X Sharama Funecure

समाज

    Showing ११-२० of १,४४० items.
  • पोषण सम्बन्धी नाटक प्रदर्शन

    सिरहा,पुस ११ गते । पोषण सम्बन्धी जनचेतना जगाउने उद्देश्यले सिरहाको अर्नमा गाउँपालिकामा दलित जनकल्याण युवा क्लव लहान सिरहाले सडक नाटक प्रदर्शन गरिएको छ ।  ।  गाउँ क्षेत्रमा पोषण सम्बन्धी जानकारीको अभावमा विशेष गरी गर्भवती महिला र बालवालिकाहरुमा हुने कुपोषणका कारण विभिन्न खालका रोगहरु लाग्नबाट बचाउने उद्देश्यले सडक नाटकको आयोजना गरिरहेको क्लवका अध्यक्ष उमेश विशुन्केले जानकारी दिनुभयो । विशेष कलाकारद्वारा प्रदर्शन गरिएको उक्त नाटक स्थानीयहरुले बडो उत्साहपूर्वक हेरिएको थियो । पोषण सम्बन्धी नाटकले सबैलाई पोष्ण सम्बनधी हुने फाइदाको बारेमा पुनर्ताजगी भएको स्थानीयहरुले वताएका छन् । 

    • प्रकाशित मितिः पुस ११, २०८२
    • ४५३ पटक पढिएको
  • नागरिकता पाएपछि हरवा चरवा सदा सुखी

    सप्तरी, २९ मङ्सिर । सप्तरीको रुपनी गाउँपालिका २ लौवापारका बिलट सदाको अनुहारमा यतिबेला बेग्लै सुखी देखिन्छ ।       नागरिकता नहुदाँ थुप्रै समस्या र पीडा भोग्नु भएका सदाले ४६ बर्षको उमेरमा बल्ल नागरिकता पाएपछि उहाँकाृे अनुहारमा खुसी फर्किएको हो ।     साहुमहाजमा हरवा चरवाको रुपमा काम गर्दै आएका सदाले नागरिकता पाउने आश मारिसक्नु भएको थियो । तर द फ्रिडम फन्डको सहयोमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीमार्फत सञ्चालित हरवा चरवा सशक्तिकरण कार्यक्रम सञ्चालन भएपछि भएको निरन्तरको प्रयास र  पहलाका कारण बल्ल नागरिकता पाएकोमा आफुलाई असाध्यै खुसी लागेको सदाले बत

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • ३०६ पटक पढिएको
  • सिङ्गो हरवा चरवा दलित परिवार नागरिकताबिहीन

    राजविराज÷उमेरले ५५ बर्ष पुरा गर्नुभएका सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ औरहीका पल्टु सदा अझै नागरिकता पाउन सक्नु भएको छैन् । नेपाली भएको प्रमाण प्राप्त गर्न ठुलै संघर्ष गरेपनि सफलता पाउन नसकेका सदाले अझै नागरिकता बन्लान् किन भने आशमा बस्न्ु भएको छ । सदाले नागरिकता पाउन नसक्दाँ उहाँको सिङ्गो परिवार नै यतिबेला नेपाली भएको पहिचान पाउनबाट बञ्चित छन् । नेपालमै जन्मिए, यही हुर्किए तर अहिले सम्म आफु नेपाली भएको कुनै पहिचान नै पाउन नसकिएको पल्टु सदाको गुनासो छ ।घरकै मुल व्यक्ति पल्टुको नागरिकता नबन्दा उहाँको श्रीमति ५० बर्षीया तारादेवी सदा, उहाँको जेठो छोरा ३५ बर्षीय धर्मेन्द्र सदा, कान्छो छोरा ३

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • २८४ पटक पढिएको
  • हत्यापछि फरार प्रतिवादी पक्राउ

