महोत्तरी,मंसिर २५ गते । महोत्तरीको बर्दिवासमा गाडीको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिवास नगरपालिका(३ कालापानीका ६६ वर्षीय वीरबहादुर आले मगर रहेका छन् ।सिन्धुलीबाट बर्दिवासतर्फ आउँदै गरेको स१च १५४५ नम्बरको गाडीले बाटो काट्ने क्रममा मगरलाई ठक्कर दिएको थियो ।गाडीको ठक्करबाट गम्भीर घाइते मगरको उपचारको क्रममा बर्दिवासस्थित जनसेवा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।
वीरगञ्ज,मंसिर २० गते । बाराको सिम्रौनगढ नगरपालिका वडा नं ४ मा रासायनिक मलको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ । वडा कार्यालयमा लगाइएको तालाबन्दी खोल्ने विषयमा भएको विवादले उग्र रुप लिँदा झडप भएको हो ।वडा कार्यालयले पाएको रासायनिक मल वितरण गर्न मंसिर १५ गतेदेखि १८ गते आइतबारसम्म किसानलाई नागरिकतासहित आवेदन दिन माग गरेको थियो । केही किसान १८ गते अपरान्ह मलका लागि आवेदन दिन पुगेका थिए । तर उनीहरु पुग्दा वडा कार्यालय बन्द भइसकेको थियो ।अपरान्ह ४ बजेसम्म खोल्नुपर्नेमा अगाडि नै बन्द गरेका कारण मलका लागि आवेदन दिन आफूहरु वञ्चित भएको भन्दै उनीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका थिए । मंगलबार
काठमाण्डौ,मंसिर २० गते । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा अनुसन्धान सुरु भएको छ ।पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको हो ।पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन् । तर, कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला एक साताअघि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिइन् ।दुवै आयोगले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानबिन गर्न निर्देशन दिँदै पत्र पठाएका थिए । मानव अधिकार आयोगले त न्यायपरिषदलाई समेत उजुरी र प
सिरहा,मंसिर १९ गते । सिरहाको भगवानपुर प्राथमिक उपचार केन्द्रमा ३ दिने स्थायी बन्ध्याकरन शिविर सांलन गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यलयको आयोजनामा सन्तानको रहर पुगेका दम्पतिहरुको लागि निशुल्क शिविर सन्चालनमा गरेको हो । सन्तानको रहर पुगेका महिला वा पुरुषहरुले स्थायी बन्ध्याकरन गर्न मिल्ने जिल्ला जनस्वास्थ्य कार्यालयले सिरहाले जनाउनु भयो।जिल्लाका विभिन्न स्थान र मितिमा घुम्ती शिविर सन्चालनमा रहने तालिका अनुसार भगवानपुर र सखुवानन्कारकट्टी गाउँपालिका का सेवाग्राहीहरु लाई सहजता भगवानपुरमा शिविर सन्चालनमा गरिएको स्थानियले बताउनु भयो ।शिविर मंसिर १५ देखि शुरु भएको छ भने
काठमाण्डौ,मंसिर २० गते । २०७८ पुसमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् ।सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले हराउँदै श्रेष्ठ निर्वाचित मात्र भइनन् जेलमा रहेका आफ्नो श्रीमानको साख जोगाउन पनि उनी सफल भइन् । उनीसँगै कैलाली २ र कैलाली ३ बाट पनि उनको पार्टीका उम्मेदवार सांसद निर्वाचित भएर आए ।प्रतिनिधिसभामा समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन नसके पनि पार्टीले प्रदेशसभामा सुदूरपश्चिम, लुम्बिनी तथा मधेस प्रदेशमा समेत समानुपातिक सांसद पद पाउने देखिएको छ ।योसँगै पार्टीका स
