X wada

स्थानिय

    Showing ६५१-६६० of १,३२३ items.
  • सिरहाको धनगढीबजारको तीन पसलमा आगलागि, लाखौंको धनमाल नष्ट

    सिरहा,चैत १८ गते  । सिरहाकोधनगढीबजारमा रहेको तीन वटा पसलमा आगलागी हुँदा लाखौं रुपैयाँको धनमाल जलेर नस्ट भएको छ । विहिवार राती धनगढीमाई न.पा.१० का स्थानीय गुञ्जेश्वर साहको कस्मेटिक पसल, विलेक्षण साहको जेनरल स्टोर र अशेश्वर साहको आईरण स्टोरमा आगलागीहुँदा नगद सहित करिव एक करोड मूल्य बरावरको धनमाल जलेर नष्ट भएको हो ।आगलागीका कारण गुञ्जेश्वर साहको पसलमा रहेको सम्पूर्ण सामान, २ लाख ५० हजार नगद र २ तोलाभन्दा बढि सुनसमेत आगोमा परेको जनाएको छ ।विलेक्षण साहको पसलमा रहेको ५० हजार नगद र धेरै सामान जलेर नष्टभएको छ । पक्कि भवनसमेत कामै नलाग्नेगरी जलेको विलेक्षणले वताए । अशेश्वर साहको आईरन पसलमा समेत क्

    • प्रकाशित मितिः चैत १८, २०७८
    • ४२४ पटक पढिएको
  • चार करोडबढी भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध मुद्दा

    काठमाडौं, चैत १७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आयोगले गाउँपालिका अध्यक्ष खड्का, तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईंसहित २७ जनाविरुद्ध चार करोड २१ लाख ७०६ रुपियाँ बिगो मागदाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।आयोगका अनुसार तत्कालीन प्रशासकीय अधिकृत न्यौपानेपविरुद्ध एक करोड १२ लाख ८२ हजार १७८ रुपियाँ, तत्कालिन लेखापाल दूर्गाबहादुर डिम्दाङ तामाङविरुद्ध एक करोड २६ लाख ७५ हजार ५३०रुपिय

    • प्रकाशित मितिः चैत १७, २०७८
    • १६९ पटक पढिएको
  • मधेस प्रदेश सरकारले थप्यो १६ सय बढी दरबन्दी

    जनकपुरधाम,चैत १६ गते । मधेस प्रदेश सरकारले प्रदेशमा कर्मचारीको दरबन्दी थपेको छ । सरकारले करिब १६ सय बढी कर्मचारीको दरबन्दी थप गरेको हो ।०७८ माघ ६ गते मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको संयोजकत्वमा मुख्यमन्त्रीस्तरीय निर्णयबाट गठित प्रदेश संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले सोमबार मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन हस्तान्तरण गरेको छ।प्रदेशमा हाल ३१५८ दरबन्दी कायम रहेकोमा त्यसलाई बढाएर नयाँ प्रतिवेदनले ४७९३ पुर्‍याएको समितिका संयोजक दीपेन्द्र झाले हस्तान्तरण समारोहमा बताए । उनले प्रतिवेदन तयारीमा प्रदेश सरकारको एक रुपैयाँ पनि खर्च नभएको समेत बताए ।सोही समितिले प्रदेश निजामती नियमावलीसमेत

    • प्रकाशित मितिः चैत १६, २०७८
    • १६३ पटक पढिएको
  • धनुषामा गहुँ उत्पादनमा कमी आउने

    ढल्केवर, चैत १५ गते । धनुषा जिल्लामा यसपाली गहुँ उत्पादनमा कमी आउने देखिएको छ । गत माघमा आवश्यकताभन्दा बढी परेको हिउँदे वर्षासँगै रासायनिक मल अभावका कारण हिउँदे बालीको रूपमा लगाइने गहुँ उत्पादनमा यस वर्ष कमी आउने कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साहले बताउनुभयो ।जिल्लामा अघिल्लो वर्ष ३६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको गहुँ बालीबाट एक लाख आठ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो । तर यसवर्ष रासायनिक मलको अभाव र हिउँदे वर्षाले गहुँ बालीलाई क्षति पु¥याएका कारण घटेर एक लाख दुई हजार मेट्रिक टन मात्र गहुँ उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख साहले बताउनुभयो ।यद्यपि उहाँले गहुँ बाली

    • प्रकाशित मितिः चैत १५, २०७८
    • १७१ पटक पढिएको
  • तीन हजार मतदानस्थल अतिसंवेदनशील

    काठमाडौँ, चैत १५ गते । स्थानीय तह निर्वाचनमा शान्तिसुरक्षा व्यवस्थापनको दृष्टिकोणले दुुई हजार ९४५ वटा मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रको सूचीमा राखिएको छ । त्यस्ता मतदानस्थलको शान्ति सुरक्षा व्यवस्थापनका लागि तीन किसिमको सुरक्षा घेरा बनाइएको छ । पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गरिने भएको छ । यसअधि गृह मन्त्रालयले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना’ कार्यान्वयनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो ।गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सुरक्षा योज

