सिरहा,चैत्र १० गते । नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सह इन्चार्ज एवम् पूर्व मन्त्री विश्वनाथ साहले तराई मधेशमा धुमधामसँग मनाइने होली पर्व संस्कृति र मौलिकता पर्व रहेकोले अगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने वताउनुभयो । सिरहाको गोलवजारमा आज आयोजित होली मिलन कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले होली पर्व एक सामाजिक पर्व भएकोले एक अर्कासँगको रिषराग, द्वेशलाई भुल्दै समाजिक सदभाव कायम गरी हाली खेल्न सबैलाई आग्रह गर्नुभयो । आयोजित होली मिलन कार्यक्रममा स्थानीय मौलिकता झल्काउने खालको सुमधुर गीत संगीतले गुन्जयमान भएको थियो । फाल्गुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होल
सिरहा,चैत्र १ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ४ मा ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)ले विपन्न परिवारको जीवन निर्वाहमा सहयोग पुर्याउने उद्देश्यले उन्नत (बोयर) जात को करिव १८ लाख मूल्य बराबरको एक सय वटा बाख्रा वितरण गरेको छ । नश्ल सुधारसँगै जीवन निर्वाहमा सहयोग पुग्ने उद्देश्य संस्थासँग आवद्ध समूहका पचास जनालाई जनही दुई वटाको दरले सो संख्याको बाख्रा निःशुल्क रुपमा वितरण गरिएको संस्थाले जनाएको छ । संस्थाले उपलब्ध गराएको बाख्रा वितरण गर्नुहुँदै धनगढीमाई नगरपालिकाका नगरउपप्रमुख संगीता चौधरीले विपन्न परिवारलाई वितरित बाख्रा पालनले विपन्न परिवारलाई आय स्तरमा वृद्धि हुने ज
सिरहा,फाल्गुन २९ गते । नेकपा एमालेका पुराना नेता तथा लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख धर्मनाथ यादवको आज अपरान्ह सिरहाको गोलबजारस्थित आफ्नै निवासमा ८० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विभिन्न रोगबाट पीडित सुखिपुर नगरपालिका ६ खरही टोलमा विसं २००० सालमा जन्मिनु भएका यादव पछिल्लो केही वर्ष अगाडिदेखि परिवारसहित गोलबजार नगरपालिका वडा नं. ६ मा बसोबास गर्दै आउनुभएको थियो । २०१६ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएदेखि निरन्तर रूपमा कम्युनिस्ट पार्टीमै सक्रिय व्यक्तित्व हुन् । साद्गी जीवनका यादव २०७६ कात्तिक १८ गते गण्डकी प्रदेश प्रमुख बनेका थिए । उनको
सिरहा,फाल्गुन २९ गते । सिरहास्थित लहान नगरपालिका वडा नं. १० मा नगरपालिकाको अठार करोडको लागतमा लहान नगर अस्पताल बन्ने भएको छ । लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधीले लहान अस्पतालको आज शिलान्यास गर्नुहुँदै नगर क्षेत्रभित्रका जनताले स्वास्थ्य सेवा सर्वसुलभ तरिकाले पाउन भन्ने उद्देश्यले लहान नगर अस्पताल बनाउन लागिएको वताउनु भयो । संघीय सरकारबाट प्राप्त अनुदानबाट निर्माण हुन लागेको सुविधा सम्पन्न लहान अस्पतालको निर्माण कार्य १८ महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनी र नगरपालिकाबीच सम्झौता भएको नगरपालिकाले जनाएको छ । सरकारी तथा निजी स्तरको लहानमा संचालित अस्पतालले ज
सप्तरी,फाल्गुन २९ गते । सप्तरी जिल्लाको खड्क नगरपालिका वडा नं. १० स्थित श्री ५ महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा खडक नगरपालिका प्रथम भएको छ ।तिन दिनसम्म चलेको जिल्ला स्तरीय खेलमा दश स्वर्ण, चार रजत र सात कास्य पदक ल्याई प्रथम भएको हो । त्यसै गरी सुरुङ्गा नगरपालिकाले सात स्वर्ण, एघार रजत र चार कास्य पदक प्राप्त गरी दोस्रो तथा बोदेवरसाईन नगरपालिकाले नौ स्वर्ण, आठ रजत र तीन कास्य पदक ल्याई तेस्रो भएका छन् ।खडक नगरपालिकाका नगर प्रमुख जयप्रकाश चौधरीले विजेताहरुलाई शिल्ड, कप, मेडल र प्रमाण पत्र तथा दोस्रो तेस्रो भएका खेलाडिहरुलाई
