सिरहा,चैत्र ५ गते । सिरहा सिरहाको लहान नगरपालिका–१५ स्थित श्री कोइराले नमुना सामुदायिक वन तथा हात्ती दह सिमसार क्षेत्रमा ’वनस्टे’ (पाहुना घर) सञ्चालनमा आएको छ । सामुदायिक वन र सिमसारको सौन्दर्यमा रमाउन आउने पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त वनस्टेको लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले उद्घाटन गर्नुभएको हो ।उद्घाटनका क्रममा नगरप्रमुख चौधरीले भन्नुभयो लहानलाई पर्यटकीय गन्तव्य बनाउने हाम्रो अभियानमा यो वनस्टे एउटा कोशेढुंगा हो । यहाँ आउने पर्यटकले अब सुलभ दरमा घरजस्तै वातावरण पाउनेछन् । यसले एकातिर वनको संरक्षणमा टेवा पुग्नेछ भने अर्कोतिर स्थानीय समुदायको आर्थिक स्तर उकास्न मद्द
सिरहा, चैत्र १ गते । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिरहा क्षेत्र नं. १ का नेपाली कांग्रेस उम्मेदवार राम शंकर चौधरीलाई असहयोग गरेको भन्दै पार्टीका नेता–कार्यकर्तामाथि गरिएको कारबाहीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । नेपाली कांग्रेसका क्षेत्रीय सभापति एवं लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले गरेको कारबाहीको कदमप्रति क्षेत्रीय सभापति पदका प्रत्यासी उम्मेदवार कन्हैया प्रसाद गुप्ताले पत्रकार सम्मेलन गरी कडा आपत्ति जनाउनुभएको हो ।आज लहानमा आयोजित पत्रकार पत्रकार सम्मेलनमा बोल्दै नेता गुप्ताले पार्टीका पूर्व मन्त्री, केन्द्रीय सदस्य, महासमिति सदस्य र जनप्रतिनिधि
सिरहा,फालगुन २७ गते । सिरहा सदरमुकामस्थित जिल्ला अदालतको अगाडिमा रहेको मधेश ल फर्ममा बम विष्फोट भएको छ । वम विष्फोटबाट ल फर्मका संचालक मधुसुदन यादवका २८ वर्षीय छोरो शौरभ यादव घाइते भएका छन् । घाइते यादवको उपचार प्रादेशिक अस्पताल सिरहामा भइरहेको वताइएको छ । विष्फोटका कारण कार्यालयको कम्प्युटर, प्रिन्टर तथा फर्निचरहरुमा क्षति भएको छ । फर्मका संचालक यादवले आफूसँग कसैको त्यस्तो मनमुटाव नभएको भन्दै सत्य तथ्य पत्ता लगाई दोषीलाई कानुनी कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ । आज दिउँसो भएको उक्त वम विष्फोट कसले र किन गराएको सोको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरीका प्रहरी उपरी
सिरहा,फाल्गुन २४ गते । फाल्गुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सिरहाको चारै वटा क्षेत्रमा ठूलो मतान्तरका साथ राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गरेको छ ।मत परिणाम अनुसार सिरहा क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट पूर्व खेलकुद मन्त्री बब्लु गुप्ताले एकतालिस हजार तीन सय २५ मत पाएका छन् भने निकटतम प्रतिदन्दी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले नौ हजार सात सय छयासी मत मात्र प्राप्त गरेका छन् । दुई जनाको मतान्तर फरक एकतीस हजार पाँच सय उन्नचालिस रहेको छ । सिरहा जिल्लामा निर्वाचित क्षेत्र मध्ये सबैभन्दा बढी मतले गुप्ता विजयी भएका हुन् ।त्यस्तै सिरहा क्षेत्र
सिरहा,फाल्गुन २३ गते । सिरहा क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बन्नु भएका शिवशंकर यादव २६ हजार सात सय सरचालिस मतान्तरले प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । विजयी यादवलाई सिरहा क्षेत्र नं. २ का मतदान अधिकृत नवराज जोशीले प्रमाण पत्र वितरण गर्नुभएको हो । विजयी हुनुभएका शिवशंकर यादवले नेपाल टेलिभिजनसँग छोटो प्रतिक्रिया दिंदै सिरहा क्षेत्र नं. २ मा व्याप्त शिक्षा, स्वास्थ्य, रोजगारी र बाटोघाटोको विकासमा ध्यान दिने उल्लेख गर्नुभयो । बाईट ः शिवशंकर यादव, प्रतिनिधि सभा सदस्य सिरहा क्षेत्र नं. २विजयी हुनुभएका यादवले उन्नचालिस हजार पाँच सय एकसठी मत ल्याउँदा उहाँको
