रफी हस्तान्तरण गरिएको छ ।

सांसद आरजु राणाको उपस्थितीमा अमेरिकी दूतावासमा आयोजित कार्यक्रममा राजदूत र्‍यान्डी बेरीले ट्रफी हस्तान्तरण गरे हो। सो कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशिल कार्की, न्यायाधीश सपना प्रधान मल्ल, कांग्रेस प्रमुख सचेत पुष्पा भुषालसहितका सामाजिक अभियन्ता पनि सहभागि थिए ।

पुरस्कार विजेता खातुन र राजदूत बेरीले सो अवसरमा संसदबाट तत्काल एसि’डविरुद्धको अध्यादेश पास गर्न आग्रह गरेका थिए ।टुडेखोजबाट साभार