    बर्दीबास, मङ्सिर ९ गते । महोत्तरी जिल्लामा घटेका अलग–अलग हत्या घटनामा संलग्न भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।जिल्ला प्रहरीका अनुसार आफ्नै बुवाको हत्या गरी फरार रहेका महोत्तरी गाउँपालिका–३, मडैका २६ वर्षीय अजयकुमार ठाकुर घटनाको तीन महिनापछि पक्राउ परेका हुन् । प्रहरीको खोजी टोलीले ठाकुरलाई नेपाल–भारत सीमा नजिक जलेश्वर–१२, थरुवाहीबाट गए राति साढे ९ बजेतिर नियन्त्रणमा लिएको हो ।गत भदौ २४ गते घरायसी विवाद तीव्र बनेपछि आवेशमा आएका अजयले ७० वर्षीय बुवा जोगेन्द्र ठाकुरमाथि घरेलु हतियार प्रहार गरेका थिए । गम्भीर घाइते जोगेन्द्रको सोही दिन अपराह्न ४ बजे उपचारका

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • ४९४ पटक पढिएको
  • जग्गा, नाता छ तर ‘नागरिकता’ छैन ७८ वर्षीया कपेलेश्वरीसँग

    सिरहा, मङ्सिर९ गते । आठ वर्षदेखि नागरिकताका लागि अड्डाअदालत धाउँदै आउनुभएकी ७८ वर्षीया कपेलेश्वरी यादव अझै पनि नागरिकता पाउने आशामै दिन काटिरहनुभएको छ । “नागरिकता नपाएरै मर्न लेखिएको जस्तै भएको छ हजुरआमालाई”, नाति रामपरीक्षण यादवले हातमा कागजपत्र देखाँउदै थकित स्वरमा भन्नुभयो, “वर्षौँदेखि कागजपत्र बोकेर सरकारी निकायमा धाउँदाधाउँदै धेरै जुत्ता फाटे, तर हजुरआमाको नागरिकता बनेन ।”सिरहाको नवराजपुर गाउँपालिका–४ मा बस्दै आएकी कपेलेश्वरीको जन्म औरही गाउँपालिका–३ पिपरामा भएको हो । जीवनभर गाउँमै बस्नुभएकी उहाँ नागरिकता नभएकै कारण अहिले सबै अधिकारबाट वञ्चित हुनुहुन्छ । विसं २०२३ मा उहाँ नवराजपुर–४ का बौ

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • ५३० पटक पढिएको
  • हलुवाई समाज नेपालको धनगढीमाई नगर स्तरीय प्रथम अधिबेशन सम्पन्न

    सिरहा,मंसिर ७ गते । हलुवाई समाज नेपालको सिरहाको धनगढीमाई नगरपालिकामा प्रथम अबिधेशन सम्पन्न भएको छ ।सिरहाको जिरोमाईलमा शनिबार भएको नगर स्तरीय अबिधेशनबाट नगरकमिटी अध्यक्षमा सन्तोष कुमार साह,सचिवका श्याम सुन्दर साह र कोषाध्यक्षमा दुर्गी देबी साह सहित १९ सदस्यीय समिति र २ जनालाई सल्लाहकारमा चयन गइएको छ ।हुलाई समाज नेपालको मधेश प्रदेश अध्यक्ष राम शंकर साहको प्रमुख अतिथ्य तथा श्याम सुन्दर साहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमा केन्द्रीय सल्लाहकार राजेन्द्र प्रसाद साह,प्रदेश उपाध्यक्ष दिपेन्द्र साह,सचिब लक्ष्मण साह, जिल्ला अध्यक्ष भरत प्रसाद साह लगायतका स्वजातीयहरुको उल्लेखनिय उपस्थिती रहे

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • ५१४ पटक पढिएको
  • श्रीपुर्राजको अध्यक्षमा पुनः चौधरी चयन

