X Sharama Funecure

स्थानिय

    Showing ७९१-८०० of १,३१५ items.
  • कोदो खेती लोपो

    सिरहा,फागुन ९ गते – सर्लाही सहित मधेश प्रदेशको जिल्लाहरुमा कोदो खेती लोप हुँदै गएको छ ।नयाँ पुस्ताका किसानलाई कोदोको महत्वबारे जानकारी अभावमा कोदो खेती लोप हुँदै गएको हो । कोदो खेतीले व्यवसायिक रुप समेत लिन नसक्दा कोदो फल्ने खेतमा अन्य बालीहरु लगाइने गरिएको छ । तराईमा कोदोलाई मरुवा भनेर चिनिन्छ । कोदोलाई औषधिका रूपमा समेत प्रयोग गरिनुका साथै पोषिलो तत्वका रूपमा समेत लिइने विज्ञहरु बताउँछन् । दुई–तीन दशक पूर्व सम्म सर्लाहीका दर्जनौं गाउँका किसानहरुले कोदो९मरुवा० खेती गर्दै आएका थिए । तर अहिले यसको खेती लगभग विस्थापित नै भइसकेको यहाँका बुढापाका किसानहरू बताउँछन् । पछिल्लो समय मानिसहरु कोदोबाट बन

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • २१७ पटक पढिएको
  • कवाड बन्दै मधेस प्रदेश सरकारको पाँचवटा बस

    जनकपुर,फाल्गुन ९ गते । मधेस प्रदेश सरकारले झन्डै डेढ वर्ष खरिद करोडौं रुपैयाँ खर्च गरेर खरिद गरिएको पाँचवटा बस कवाड बन्दै गएका छन्। २०७७ कात्तिकमै करिब चार करोडको लागतमा खरिद गरिएको पाँचवटा बस सञ्चालन नभएर लामो सयमदेखि मधेस भवन परिसरमा थन्क्याएर राखिएको छ ।मधेस प्रदेशको राजधानी जनकपुरदेखि आठवटै जिल्लाको सदरमुकामसम्म सञ्चालन गर्ने उद्देश्यले प्रदेश सरकारले बस खरिद गरिएको थियो । तर बस सञ्चालनका लागि आवश्यक पर्ने ऐन कानुन तथा कार्यविधि नै निर्माण नहुदाँ बस अहिले खुल्ला अकाशमुनि थन्काएर राखिएको छ । खुल्ला अकाशमुनि राखिएको बसको रङ डिस्कलर हुनुको साथै ब्याट्री, इन्जिन, टायरलगायतका खराब हुँदै गएको छ

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • १४० पटक पढिएको
  • स्थानीय तह निर्वाचन :राजनीतिक दलका गतिविधि गाउँ केन्द्रित

    सिरहा,फाल्गुन ९ गते । स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै जिल्लामा राजनीतिक दलका गतिविधिलाई गाउँ केन्द्रित गरेका छन् । जिल्लामा ठूला दर मात्रै नभएर साना राजनीतिक दलले समेत वडा तहमै आफ्ना पार्टीका गतिविधि अगाडि बढाएका छन् । राष्ट्रिय राजनीतिका मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रसहित राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपाले समेत गतिविधि बढाउँदै लगेका छन् ।संघीय सरकारका सत्ता साझेदार  दलले आआफ्नै ढङ्गले पार्टीका गतिविधि अगाडि बढाएका छन् । प्रमुख प्रतिपक्षदल एमालेले अहिले वडा तहमै भेला र बैठक गरिरहेको छ । जिल्ला अधिवेशन सके

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • १४९ पटक पढिएको
  • रङ्गशाला जङ्गलमा परिणत हुँदा...

    सिरहा,फाल्गुन ९ गते । कैलालीको टीकापुर खेलकुदका लागि निकै सम्भावना भएको क्षेत्र हो । टीकापुरमा बस्ती विस्तारका समयमा खेलकुद विकासको सम्भावनालाई मध्यनजर गर्दै धेरै काम अगाडि बढाइएको थियो ।  पछिल्लो समय संघीय तथा स्थानीय सरकारले यहाँको खेलकुद प्रवद्र्धनमा ध्यान नदिँदा  टीकापुरले पाउनुपर्ने सफलता अझै पाउन सकेको छैन ।टीकापुर नगर खेलकुद विकास समितिको नाममा अहिले पनि २२ बिघा जग्गा छ । सरकारले अहिलेसम्म त्यो रङ्गशालाको स्तरोन्नतिका लागि करोडको लगानी गरिसकेको छ । राज्यको करोडौँ खर्च भएको रङ्गशाला जङ्गलमा परिणत छ । निर्माण भएका संरचना पनि संरक्षणको अभावमा काम नलाग्ने अवस्थामा पुगिसकेका छन् ।

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • १४३ पटक पढिएको
  • माछा बोक्ने गाडीमा गाँजा ओसारपसार, दुई जना पक्राउ

    जनकपुरधाम,फागुन ७ गते – सर्लाहीमा माछा बोक्ने गाडीबाट प्रहरीले लागूऔषध गाँजा बरामद गरेको छ ।लालबन्दी नगरपालिका– १ स्थित पूर्व पश्चिम राजमार्गबाट प्रहरीले प्र ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने पिकअप गाडीबाट १ सय २६ किलो गाँजासहित दुई जनालाई शनिबार बिहान पक्राउ गरेको हो । प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त गाडीलाई चेकजाँच गर्दा माछा बोक्न राखिएको ड्रमबाट उक्त गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । गाँजा बरामद भएपछि गाडी चालक धादिङको सिद्धलेक गाउँपालिका– ६ बस्ने २२ बर्षीय सुरेन्द्र बिक, सोही गाडीमा सवार मकवानपुरको कैलाश गाउँप

