सिरहा,कार्तिक ४ गते । मोहम्मद पैगम्बर डेको अवसरमा बुधवार सिरहामा निकालिएको जुलुसमा सहभागी रथबाट लडेर एक बालकको मृत्यू भएको छ ।
मृत्यू हुनेमा सिरहा नगरपालिका १२ सारश्वरका इस्लाम मियाँका १० वर्षीय छोरा जाहिद राइन रहेका छन् । रथबाट लडेर घाइते उनको उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
रथलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक भने फरार भएको प्रहरीको भनाई छ । जुलुस सिरहा सदरमुकामको विभिन्न भागमा परिक्रमा गरी सारश्वर फर्किने क्रममा रथबाट राइन लडेको हो ।




















