X wada

स्थानिय

    Showing ७८१-७९० of १,३२३ items.
  • विद्यालयमा खानेपानी समस्या

    दाङ्ग,फाल्गुन १५ गते । पाँच मिनेटको दूरीमा पानी बगिरहेको हुन्छ, तर नजिकै रहेको विद्यालय काकाकूल छ । शौचालय जानेसमेत पानी पाइँदैन । विद्यालयसम्म खानेपानीसमेत पुगेको छैन । यस्तै दुर्दशा भोग्दै ५१औँ वर्ष पार गरेको एउटा विद्यालय हो, दाङ शान्तिनगर गाउँपालिका–३ केराघारीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय । सो विद्यालय विसं २०१७ मा स्थापाना भएको थियो । तत्कालीन जनयुद्धका समयमा तत्कालीन नेकपा ९माओवादी० का वरिष्ठ नेता मोहन वैद्यलेसमेत सो विद्यालयमा अध्यापन गराएका थिए ।  तर त्यहाँ अहिलेसम्म खानेपानीको सुविधा पुग्न सकेको छैन । नजिकै खोला बगिरहेको छ, तर त्यो पानी शौच गर्नका लागिसमेत विद्यालय

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १०३ पटक पढिएको
  • ‘फोहोर प्लाष्टिकुबाट मासिक पचास हजार कमाइ

    उर्लाबारी,फाल्गुन १५ गते । मध्य फागुन भए पनि पश्चिमको चिसो सिरेटोले औसत मानिस बिहान १० बजेभन्दा अघि काममा निस्कँदैनन् । ‘भारतमा काम नपाएर बेरोजगार बन्नुभएका मोहम्मद असरफुललाई चिसोको वास्तै हुँदैन । असरफुल बिहानै पूर्व–पश्चिम राजमार्गको सडक किनारमा फालिएका प्लाष्टिक र टिनका बोतल सङ्कलन गरेर बोरामा खाँद्दै हुनुहुन्थ्यो । “सरकारले रोजगार दिँदैन । ९ जनाको परिवार छ । बिहान–बेलुका खुवाउनै प(यो” मोरङको कानेपोखरी बजारबाट थोरै पूर्वपट्टिको वरको रुखमुनि बसेर प्लाष्टिकका थोत्रा बोतल बोरामा हाल्दै भारतीय नागरिक मोहम्मद असरफूलले भन्नुभयो ।असरफूल आफ्ना तीन सन्तानका साथ विगत ३ वर्ष यता पूर्व–पश्चिम राजमार्गक

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १३८ पटक पढिएको
  • नगरपालिकामा पुनःपार्टी प्रवेश

    सिरहा,फाल्गुन १४ गते । नेकपा माओवादी केन्द्र गाउँ कमिटी वडा नं. ३ सिरहाद्वारा आज शनिबार कुरवा गाउँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा समाहित भएको छ । यस अघि वडा नं.२ भवानीपुरमा नेपाली कांग्रेसबाट विजयी भएका पूर्व गा.वि.स.अध्यक्ष गहुम लाल चौधरी लगायतका सयौं जना र वडा नं. ५ स्थित तैंतिस विगहा र मोथियाहीमा दर्जनौ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरिनारायण चौधरीले नव प्रवेशीहरुलाई अबिर लगाई स्वागत गर्नुहुँदै माओवादी केन्द्रका ने

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • ३२३ पटक पढिएको
  • प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला

    सिरहा,फागुन १४ गते – महोत्तरीको मटिहानी नगरपालिकास्थित धिरापुरमा शंकास्पद वस्तु फेला परेको छ । प्रेसर कुकरभित्र तारहरू देखिएको हुनाले बम हुनसक्ने स्थानीयको  आशंका छ । नगरपालिकाको कार्यालयनजिकै फेला परेपछि अहिले उक्त ठाउँलाई सिल गरिएको छ भने नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ गैइरहेको छ ।वरपर बस्ती समेत रहेकाले उक्त ठाउँलाई सिल गरेर अनुसन्धान अगाडि बढाइएको नगर प्रमुख हरि मण्डलले जानकारी दिए । झोलाभित्र कुकर र तारहरु समेत देखिएको हुनाले बम नै हुन सक्ने नगरप्रमुख मण्डलको भनाइ छ ।  अचानक नगरपालिकानजिकै देखिएको उक्त शंकास्पद बस्तु भेटिएपछि अहिले स्थानीय त्रसित बनेका छन्

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • १०६ पटक पढिएको
  • सशस्त्र प्रहरीद्वारा १० किलो चरेस बरामद

    सिरहा,फागुन १४ गते – बारा स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ठुलो परिमाणमा लागु औषध चरेस बरामद गरेको छ ।सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बेनौलीबाट सई लिल बहादुर थापाको कमाण्डमा खटिएको गस्ती टोलीले पचरौता नगरपालिका ६ जमुनी नदी छेउबाट १० किलो लागु औषध चरेस बरामद गरेको हो ।शनिवार बिहान साढे ९ बजे एक जना अपरिचित तस्करले मोटरसाइकल माथि  २ वटा ग्यालनमा राखेर उक्त परिणाम बराबरको चरेस भारततर्फ लगिरहेका थिए ।​ गस्ती टोलीलाई देख्न साथ उक्त तस्कर दुवै ग्यालेन त्यहीँ फालेर नेपालबाट भारततर्फ भागेको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख छिनमस्ता बाहिनिपती डिआईजी गणेश ठाडा मगरले रातोपाटीलाई जानकारी दिए ।उक्त

