सिरहा,कार्तिक ३ गते । हुलाकी सडकको मेरुदण्डको रुपमा रहेको कमला नदीको पुलको अर्को स्पान पनि भासिएको छ ।
दुई दिनको लगातारको बर्षाले कमला नदीमा आएको बाढीले केही महीनाअघि मात्रै निर्माण भएको पुलको अर्को स्पान पनि तल भासिएको हो ।
बुधबार मध्यान्ह धनुषा जिल्लातर्फको ३ नम्बर पिलर भासिएको सूचना प्राप्त भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दु प्रसाद बास्तोलाले जानकारी दिए ।
‘पुलको पिलर भासिएको सूचना आएको छ, कमला सिंचाई आयोजना र सुरक्षाकर्मीलाई निरीक्षण गर्न भनेका छौं’ उनले भने ।
यसअघि सिरहाको बसपिट्टा भन्ने स्थानमा पुलको एउटा स्पाम १७ असारमा स्पान भासिएको थियो ।
पुल निर्माणको ठेक्का २०६८ मै पप्पु–लुम्बिनी जेभीले पौने २५ करोडमा लिएको थियो । तर, पछि पप्पुले काम छाडेपछि लुम्बिनी बिल्डर्सले बाँकी काम सम्पन्न गरेको थियो । अनलाईनखवरबाट साभार




