सिरहा,फाल्गुन २१ गते । देशभरीसँगै सिरहामा पनि प्रतिनिधि सभा सदस्यको लागि भएको निर्वाचनको मत गणना चारै निर्वाचन क्षेत्रमा जारी छ । मतगणनाको पछिल्लो जानकारी अनुसार मत गणना भइरहेको क्षेत्र नं. १, २ र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारहरुको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार सिरहा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार बब्लु गुप्ताले आठ सय पचास, नेपाली कांग्रेसका उम्मेद्वार रामसुन्दर चौधरीको एक सय ९५ र र नेकपा एमालेका उम्मेद्वार रामशंकर यादवको एक सय सैतिस मत प्राप्त गरेका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्
सिरहा, फागुन २१ — प्रतिनिधि सभा सदस्यका लागि सिरहामा सम्पन्न निर्वाचनपछि मतपेटिका मतगणना स्थलमा ल्याउने कार्य जारी रहेको छ।चारवटै निर्वाचन क्षेत्रका मतदान केन्द्रहरूबाट मतपेटिका संकलन गरी मतगणना स्थलतर्फ ल्याइँदैछ। दूरी टाढा भएकाले मतगणना आजै वा भोलि बिहानबाट सुरु हुन सक्ने निर्वाचन कार्यालयले जनाएको छ।जिल्लामा रहेका ५३१ मतदान केन्द्रबाट मतपेटिका ल्याउने क्रम जारी रहेको छ। मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने बताइएको छ।सिरहामा कुल ४ लाख ५३ हजार ६ सय ५४ मतदाता रहेको र दल तथा स्वतन्त्र गरी १३७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।
सिरहा, फाल्गुन २१ गते । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सिरहा जिल्लामा आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ।विहानैदेखि उत्साहपूर्ण तथा शान्त वातावरणमा मतदाताहरू मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ।त्यसैगरी वृद्धवृद्धा, अशक्त तथा अपांगता भएका मतदाताका लागि विशेष व्यवस्था मिलाइएको छ, जसका कारण उनीहरूलाई मतदान गर्न सहज भएको देखिन्छ।सिरहाको चार वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि ५ सय ३१ मतदान स्थलबाट मतदान भइरहेको छ। जिल्लामा कुल ४ लाख ५३ हजार ६ सय ५४ मतदाता रहेका छन्।यस निर्वाचनमा विभिन्
सिरहा, फाल्गुन २० गते। सिरहा जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा भोलि विहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लाभर रहेका ५ सय ३१ मतदान केन्द्रमा डोरी टाँग्ने, मतदान बुथ निर्माण गर्ने लगायतका आवश्यक व्यवस्थापनका कार्य सम्पन्न भइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।जिल्लामा स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढंगले निर्वाचन सम्पन्न गराउन करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिएको छ भने सोही संख्यामा निर्वाचन प्रहरी पनि खटाइएको छ । निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न चार सयभन्दा बढी स्थानमा सुरक्षा टोलीको उपस्थिति रहने व्यवस्था मिलाइएको
प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा सिरहा जिल्ला मा चुनावी चहलपहल तीव्र बनेको छ। जिल्लाका शहर, गाउँ तथा टोल–टोलमा विभिन्न राजनीतिक दलका झण्डा र ब्यानरले सजिएका छन् भने उम्मेद्वारहरू मतदातालाई आकर्षित गर्न घरदैलो तथा चुनावी अभियानमा व्यस्त देखिएका छन्।४ क्षेत्रमा १३९ उम्मेद्वार मैदानमासिरहामा रहेका चारवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी कुल १३९ जना उम्मेद्वार प्रतिस्पर्धामा उत्रिएका छन्।क्षेत्र नं. १ मा ३२ जनाक्षेत्र नं. २ मा २९ जनाक्षेत्र नं. ३ मा ४१ जनाक्षेत्र नं. ४ मा ३७ जना उम्मेद्वार चुनावी मैदानमा छन्।निर्वाचन नजिकिँदै जाँदा उम्मेद्वारहरूले मतदातालाई आफ्नो पक
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.