सिरहा,फाल्गुन २६ गते । राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद नारा दिंई सप्तरी जिल्लाको खड्क नगरपालिका वडा नं. १० स्थित श्री महेन्द्र माध्यमिक विद्यालयको प्रांगणमा आजदेखि १४ औंं जिल्ला स्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु भएको छ । १८ वटा स्थानीय तह रहेको सप्तरी जिल्लाका ७ वटा नगरपालिकाका छात्र छात्राहरुको खेलमा सहभागी रहेको छ । एथलेटिक्स, ज्यावालिंग थ्रो, भलिवल, लंग जम्प, हाई जम्प, कवड्डी, कराँते लगायतको खेलाइने खेलमा प्रत्येक पालिकाका ५८ जना छात्र छात्राहरुले भाग लिएको खेलकुद विकास समितिका प्रमुख दिनेश भुजेलले जानकारी दिनुभयो । तीन दिनसम्म खेलाइने खेलको अन्तिम खेल
सिरहा,फाल्गुन २६ गते ।सिरहाको गोलबजारस्थित वडा नं. ६ का ३६ वर्षीय अनिता कुमारी साहको शुक्रबार राति धारिलो हतियार प्रहार गरी घरभित्रै हत्या गरिएको अवस्थामा शव फेला परेको छ । धारीलो हतियारले गर्दन काटीएको र सिलौटो टाउकोमाथि बजारीएको अवस्थामा घरभित्र सुत्ने खाट नजिकै शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । घटनाको गहिरो छानविन भइरहेको प्रहरीले जानकारी दिएको छ । स्थानीय सिकिन्दर साहको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि होटल संचालन गरी श्रीमान महेन्द्र कुमार साहसँगै उनी बसोबास गर्दै आएकी थिइन् । मृतकका श्रीमान् महेन्द्र साह यस अघि पनि आपराधीक घटनामा जेल परेको स्थानीयल
सप्तरी, फल्गुन २३ गते । हिमालयन लघुवित्तको शाखा कार्यालय खरचुहिया,सप्तरी बाट बिमा दावी रकम भुक्तानी गरेको छ । यस संस्थामा आवद्ध रहेकी सदस्य स्व।बबिता देवी चौधरी र श्रीमान स्व। संजय कुमार चौधरी को मृत्यू पश्चात मृतकको परिवार लाई बिमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको हो ।सप्तरी जिल्ला खडक नगरपालीका वडा नं.३ बनरझुल्लामा रहेको केन्द्र नं.५ कि सदस्य बबिता देवी चौधरी ले यस संस्थाबाट ३० हजार रुपैयाँ कर्जा लिई किराणा पसल र पान पसल चलाउदै आईरहेकी थिईन । सदस्य र सदस्यको श्रीमान् को मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा हुनेगरि कर्जा बिमा अन्तर्गत बिमितको मृत्यू पश्चात दिइने थप ३
अनुभक्त चौधरीसिरहा,फाल्गुन २३ गते । सिरहाको लहान नगरपालिका वडा नं. १५ स्थित मेनहर्वामा नगरपालिका र दातृ निकायबाट दलित विपन्न परिवारको लागि निर्मित २२ वटा घर एक कार्यक्रमका विच हस्तान्तरण भएको । सुरक्षित आवास निर्माण कार्यक्रम अन्तर्गत लहान नगरपालिकाको छयालिस लाख र हिल्टी फाउण्डेशनको सहयोगमा ह्याविट्याट फर ह्युम्यानिटी नेपालको चौवालिस लाख र सेवाग्राहीहरुको श्रमदान गरी उन्नानसय लाख ८६ हजारको लागतमा उक्त घरहरु निर्माण भएका हुन । विपन्न दलित तथा मजदुरलाई सुरक्षित घरमा बस्ने सपना साकार गर्ने उद्देश्यले घर निर्माण गरी हस्तान्तरण गरिएकोे लहान नगरपालिकाको नगर प्रमुख महेश प्रसाद चौधरीले वताउन
जनकपुर,फाल्गुन २३ गते । धनुषाको मिथिला नगरपालिकामा दुई दिनको अवधिमा दुई जनाको शव भेटिएको छ । मिथिला नगरपालिका–६, ढल्केबरमा मागी खाने एक महिलाको शव सोमबार भेटिएको थियो । इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार होटल तथा पसलमा गएर मागी खाने क्षीरेश्वरनाथ नगरपालिका–७, दुर्गाटोलकी अन्दाजी ४० वर्षीया राधा बस्नेतको शव भेटिएको हो । घटनास्थलको मुचुल्का गरी ती महिलाको शव उहाँका श्रीमान् कालीप्रसाद बस्नेतलाई जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ । मानसिक सन्तुलन बिग्रेकी ती महिला विगत पाँच/छ वर्षदेखि ढल्केबर र वरपरको गाउँ डुलेर मागी खाने गर्दैआएकी थिइन् । यस्तै, मङ्गलबार साँझ मिथिला
Copyright © 2021 / 2024 / purbanchalexpress.com / All Rights Reserved.