    • प्रकाशित मितिः चैत १५, २०७८
    • १४२ पटक पढिएको
  • निर्वाचनका लागि कल सेन्टर सञ्चालन

    काठमाडौं, चैत १५ गते। निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि मंगलबारदेखि कल सेन्टर सञ्चालनमा ल्याएको छ।आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कल सेन्टरको उद्घटन गर्नुभएको हो। उद्घाटनसँगै टोल फ्री नम्बर ११०२ सहित कल सेन्ट सञ्चालनमा आएको छ।आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकसाथ हुँदैछ। निर्वाचन अगाडि आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको हो।

    • प्रकाशित मितिः चैत १५, २०७८
    • १६० पटक पढिएको
  • एक करोड ७७ लाख ३३ हजार मतदाता

    काठमाडौँ, चैत १४ गते । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएको छ । निर्वाचन आयोगको आईतबार बसेको बैठकले ८९ लाख ९२ हजार १० पुरुष र ८७ लाख ४१ हजार ५३० महिला तथा अन्य १८३ मतदाता कायम गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।आयोगका अनुसार सवैभन्दा बढी मतदाता सात लाख १५ हजार २२३ भएको जिल्ला मोरङ हो भने सबैभन्दा कम छ हजार ४१६ मनाङमा मतदाता छन् । धेरै मतदाता हुने जिल्लामा मोरङ, झापा र काठमाडौँ छन् भने थोरै हुनेमा जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा छन् ।मतदाता नामावलीमा नाम समावेश भएका आगामी वैशाख २९ गते १८ व

    • प्रकाशित मितिः चैत १४, २०७८
    • २१३ पटक पढिएको
  • सर्लाहीमा १३ घर जलेर नष्ट

    सर्लाही,चैत १३ गते । जिल्लाको धन्कौल गाउँपालिका ५ मा भीषण आगलागी भएको छ । आगलागीबाट १३ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।शनिबार दिउँसो धनकौल गाउँपालिका ५, पासवान बस्तीमा आगलागी हुँदा १३ वटा घर पूर्णरुपमा जलेर नष्ट भएको हो । एउटा घरमा आंशिक क्षति पुगेको छ । दिउँसो एक्कासि स्थानीय प्रदीप पासवानको घरबाट बस्तीमा आगो सुरुभएको प्रत्यक्षदर्शीको भनाई छ ।सर्लाहीको दक्षिणी ग्रामीण भेगमा पर्ने उक्त गाउँमा पौने २ बजेबाट सुरु भएको आगो नियन्त्रण आउन झण्डै एक घण्टा लागेको थियो । हावा चलेका कारण आगो नियन्त्रणमा लिन एकदमै कठिन भएको स्थानीय बताउँछन् ।आगलागीबाट प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवान,

    • प्रकाशित मितिः चैत १३, २०७८
    • १३८ पटक पढिएको
  • अन्तिम मतदाता नामावली प्रकाशन आज

    काठमाडौँ, चैत १३ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ का लागि मतदाता नामावलीको अन्तिम सूची आइतबार प्रकाशन गर्दै छ । मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची आयोगले प्रकाशन गर्न लागेको हो ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक करोड ७७ लाखभन्दा बढी मतदाताले मतदान गर्न पाउने जानकारी दिनुुभयो । दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको अनुमान गरिएको छ । मतदाता नामावली ऐनअनुसार अद्यावधिक मतदाता नामावली प्राप्त भएको मितिले ३५ दिनभित्र पुनरावलोकन गरी प्रकाशन गर्नुपर्नेछ । यसरी अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर, थपघट वा सच्याउन सकिने

    • प्रकाशित मितिः चैत १३, २०७८
    • १५५ पटक पढिएको
  • स्रोत नखुलेको नगद सहित पक्राउ

    सिरहा, चैत १२ गते । सशस्त्र प्रहरीले सिहाबाट स्रोत नखुलेको ११ लाख २ हजार नौसय पचास रुपैयाँ सहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी वल नं. २ छिन्नमस्ता वाहिनी बर्दिवास महोत्तरी र सशस्त्र प्रहरी वल नं. ७ गण हेड क्वाटर सिरहाबाट खटिएको टोलिले लहान १ मटिअर्वाबाट भगवानपुर गापा ४ का ४४ वर्षिय दिलिप कुमार साहलाई नियन्त्रणमा लिएको हो ।विशेष सुचनाको आधारमा सीमाक्षेत्र भगवानपुरबाट पछ्याउँदै आएका प्रहरीले लहानबाट ८ सय ३ थान हजाका नोट, ४ सय वटा पाँचसयको नोट ९ सय ९९ वटा सयको र एक थान ५० को नोट सहित नियन्त्रणमा लिएको जनाएको छ ।नियन्त्रण लिएका साहलाई रकम सहित आवश्यक अनुसान्धान एवम् कार्वाहीको

    • प्रकाशित मितिः चैत १२, २०७८
    • २०१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२