सिरहा,मंसिर १९ गते । गत मंसिर १२ गते सिरहाको सखुवानन्कारकट्टी गाउपालिका वडा नं ५ इटहर्वा स्थित रामजानकी बिबाह पञ्चमीको अवसरमा लगाइएको मेलामा सामाचार संकलन गर्न पुगेका सिरहाका पत्रकार प्रदिप सिंहमाथि पालिका अध्यक्षका छोराको नेतृत्वमा आएका युवाहरुले हातपात गरेको विषयप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाले विज्ञप्ति जारी गर्दै दोषीलाई कारवाहीको माग गरेका छन ।नवराज गाउपालीका अध्यक्ष शिवउदगार यादवले प्रयोग गर्दै आएको सरकारी गाडिमा बिना हेलमेट तीन जना सवार युवाहरू चन्दन कुमार यादव, पप्पु यादव र अमित कुमार यादवले आफूहरुको फोटो किन खिचेको भन्दै पत्रकार सिंहलाई निर्घात कुटपिट गरेका थि
काठमाण्डौ,सिरहा १९ गते । नागरिक उन्मुक्ति पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन २०८० साल वैशाख ४ देखि ६ गतेसम्म कैलालीको टीकापुरमा गरिने भएको छ । पार्टीका नेता लक्ष्मण थारूका अनुसार सोमबार रेशम चौधरीसँग डिल्लीबजार कारागारमा भेटघाट गरी महाधिवेशनको मिति तय गरिएको हो । उनले पार्टी संगठन रहेको सबै जिल्लाका पदाधिकारीहरूलाई आ(आफ्नो जिल्ला, क्षेत्र, पालिका, वडाहरुको गठन, पुनर्गठनमा लाग्न आह्वान पनि गरेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–१ बाट पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ, कैलाली–२ बाट अरुणकुमार चौधरी र कैलाली–३ बाट गंगाराम चौधरी प्रतिनिधि सभामा निर्वाचित भएका छन् । यस्तै बर्दिया–२ बाट 
काठमाडौं,मंसिर १९ गते । स्वस्थ माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्वरा शक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ तारिखअर्थात् आजका दिन विश्व माटो दिवस मनाइन्छ ।सन् २०१३ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभाले डिसेम्बर ५, २०१४ लाई पहिलो आधिकारिक विश्व माटो दिवस घोषणा गरेको थियो । नेपालले २०७२ सालदेखि विश्व माटो दिवस मनाउँदै आएको छ । यसै सन्दर्भमा नेपाल पनि आज मङ्सिर १९ गते ‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुआत’ नाराको भावलाई सार्थक पार्न नवौँ विश्व माटो दिवस मनाउँदैछ ।कृषिका गतिविधि, खाद्य सुरक्षा, पोषण सुरक्षा र जलवायु संरक्षणको केन्द्रमा
काठमाण्डौ,मंसिर १८ गते । नेकपा एमालेका नेता एवं काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको भक्तपुरस्थित घर अगाडि भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।प्रेसर कुकरमा शंकास्पद देखिने गरी राखिएको वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी परिसर, भक्तपुरका एसपी प्रजित केसीले बताए । कुकरमा विस्फोटक पदार्थ चाहिं नभएको नेपाली सेनाका सहायक रथी नारायण सिलवालले बताए ।सिलवालका अनुसार शंकास्पद वस्तुसँगै नेपालको राष्ट्रिय झण्डा र केही पर्चाहरु पनि भेटिएका छन् । प्रहरीका अनुसार एउटा पर्चामा कार्य मोर्चाको नाममा ‘उपत्यकाका ठूला नेताहरुलाई बाहिर भगाऔं’ उल्लेख गरिएको छ
सिरहा,मंसिर १८ गते । अपाङ्गता भएका व्यक्तिको शक्तिकरणको लागि आफ्नो तर्फबाट सकिने सवैखालको सहयोग गर्न तयार रहेको नगर प्रमुखहरुले प्रतिबद्धता जनाएका छन्। विभिन्न संस्थाको आयोजनामा गोलबजार र कल्याणपुर नगरपालिकामा अपाङ्गता दिवसको अवसरमा शनिवार आयोजित अन्तरकृया कार्यक्रममा नगर प्रमुखहरुले अपाङ्ता भएका व्यक्तिहरुलाई सवैक्षेत्रमा पहुच वृद्धिको लागि तयार रहेको बताए।कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहले अपाङ्गता भएको व्यत्तिहरूको लागि आउदो पुषमा हुने हिउँदे नगर अधिवेशनबाट आफुहरूले विभिन्न कार्यक्रम र बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘हामी अपाङ्ता भएका व्यक्तिहरुको शक्तिकरणको लागि हिउ
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.