सिरहा,कार्तिक ३ गते । सल्यानमा हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्रउ गरेको छ । आफ्नै  ४२ वर्षीया श्रीमती कली खड्कालाई हत्या गरेको  अभियोगमा सल्यानको कुमाख गाउँपालिका ५ तिमले बस्ने ४७ वर्षीय कबिराम खड्कालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

घरायसी विवादको कारण मादक पदार्थ सेवन गरी कबिरामले आफ्नै श्रीमतीलाई धारिलो हतियार (बसुलो) प्रहार गर्दा उनको श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय सल्यान र ईलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले खड्कालाई पक्राउ गरेको जनाएको छ । 

घटनावारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।