सिरहा,कार्तिक १ गते । यूवा शक्ति क्लब, विष्णुपुरको आयोजनामा सप्तरीको राजविराजमा प्रदेशस्तरीय मिथिला कप टि–ट्वाईन्टी क्रिकेट प्रतियोगीता बुधबारदेखी शुरु हुने जनाएको छ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसस्थित रहेको खेल मैदानमा तेश्रो संस्करणको खेल हुनलागेको हो ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाहलमा पत्रकार सम्मेलन गरि मिथिला कप टि–ट्वाईन्टी क्रिकेट प्रतियोगीता सप्तरी क्रिकेट संघको समन्वयमा आयोजना गरिने जानकारी गराएको हो ।
शिक्षा, स्वास्थ्य, खेलकुदको क्षेत्रमा सक्रिय रहेरका क्लवले कार्तिक ३ गतेदेखि शुरु भई १२ गतेसम्म चल्ने खेलमा उद्घाटन खेल लहान क्रिकेट क्लव, सिरहा र फुलबारी क्रिकेट क्लव, सुनसरी बीच खेल हुने आयोजक क्लवका अध्यक्ष ई। रविन्द्र यादवले जानकारी दिनुभयो ।
बोस्टन क्रिकेट एकेडेमी झापा, बिराटनगर स्पोर्टिङ्ग क्लव मोरङ्ग, फुलवारी क्रिकेट क्लव सुनसरी, रन्जितपुर राईडर्स टिम सप्तरी, छिन्नमस्ता स्पोर्टस् क्लव सप्तरी, बजाज यूथ क्रिकेट एकेडेमी सप्तरी, रुपनी राईडर्स सप्तरी, तिलाठी कोईलाडी एलेभेन सप्तरी, लायन्स क्लव सप्तरी खेलमा सहभागी जनाउने छ ।
यसैगरी खेलमा सप्तरीबाट ६, धनुषाबाट २, महोत्तरी, रौतहट, बारा, पर्सा, सिरहा, सुनसरी, झापा, मोरङबाट १÷१ वटा गर१६ वटा टिमको सहभागीता रहेको क्लवका सचिव राजेन्द्र कुमार मुखियाले जानकारी दिए ।
क्लवका कोषाध्यक्ष नन्दकिशोर गुप्ताले भने मिथिला कप टि–ट्वाईन्टी क्रिकेट खेल प्रदेश नम्बर २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले उद्घाटन गर्ने बताए । करिब १५ लाख रुपैया बराबरको खर्च अनुमान गरिएको प्रतियोगीतामा प्रथम पुरस्कारको रुपमा नगद १ लाख रुपैया, शिल्ड, प्रमाण–पत्र, मेडल प्रदान गरिनेछ भने द्वितीय पुस्कारको रुपमा नगद ५० हजार रुपैया, कप, प्रमाण–पत्र, मेडल प्रदान गरिने क्लवका सह–सचिव जितेन्द्र कुमार यादवले जानकारी दिए ।




















