सिरहा ,असोज १६ गते । सन्तानको सुख, समृद्धि, दीर्घायु तथा स्वास्थ्यको कामना गर्दै हिन्दू महिलाहरूले मनाउने महत्वपूर्ण पर्व जितिया पर्व आज श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।

विशेषगरी मधेस प्रदेशका मिथिला तथा थारू समुदायमा लोकप्रिय जितिया पर्वमा आमाहरूले आफ्ना सन्तानको दीर्घायु र कल्याणको कामना गर्दै व्रत बस्ने परम्परा रहेको छ। व्रतालु महिलाहरूले अघिल्लो दिनदेखि नै विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गरी पर्व मनाउने गर्दछन्।

जितियाको अवसरमा महिलाहरूले बिहानै स्नान गरी पूजा–आराधना गर्ने, जितवाहन देवताको पूजा गर्ने तथा विभिन्न धार्मिक कथाहरू सुन्ने परम्परा रहेको छ। पर्वका क्रममा व्रतालुहरूले कठिन उपवास बस्ने भएकाले यसलाई महिलाहरूको कठोर व्रतका रूपमा समेत लिइन्छ।

वर्तको पहिलाे दिन आज घिउराकाे पातमा तेल,खरी,फुल चढाई सुरु गरेकाे छ ।

सिरहा, सप्तरी, धनुषा, महोत्तरीलगायत मधेसका विभिन्न जिल्लामा जितिया पर्वको अवसरमा घरपरिवार तथा समुदायमा विशेष चहलपहल देखिएको छ। विवाहित तथा आमाहरू माइती र आफन्तसँग भेटघाट गर्दै पर्वको शुभकामना आदानप्रदान गर्ने गरेका छन्।

WhatsApp Image 2026-10-02 at 9.45.09 AM (2)

जितिया पर्वले मातृत्व, पारिवारिक सम्बन्ध, धार्मिक आस्था र सामाजिक एकताको सन्देश दिने भएकाले यसको सांस्कृतिक महत्वसमेत विशेष रहेको स्थानीयवासी बताउँछन्।

WhatsApp Image 2026-10-02 at 9.45.09 AM (1)