सिरहा,फाल्गुन १४ गते । नेकपा माओवादी केन्द्र गाउँ कमिटी वडा नं. ३ सिरहाद्वारा आज शनिबार कुरवा गाउँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा समाहित भएको छ । यस अघि वडा नं.२ भवानीपुरमा नेपाली कांग्रेसबाट विजयी भएका पूर्व गा.वि.स.अध्यक्ष गहुम लाल चौधरी लगायतका सयौं जना र वडा नं. ५ स्थित तैंतिस विगहा र मोथियाहीमा दर्जनौ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

6 1

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरिनारायण चौधरीले नव प्रवेशीहरुलाई अबिर लगाई स्वागत गर्नुहुँदै माओवादी केन्द्रका नेता तथा कार्यकर्ता जनताप्रति उत्तरदायी रहेको वा नरहेको प्रमाण चार वर्ष अगाडि निर्वाचित भएका जनप्रतिनिधिसँग दाँजेर हेर्न आग्रह गर्नुभयो । 

छेउछाउको पालिकामा नियालेर हेर्ने हो भने अन्य पार्टीका जनप्रतिनिधिले गरेका विकास र नेकपा माओवादी केन्द्रबाट जननिर्वाचित भएका पालिकाहरुमा गरेका विकास निर्माण फरक खालको भएको नगरप्रमुख चौधरीले जिकिर गर्नुभयो ।

2 5

जनतालाई केन्द्रमा राखेर राज्य कोषबाट प्राप्त रकमलाई सदुपयोग गरी विकास निर्माणमा फड्को मारेकै कारण माओवादी केन्द्रमा प्रवेशको लहर चलेको बताउनुहुँदै जनताले अपेक्षा गरेका धेरै काम अझै बाँकी रहेकाले अगामी वैशाखमा हुन लागेको स्थानीय तहमा माओवादीलाई हार्ने छुट नभएको समेत नगर प्रमुख चौधरीले वताउनुभयो । 

जनताप्रति उत्तरदायी रहँदै सीमित श्रोत साधनको उपयोग गर्दै नगरपालिकामा विकास निर्माणमा अप्नाएको कार्यशैलीकै कारण  धनगढीमाई नगरपालिकामा माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर चलेको वताउँदै अझै बाँकी रहेका जनसमुदायहरु माओवादी केन्द्रमा प्रवेश गर्न जेष्ठ नागरिक मञ्चका नगर अध्यक्ष सिंहेश्वर महतोले आग्रह गर्नुभयो । 

5 2

स्थानीय बुद्धिजीवी सूर्यनारायण सिंहले हालसम्म प्राप्त उपलब्धीहरु माओवादी केन्द्रकै देन रहेकोले प्राप्त उपलब्धीलाई रक्षा गर्न पनि माओवादी केन्द्रको विकल्प नरहेको वताउनुभयो । 

धनगढीमाई नगरपालिका वडा नं.३ गाउँ कमिटीका अध्यक्ष श्यामसुन्दर साहको अध्यक्षता तथा संजय चौधरीले संचालन गर्नुभएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य शुभराज लामा, नगर कमिटी उपाध्यक्ष बुद्धिलाल चौधरी, नगर सचिव विरेन्द्र साह, अनिता चौधरी, सरुण मोक्तान, रामनाथ महतो लगायतको उपस्थिति रहेको थियो । 

4 2

पार्टी प्रवेश गर्नेहरुमा शम्भु चौधरी, जीवन चौधरी, रामानन्द सिंह, भुटाई भगत, जीवछ साह, कपिल राय, ठकाई राय, राजकुमार राय, बेचन राय, शंकर राय, गणेश साय, संजय राम, भुटाई चौधरी, अनिल चौधरी, पार्वती सिंह, रामदयाल साह, दिपेन्द्र सिंह, महेश साह, सुजित साह, सन्तोष साह, दुर्गानन्द कामैत, रामदेव सदा, विश्वजीत साह, दुर्गेस कामैत, ब्रहमदेव साह, जीवछ साह, हिरा राय, महेश कुमार साह, संजीव चौधरी, भुपेन चौधरी, रामपरि राय, सन्तोष कामैत, विजय सिंह लगायत रहेका छन् । 

3 5