सिरहा, कर्तिक ३ गते ।आईतवार राति देखि पररेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । लगातार परेको पानीका कारण देशभर ३० जनाको मृत्यु भएको छ भने बाढी र पहिरोमा परेर २६ जना घाइते भएका छन् । लगातार परेको पानीका कारण 

३१ जना सम्पर्क विहीन छन् भने प्रदेश–१ र सुदूरपश्चिममा धेरै क्षति पुगेको छ ।   सम्पर्क विहीनहरूको खोजी भइरहेको जनाएको छ। 

गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार ४०० जना विस्थापित बनेका छन् । प्रदेश १ मा मात्रै २२ जनाको मृत्यु भएको महाशाखाको भनाइ छ । 

केही दिनदेखि जारी वर्षा अझै केही दिन कायम रहने भएको छ भने शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारी वर्षा हुने स्थानमा बाढीको सम्भावना हुने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सचेतसमेत गराएको छ ।