सिरहा,कार्तिक ३ गते ।मुलुककै पुराना नगरपालिका मध्येका राजबिराज नगरपालिका सामान्य बर्षा हुँदा पनि जलमग्न हुने गरेका छन् । ढल निकासको उचित ब्यबस्था नहँुदा सामान्य बर्षामा पनि नगर क्षेत्रका सडक तथा बजारहरु जलमग्न हुने गरेको हो ।

दुई दिनदेखि हावाहुरीसँगै आएको लगातारको बर्षाले राजबिराज नगरपालिकाका मुख्य सडक तथा बजारहरु डुवानमा परेको स्थानीयले बताएका छन् । नगरपालिकाको लापरबाहीले नालाहरुमा फोहोर जमेकाले पानीको निकास बन्द भई सर्वसाधारणलाई आवतजावतमा समस्या हुने गरेको उनीहरुको आरोप रहेको छ ।

नगरपालिकाले हप्तौसम्म फोहोर थुपारेर राख्छन् एक स्थानीयले भने, समयमा फोहर नउठाउँदा पानी परेपछि नालामा छिरेर जाम हुन्छ । पानी जमेपछि हटिया क्षेत्रका बासिन्दाले बढी सास्ती खेप्नु परेको एक ब्यापारीले बताए । पानी निकासका लागि पटक–पटक नगरप्रमुख शम्भु प्रसाद यादवलाई आग्रह गर्दा समेत सुनुवाइ नभएको नगरबासीहरुले गुनासो गरे ।

नगरबासीको समस्याप्रति नगरपालिका उदासिन रहेको भन्दै उनीहरुले दुखेसो पोखे । बर्षाले अनुपराज धर्मशाला, राजबिराज हटिया र सडकहरु जलमग्न भएका छन् ।न्युज टुडे बाट साभार