    राजविराज, ५ मंसीर । श्रीपुरार्ज सामुदायिक विकास केन्द्र सप्तरीको अध्यक्षमा पुनः चतुरनारायण चौधरी चयन हुनुभएको छ ।  सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरमा आज सम्पन्न संस्थाको ३० औं बार्षिक साधारणसभा तथा सातौं अधिबेशनबाट अध्यक्षमा पुनः चौधरी चयन हुनुभएको हो । संस्थाको उपाध्यक्षमा सुनिता चौधरी, सचिवमा सुनिलकुमार चौधरी, सहसचिवमा रामकुमार पासवान र कोषाध्यक्षमा सुशिला कुमारी चौधरीलाई चयन गरेको छ । यस्तै कार्य समिति सदस्यहरुमा किरणकुमारी चौधरी, दिनेशकुमार चौधरी, योगेन्द्र प्रसाद चौधरी, लालबहादुर चौधरी, रेखाकुमारी चौधरी र उमेशकुमार साहलाई चयन गरिएको जनाएको छ ।  यसअघि आजै आयोजित बार्षिक साधारणस

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • ४८० पटक पढिएको
  • लुटपाट गरी महिलाको हत्या गर्ने महिला पक्राउ

    जनकपुरधाम, कात्तिक २७ गते । धनुषामा सुनचाँदीका गरगहना लुटपाट गरी महिलाको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।धनुषाको हंसपुर नगरपालिका–७ नुवाखोर टोलकी ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या गरी गरगहना लुटपाट गरेको अभियोगमा सोही टोलकी बिहारी मण्डलकी ४५ वर्षीया श्रीमती पवित्रा देवी मण्डललाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चन्द्रकला देवी दास यही कात्तिक २४ गते ९सोमबार० राति ९ बजे आफ्नै घरबाट पाँच सय मिटरको दूरीमा मृत अवस्थामा फेला पर्नुभएको थियो ।प्रहरीले अनुसन्धानका क्रममा आरोपी पवित्रा देवी मण्डलले मृतकको साथबाट सुनचाँदीका गरगहना लुटेको पत

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • २३५ पटक पढिएको
  • दैनिक चार सयको हाराहारीमा राष्ट्रिय परिचय पत्र वितरण गरिंदै

    सिरहा , कार्तिक २३ गते । सरकारले राष्ट्रिय परिचयपत्रलाई प्रशासनिक कामकाजको लागि अनिवार्य गरेपछि जिल्ला जिल्ला प्रशासन कार्यालय सिरहामा राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहिको अचाक्ली भिड लागेको छ ।  सरकारले वृद्ध भत्ता,पेन्सन निकाल्ने र जग्गा रजिष्ट्रेशन लगायत विभिन्न प्रशासनिक काम काजमा राष्ट्रिय पत्र अनिवार्य गरे पछि परिचय पत्र बनाउनेहरुको भिड लागेको हो ।सेवाग्राहीहरुको चापलाई मध्यनजर गर्दै परिचय पत्रको काम विहान सात बजेदेखि दिउँसो पाँच बजेसम्म गरिरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।अहिले दैनिक रुपमा करिव चार सयको हाराहारीमा कार्यालयबाट परिचय पत्र वितरण

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • ६७३ पटक पढिएको
  • अस्पताल कै भवनमा गाउँपालिका

    सिरहा,कार्तिक १८ गते । सिरहास्थित औरही गाउँपालिकाका प्रशासनिक भवन जेएनजीको प्रदर्शनको क्रममा भदौ २४ गते आगजनी गरिएपछि औरही गाउँपालिका औरही अस्पतालमै सरिदिंदा अस्पतालबाट हुने सेवा प्रवाहमा समस्या भइरहेको छ । पालिकाको प्रशासनिक कामकाज अस्पतालकै भवनबाट संचालन हुन थालेपछि कोठा अभावमा प्रसुति सेवा, अस्पतालको प्रशासनिक काम, ओ.पी.डी. सेन्टर सेवा प्रभावित भएको अस्पतालका प्रमुख उपेन्द्र यादवले उल्लेख गर्नुभयो । यता अस्ताल र पालिका एउटै भवनमा संचालन हुन थालेपछि विरामीले पाउनुपर्ने स्वास्थ्य सेवामा समस्या भइरहेको छ भने अर्कातर्फ औरही गाउँपालिकाको कोठा अभावमा प्रशासनिक काम गर्न समेत कठिनाई भइरहे

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • २९५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२