सिरहा, असोज २४ गते। नाति पुस्ताका ३६ वर्षिय खगेन्द्र लकान्द्रि फलामको हतियार बनाउने पुर्ख्यौली पेसालाई व्यवसायीक रुप दिन सफल भएका छन् । पुर्खौली शिपलाई आधुनिकिकरण र औद्योगीकीकरण गर्दै उनले सिरहाको कर्जन्हा नपा २, बन्दिपुमा मन्दिरा भोजपुरे खुकुरी उद्योग चलाउँदै आइ्हेका छन् ।
बालिघरे प्रथा अनुसार चल्दै आएको पुर्ख्यौलि पेसालाई उनले उद्योगको रुपमा सञ्चालन गरेका छन् । एक डोको धान, मकैको भरमा कुनै समय बुवा हजुरवुवाले वर्षभरी विष्टको काम गर्ने चलनको अन्तय गर्दै उनी व्यसायीकतामा लागेका हुन् । व्यवसायीकतmाले उनको कमाई र मान सम्मान दुवै बढेको बताउँछन् ।
उनको उद्योगमा अहिले दैनिक १० जना कारिगरहरु कार्यरत छन् । उनीहरुले मासिक ४० देखि ६० हजार सम्म कमाउने गरेको छ । उनीहरुलाई खुकुरीको साइज र सज्जावट अनुसार एउटाको ६ सय देखि ३ हजार सम्म ज्याला दिनेगरेको उनले बताए ।
भोजपुर, धरान हुँदै व्यसायकै सिलशिलामा २०५३ मा खगेन्द्रको हजुवुवा प्रभुराम विश्वकर्मा यहाँ आईपुगेका हुन् । हजुरवुवा र बुवा टङ्क बहादुर विश्वकर्माले सुरु गरेको खुकुरी उद्योग अहिले खगेन्द्रले सम्हालेका छन् ।
पहिला–पहिला यहि पेसाका कारण सवैले हेप्छ भन्ने लागेर पुर्ख्यौली पेसा नगर्ने सोचमा थिए । उनले स्थानिय फुलकुमारी महतो राष्ट्रिय माध्यमिक विद्यालयमा बाणिज्य शास्त्रमा स्नात्तक गरेका खगेन्द्रले एकाउन्टेनटको काम गरे । त्यहाँ उनले न्यून पारिश्रमिकमा ५–६ वर्ष काम पनि गरे ।

अहिले यो पेसामा सम्मान र कमाई दुवै भएको खगेन्द्र बताउँछन् । उनले गमक पोष्टसँग भने, हामीले पुर्ख्यौली पेशालाई व्यसायीकरण गर्दै गयौं, अहिले आम्दानी पनि सन्तोषजनक छ ।’ व्यसायीकिकरण गरेपछि यो व्यवसायलाई सम्मानको रुपमा हेरिन थालेको उनको बुझाई छ ।
लकान्द्रि विश्वकर्माहरुले गर्दै आएको पेसालाई व्यवसायीकिकरण गर्न राज्यले पनि पहल गर्नु पर्ने बताए । व्यसायीकिकरण नभएसम्म आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याउन नसकिने उनको बुझाई छ ।
खगेन्द्र स्थानीय समाजीक सेवा, राजनीतिमा सक्रिय रहेपनि मुख्य पेसा खुकुरी उद्योग नै बनेको छ । उनी हाल कर्जन्हा नगरपालिका २ नम्वर वडाका निर्वाचित वडा सदस्य समेत हुन् ।
विद्यालयमा काम अनुसारको कमाई नभएर खिन्न खगेन्द्र २०७१ म हजुरवुवा वित्नुभएपछि बुवालाई सघाउँदै खुकरी उद्योगमा सक्रिय भए । बुबालाई सघाउँदै आएका खगेन्द्र बुवा र आमा अमेरिका निवासी कम्प्यूटर इन्जिनियर दाई विष्णु लकान्द्रिकोमा २०७३ मा गएपछि भने उद्योग उनकै जिम्मामा आएको छ ।

‘खुकुरी वनाउन मात्रै समस्या होस अहिले सम्म बजारको खासै अभाव भएको छैन,’ लकान्दिले भने, ‘पहिला यहाँ बनाएको खुकुरी सेना, सशस्त्र प्रहरी क्यम्पमा एकै पटक चार–पा“च सय जान्थे अहिले खुद्रा बजारमै सकिने गरेको छ ।’
अत्याधुनिक हतियारको विकास भएपनि खुकुरी, गोरखाली खुकुरी अझै विश्वभरी प्रख्यात छ । लकान्दिले भने ‘ठूलठूला युद्ध, विश्वयुद्धमा नेपाली खुकुरीले ठूलो चमत्कार गरेको छ । विश्वमा अझै गोरखाली सेना र खुकुरीलाई वीरताको प्रतिकको रुपमा लिने गरेकोछ ।’
खगेन्द्रका बुवा टंक बहादुरले खुकुरी व्यवसायको आम्दानीबाटै जेठो छोरो विष्णु कम्प्यूटर इन्जिनियर, कान्छो छोरो खगेन्द्रलाई व्यवस्थापनमा स्नात्तक र छोरीलाई स्टाफनर्स पढाए ।
यहाँ बनाएको खुकुरी न्यूनतम १ हजार ५ सय देखि अधिकतम १५ हजार सम्ममा विक्रि हुने गरेको खगेन्द्रले बताए । उनले भने, ‘खुकुरीको साइज, त्यसको बनावट र मेहनतको आधारमा मूल्य निर्धारण हुने गर्छ, उनले आफनो उधोगमा १६ सय देखि १५ हजार मुल्य सम्मको खुकुरीहरु राखने गरेका छन् ।गमक पोस्टबाट




