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • १२३ पटक पढिएको
  • स्थानीय तहलाई परिपत्र

    सिरहा,फागुन १४ गते –  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई मतदाता नामावली अद्यावधिक गर्ने कार्यमा आवश्यक सहजीकरण गर्न परिपत्र गरेको छ । सबै निर्वाचन कार्यालयले फागुन १९ देखि २६ गतेसम्म निर्वाचन कार्यालयमा सञ्चालन गर्न लागेको मतदाता नामावली अद्यावधिक ९दाबी र विरोधसहित० कार्यमा आवश्यक सहयोग गर्न शुक्रबार सबै स्थानीय तहलाई परिपत्र गरेको हो । निर्वाचन आयोगले मन्त्रालयमार्फत मतदाता नामावली अद्यावधिक कार्यमा सहजीकरणका लागि स्थानीय तहलाई परिपत्र गर्न आग्रह गरेको थियो । मतदाता नामावली प्रकाशन गर्ने, कुनै मतदाताको नाम वा विवरणमा कुनै त्रुटि भएमा सच्याउन निवेदन दिने, कसैल

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • ६०२ पटक पढिएको
  • महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार खरेललाई

    काठमाडौं,फागुन १४ गते –  पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन्। निधिको १००औं जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले खरेललाई १ लाख १ हजार रुपैयाँसहित सम्मान गरेको हो। शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले खरेललाई पुरस्कार प्रदान गरिन्। राष्ट्रपति भण्डारीले खरेलसहित झापाका पुराना कांग्रेस नेता पूर्णानन्द शर्मा दाहाललाई पनि १ लाख १ हजार रुपैयाँसहित सम्मान गरेकी छन्। यसैगरी यस वर्षको प्रेमसागरी देवी निधि पुरस्कारबाट सरस्वती चौधरी र सुवर्ण ज्व

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • २३१ पटक पढिएको
  • कमिशन लिइ कर्मचारी भर्ना गरेको आरोप

    सिरहा,फागुन १४ गते – बाराको फेटा गाउंपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले कमिशन लिएर ४० जना भन्दा बढी कर्मचारी नियुति गरेको खुलाशा भएको छ ।अध्यक्ष प्रसादले कमिशन लिइ तथा आसेपासे व्यक्तिहरुलाई सुरक्षा गार्ड, नगर प्रहरी,शिक्षक, कार्यालय सहयोगी, अपरेटर,पियन,लगायतका ४० जना भन्दा बढी कर्मचारीहरुको नियुक्ति गरेको आरोप लगाइएको छ । २०७२ सालमा मधेश मुतिmका लागि मधेश आन्दोलनमा शहादत प्राप्त गरेका तत्कालीन फेटा गाविस –८ हाल फेटा गाउंपालिका–२ जगतपुरका मजिद मियाँको शहादतलाई मतदाताहरुको माझमा नाम राख्दै मतदाताहरुको मत उनकै नाम लिइ अध्यक्ष निर्वाचित भएको साढे ४ बर्ष बितिसक्दा पनि ती शहीदको परिवारलाई त जाग

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • २५० पटक पढिएको
  • गोलबजार नगरपालिकाको छैठौं हिउँदे नगरसभाका सम्पन्न

    सिरहा,फाल्गुन १४ गते ।गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले हिउँदे नगरसभाले चालु आर्थिक वर्षको कामको समिक्षा, सुधार र थप योजनाहरु बनाउन सहयोग पुग्न बताएको छ । नगर प्रमु साहले आज सम्पन्न छैठौं हिउँदे नगरसभाको उद्घाटन समारोहमा नगरले अहिले सम्म गरेको कामको प्रगति, सुधार गर्नुपर्ने योजना तथा विभिन्न निकायबाट थप भएका योजनाहरुको विषयमा छलफल गरी सभाले अनुमोदन गर्ने बताएका हुन् ।मेयर साहले अहिले केही थप योजनाहरु आएकोले नगरसभाले त्यसलाई गहन छलफल गरी अनुमोदन गर्न सम्पूर्ण सदस्यहरुलाइ आव्हान गरे । उनलेभने, ‘हामी जारी कामको विषयमा पनि छलफल गछौं, थपीएका योजना पनि छलफल गरी पास गर्ने छौं ।’सोही क्रममा मेयर स

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • १४२ पटक पढिएको
  • आयोगमा ५१ दलको निवेदन

    सिरहा,फाल्ग्न १४ गते । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा९माओवादी केन्द्रले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएका छन् ।दलदर्ताका लागि तीन वटै पार्टीका निर्वाचन फाँट हेर्ने जिम्मेवारीमा रहेका नेतासहितका पदाधिकारी आयोग पुगेर निवेदन दिएका हुन् । स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि राष्ट्रिय मान्यता प्राप्त पाँचसहित ५१ राजनीतिक दलको निवेदन प्राप्त भइएकेको आयोगका प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिए ।

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • १८७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२