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • ४०९ पटक पढिएको
  • भारतीय स्कारपीओ दुर्र्घटना

    सिरहा,फागुन ७ गते – सिरहाको गोलबजार नगरपालिका ७ कुर्मीटोल नजीकै जन्ती छोडेर फर्कने क्रममा एक भारतीय स्कारपीओ दुर्घटनामा परेको छ । दुर्घटनामा चालक सामान्य घाइते भएका छन् ।चोहर्वा–पानबारिको बिचमा बी.आर. ०८ पी.बी. ४५५६ नम्बरको भारतीय सेतो एस्कारपीओ इस्टिरिङ फेलई उखुबारीमा पस्दा बोर्डिङको फलामे पाइप भाँचेको र स्कारपीओको अगाडीको भागमा पूर्णरुपले क्षति पुगेको बताइएको छ । चोहर्वामा जन्ती छोडेर घर (भारत) तिर जाँने क्रममा दुर्घटना भएको स्थानियले जानकारी दिएको छ   

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • २१७ पटक पढिएको
  • पूर्वाधार निर्माणमा फड्को मार्दै मधेस सरकार

    सिरहा,फागुन ७ गते –  मधेस प्रदेश सरकारले चार वर्षमा पूर्वाधार विकासमा उल्लेख्य प्रगति हासिल गरेको छ । मधेस प्रदेश सरकारले तयार पारेको प्रगति विवरणअनुसार चार वर्षको अवधिमा पूर्वाधार विकास निर्माणका क्षेत्रमा फड्को मारेका हुन् । सडक विस्तार तथा स्तरोन्नति, प्रशासकीय संरचना, विद्यालय, स्वास्थ्य संरचना, कृषि तथा सिँचाईलगायत पूर्वाधार निर्माणमा उल्लेख्य उपलब्धि हासिल गरेको दावी गरिएको छ ।मधेस सरकारले प्रदेशभरमा गरी २२४ किलोमिटर कालोपत्रे सडक, २३७ किलोमिटर ढलान सडक, ९३७ किलोमिटर ग्राभेल सडक र २२५ किलोमिटर माटो सडक निर्माण गरी जम्मा एक हजार ६२३ किलोमिटर सडक निर्माण गरेर सवारीसधान सञ्चालन योग्य ब

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • ३१८ पटक पढिएको
  • सीपसंगै किसानलाई लाईसेन्स दिने तयारी

    राजविराज,फागुन ७ गते – सप्तरीको राजविराजमा किसानहरुको क्षमता अभिवृद्धी,बीउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी आधार भूत तालिम सुरु भएको छ ।कृषि उत्पादनमा वृद्धि तथा वेरोजगार युृवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उदेश्यले तालिमको आयोजना गरिएको जनाइएको छ । कृषि ज्ञान केन्द्र सप्तरीद्वारा आयोजित तीन दिवसीय तालिमको उदघाट्न गर्दै प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले वेरोजगारी समस्या हल गर्नका लागि कृषिको उत्थान हुनु आवश्यक रहेको बताए । ‘बेरोजगारीले गर्दा युवाशक्ति विदेशीने क्रम बढेको छ , उनले भने “रोजगारी दिएर उनीहरुलाई स्वदेश मै रोक्नकालागि यस प्रकारको कार्यक्रमले कृषि उत्थान र युवालाई आफ्नै

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • २०८ पटक पढिएको
  • आँखा,कान अस्पताल बन्दा स्थानीयहरु खुशी

    सिरहा,फागुन ६ गते –  सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर – ८ स्थित स्वास्थ्य चौकी सुखीपुरको परिसरमा जन जागृती युवा क्लब सुखीपुर तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको विशेष अनुरोधमा क्लबका पदाधिकारी , ब्यापार संघ सुखीपुरका पदाधिकारी  बुद्धिजीवी ,समाजसेवी ,सफाईकर्मी ,स्वास्थ्यकर्मी ,वडा अध्यक्ष ,सुरक्षाकर्मी युवा पत्रकार सहभागितामा मधेस प्रदेशको प्रदेश सभासद तथा कृषि एवम् भुमि व्यवस्था समितिको सभापति मदनसेन श्रीवास्तव तथा विशिष्ट समाजसेवी भु.पु गा.बि.स. अध्यक्ष लक्षमण चौधरी द्वारा शिलान्यास भएको हो ।गाउँमै आँखा कान उपचार केन्द्र सेवा उपलब्ध तथा स्वास्थ्य लिने उदेश्यले ४ कोठा अस्पतालको

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • २६२ पटक पढिएको
  • यान्त्रिक परीक्षण उडान आजदेखि

    भैरहवा, फागुन ६ गते – कुनै समय आयोजना नै खारेज हुने अवस्थामा पुगेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्ततः शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुने भएको छ । यान्त्रिक परीक्षण उडानका लागि एरो थाईको विमान बिहीबार साँझ आइपुगेको छ । थाइल्यान्डबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान आइपुगेको विमान बेलुकी ५ बजे गौतम बुद्ध विमानस्थलमा अवतरण भएको हो । परीक्षणका लागि चालक, सहचालक, प्राविधिकसहित सात जनाको टोली आएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिनुभयो । ढिलै भए पनि आयोजना सम्पन्न भएर क्यालिबे्रसन उडानको अवस्था

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • १९८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२