सिरहा,फाल्गुन १४ गते । सरकारले वैदेशिक रोजगारमा जाने कामदारको पीसीआर निशु्ल्क गर्ने व्यवस्था गरेको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो । संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभूति दिने अभिप्रायले यस्तो निर्णय गरेको हो । शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकहरुका लागि निशुल्क पीसीआर परीक्षण हुनेछ । तर, त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेश गर्नुपर्नेछ।
सिरहा,फाल्गुन १४ गते । नेपालमा थप १५५ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ५१५२ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै पछिल्लो २४ घन्टामा थप ५४० जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप २ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या घटेर ८,८३९ पुगेको छ। त्यस्तै देशभरि थप १ लाख २९ हजार ११९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
विराटनगर,फागुन १३ गते – मोरङको लेटाङ नगरपालिका–८ स्थित लालहिरा सामुदायिक वनभित्र गाडेको अवस्थामा शुक्रबार बिहान एक बालिकाको शव फेला परेको छ । लेटाङ–८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव खाल्डो खनेर वनभित्र गाडिएको र नांगो अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङले जानकारी दिए । उनका अनुसार प्रहरीले शव उत्खनन् गर्दै पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरिरहेको छ । प्रहरीका अनुसार विद्यालयबाट घर फर्किने क्रममा बुधबार दिउँसो ४ बजेतिर बालिका बेपत्ता भएकी थिइन् । बालिका जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत रहेको डीएस
विराटनगर,फागुन १३ गते – मोरङ र ललितपुरमा गरेर ९ दिनभित्रमा ३ जना व्यावसायिक साझेदारको हत्या गर्दै शव खाल्डो खनेर गाडिएको घटनाको अनुसन्धान सकिएको छ। इलाका प्रहरी कार्यालय रंगेलीले हत्या प्रकरणको अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन ९मिसिल० सरकारी वकिल कार्यालय मोरङमा बुझाएको हो। मिसिल अध्ययन गरिसकेपछि वकिल कार्यालयले अभियोगपत्र तयार पारेर हत्यामा संलग्नविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता गर्ने भएको छ। रंगेलीका इन्सपेक्टर अनमोल खड्का नेतृत्वको टोलीले घटनाको अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदनलाई अन्तिम रूप दिएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङका अ
सिरहा,फागुन १३ गते – टाढैसम्म सुनिने रेलको आवाज अहिले महोत्तरी र धनुषाका सर्वसाधारणका लागि मनोरञ्जन बनेको छ । यही फागुन सङ्क्रान्तिका दिनदेखि भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म रित्तो रेल चल्न थालेपछि यस भेगमा उल्लास छाएको छ । दैनिक एकपटक आवतजावत गर्ने रेलको आवाज थाहा पाएपछि सबै स्टेसन र रेलमार्ग वरिपरि रमिते जम्मा हुने गरेका छन् । रेलको ‘सिठ्ठी’ पाँचरसात किलोमिटर परसम्म सुनिने हुँदा नजिकका सर्वसाधारण रेल हेर्न दौडने गरेका छन् । चलिरहेको यसको ‘छकछक’ आवाजले पनि सर्वसाधारण मख्ख देखिएका छन् । “आब रेल चल लागल‘१ जल्दिए चढ पैवाक आस जागल” (अब रेल चल्नै लाग्यो नि १ चाँडै चढ् पाइने आस पनि जाग्यो) कुर्
सिरहा,फागुन १३ गते – नेपाली कला क्षेत्रमा यतिबेला अभिनेता पल शाह विवादको विषय बनेका छन् । एक नाबालिग गायिकामाथि करणी सम्बन्धी कसुरमा उनीविरुद्ध जाहेरी दर्ता भएसँगै उनी विवादको केन्द्रमा रहेका हुन् । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पीडित नाबालिगको तर्फबाट उनका पिताले जाहेरी दर्ता दिएका हुन् । जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिगमाथि पटक पटक करणीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा करणी गरेको उल्लेख गरिएको छ । शाहलाई पक्राउ गर्न अहिले प्रहरी परिचालन भइसकेको छ । शाह दोषी हुन् वा होइनन् भन्ने विषय अब कानुन र अदालतले छुट्याउने नै छ तर, पलको घटनालाई ल
सिरहा,फाल्गुन १३ गते । मधेस प्रदेशमा पछिल्लो समय व्यापक तस्करी भइरहेको पाइएको छ । मधेस प्रदेशमा खुलेआम तस्करी भइरहेको भन्दै प्रधानमन्त्री कार्यालयमा रहेको ‘हेलो सरकार’मा उजुरीका चाङ छन । प्रहरी निकायकै मिलोमतोमा मधेस प्रदेशमा तस्करी भइरहेको किटानी गर्दै हेलो सरकारमा उजुरी दिइएको छ ।प्रधानमन्त्री कार्यालय मातहत रहेको ‘हेलो सरकार’ १ महिना भित्रमा दर्जनभन्दा बढी उजुरी परेका छन जसमा तस्करी हुने नाका र तस्करका नाम नै किटान गरिएको छ । ‘हेलो सरकार’मा परेका ती उजुरीमा लेखिएको छ– ‘वीरगंजको मुख्य नाका इनर्वादेखि लिएर पर्साका ग्रामिण भेगमा रहेका नाकाहरू भिस्वा, अमरपट्टि, प्रसौनी भाठ्ठा, खेस्राहाबाट तस्कर
सिरहा,फाल्गुन १२ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नं. ७ फुलबरिया टोलमा प्रदेश सरकारको सहयोगमा सामुदायिक भवन बने पछि उक्त टोलका स्थानीयहरु खुसी भएका छन् । प्रदेश नं. २ अन्तर्गत क्षेत्र नं. ४ क बाट निर्वाचित भएका सांसद दिलपि साहको संसदीय विकास कोषबाट १० लाखको लागतमा भवन बन्ने पछि सामाजिक कामको लागि अन्यत्र ठाउँको खोजी गर्नुपर्ने वाध्यता हटेको स्थानीयले जनाउनु भयो । अहिले नायाँ सोचको आधारमा संसदिय कोषको बजेट आई रहेको छ त्यो बजेट राम्रो संग सदुपयोग भईरहेको छ । दलित वस्तिहरुमा बैठक,भेला, भोज भतेर गर्न दलान ,धर्मउशाला नभएको अवस्था छ । विहेवारी गर्दा धेरै समस्या देखेकोले यस्
सिरहा,फागुन १२ गते – सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढामा गए राति करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । स्थानीय ४२ वर्षीय महादेव साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने क्रममा अचानक उनलाई करेन्ट लालेको थियो । करेन्ट लागेर घाइते भएका उनलाई तत्कालै उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए
सिरहा,फागुन १२ गते – लागु औषधसहित दुई युवकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । लागु औषध ६ ग्राम ब्राउन सुगरसहित पक्राउ पर्नेहरुमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १३ स्थित लक्ष्मिपुरका २६ वर्षीय सुमित चौधरी र उदयपुरको चौदण्डी नगरपालिका वडा नम्बर ८ स्थित हडियाका ३४ वर्षीय विद्यानन्द चौधरी रहेका छन् । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर २ स्थित सखुवनीबाट प्रदेश १–०५–००१ प ४५९३ नम्बरको मोटरसाइकलमा जाँदै गर्दा उनीहरुको साथबाट ६ ग्राम ब्राउन सुगरसहित पक्राउ परेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । पक्राउ परेका आरोपित दुवै जनामाथि लागू औषध मुद्दामा म्याद थप गराई&nbs
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.