राजविराज,पुष १२ गते – सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ बरही वीरपुरमा सोमबार बिहान एक महिलाको हत्या भएको छ । स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटी बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको स्थानीयवासी शुभनारायण यादवले जनाकारी दिए।घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला उनको हत्या गरिएको प्रहरीको भनाइ छ । यसैबीच घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट एक टोली गएको र घटनाबारे थप विवरण आउन बाँकी नै रहेको जनाइएको छ । साथै अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले बताए।
सिरहा,पुष १० गते – प्रहरीले लागूऔषधसहित देशभरका विभिन्न ठाउँबाट ६ जना पक्राउ गरेका छ । यसरी पक्राउ पर्नेमा सोलखुम्बु जिल्ला नागार्जुन नगरपालिका– १० स्युचाटारका १८ वर्षीय किशोरलाई करिब ४ सय ग्राम अवैध लागूऔषध पोल्याण्ड जस्तो देखिने वस्तु र १ सय २० पिस नाइट्राभेट ट्याब्लेट सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । यस्तै झापाको दमक नगरपालिका– १ वरगाछीस्थित रतुवा खोलाको बगरबाट करिब ८ केजी १ सय ६० ग्राम अवैध लागूऔषध गाँजा सहित ईलाम माङसेवुङ गाउँपालिका– ६का४६ वर्षीय विर कुमार राईलाई शनिबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ । कास्कीको पोखरा महानगरपालिका– ३२ सातमुहानेबाट करिब १ केजी २
सिरहा,पुष १० गते – सिरहा प्रहरीले नेपाल भारत सीमाक्षेत्रबाट ३१ केजी प्रतिवन्धित लागु औषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी वोर्डर आउट पोष्ट बडियारपट्टीबाट खटिएको टोलिले औरही गापा १ दरहैयाबाट ३१ केजी २ सय ग्राम प्रतिवन्धित लागु औषध गाँजा बरामद गरेको हो ।तस्करले नेपालबाट भारततर्फ लग्दै गरेको अवस्था प्रहरीलाई देखेर गाँजा फालि भागेको हुन सक्ने सशस्त्रका एसपी दिपेन्द्र गिरिले जानकारी दिए । बरामद गाजा आजै जिल्ला प्रहरी कार्याल सिरहालाई बुझाउने बताएको छ ।गाँजा बरामद पछि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ
सिरहा,पुष १० गते – निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ । आयोगले एकैपटक निर्वाचन गर्न सरकार समक्ष प्रस्ताव गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाका साथै मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा आयोगका पदाधिकारीहरुले स्थानीय तहको निर्वाचन वैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको हो । छलफलमा आयोगका पदाधिकारीहरुले सबै स्थानीय तहको निर्वाचन एकै पटक १४ वैशाखमा गर्न प्रस्ताव गरेका हुन् ।खर्चमा मितव्ययिता हुने, सुरक्षा व्यवस्थापनमा सहजता हुने, समग्र निर्वाचन व्यवस्थापनमा सहजता हुने र मतदाता शिक्षा सामग्रीहरुमा एकरुपता हुनुका साथै एक ठाउँको निर्वाचन परिणामले अर
सप्तरी, १० पुस । खाद्य पदार्थमा हुने मिसावट र कालोबजारी नियन्त्रण गर्न नियमित बजार अनुगमनमा सहयोग गर्ने सप्तरीका जनप्रतिनिधि र सरोकारबालाहरुले प्रतिबद्धता जनाएका छन् । खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरीले राजविराजमा आयोजना गरेको खाद्य स्वच्छता र गुणस्तर सम्बन्धित जनप्रतिनिधि र सरोकारबालासँगको अन्तरिक्रया कार्यक्रममा सहभागी जनप्रतिनिधि र सरोकारबालाहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । खाद्य पदार्थमा मिसावट हुने क्रम बढ्ेको र बढ्दो कालोबजारीका कारण आम उपभोक्ताहरु मारमा परेको बताउँदै जनप्रतिनिधिहरुले तत्काल बजार अनुगमनका ठोस कार्यक्र
सिरहा,पुष ९ गते – किसानलाई पक्राउ गरेको विरोधमा सिरहाको औरही गाँउपालिकाका किसानहरुले पालिका कार्यालयमा तालाबन्दी गरेका छन् । गहुँ बीउ लुटेको आरोपमा स्थानीय मिथिलेश यादवलाई प्रहरीले पक्राउ गरेको र अरुलाई पनि प्रहरी पक्राउ गर्न गाउँ पसेको भन्दै किसानहरुले गाउँ पालिका कार्यालयमा ताला लगाएका हुन् ।तीन दिन अगाडी गाउँ पालिकाले भण्डारणगरी राखेको साढे तीन सय ५० बोरा गहुँको बीउ लुटेका थिए । गाउँ पालिकाले बीउ लुटेको आरोपमा कडहरबाका यादवलाई प्रहरीले पक्राउ गरी लगेको स्थानीय युवा दिपेन्द्र यादवले जानकारी दिए । यादवले पक्राउ परेका किसानलाई तत्काल रिहा नगरे अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । उनी जनमत
भैरहवा, पुष ९ गते । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमा शुक्रबार झुण्डिएको अवस्थामा फेला पर्नुभएको छ ।शुक्रबार बिहान ११ बजे अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला यादव झुण्डिएको अवस्थामा फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जनकारी दिनुभयो । सङ्घीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत यादवलाई केही दिनअघि मात्रै कारवाही गरेको बताइएको छ ।घटनाको विस्तृत अनुसन्धान भैरहेको तिवारीले बताउनुभयो । उहाँको मृत्युको कारण भने खुल्न सकेको छैन
सिमकोट,पुष ९ गते – विद्युत्को अपरेटरले एक वर्षदेखि तलब नपाएको भन्दै छुइपुग जलविद्युत् आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ ।सिमकोट गाउँपालिका८ खोल्सी र नाम्खा गाउँपालिका(४ लामा खोल्सीमा रहेको छुईपुग जलविद्युत् आयोजना बुधबारदेखि बन्द गरिएको छ । विद्युत् आयोजनाका अपरेटर ग्याल्जन लामा र भारती सिंहले एक वर्षदेखि तलब नपाएपछि विद्युत् सेवा बुधबारदेखि बन्द गरेका हुन् । गतवर्ष माघदेखि विद्युत् सञ्चालन गर्दै आएको भए पनि आफूहरुले पाउने सेवा सुविधा र तलब नपाएपछि विद्युत् सेवा बन्द गर्न बाध्य भएको अपरेटर लामाले बताए । ।विद्युत् बन्द गरिएपछि दुई वडाका २२० घरधुरी अन्धकारमा बस्न बाध्य छन् । खोल्सीगाउँका ९० घ
चितवन,पुष ९ गते – चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन्। मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ। अन्य कालगतीले मरेका हुन्।निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चालु आवको साउनमा छ, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मङ्सिरमा पाँच र पुसमा दुई गैँडा मरेका हुन्। मरेका गैँडामा बूढो भएर पाँच, भासिएर पाँच, पानीमा डुबेर दुई, जुधेर चार र बाघको आक्रमणबाट एक गैँडा मरेको जनाइएको छ। यस्तै साउन १२ गते माडीको घाघर क्षेत्रमा भेटिएको मृत गैँडा र असोज ११ गते धोवा क्षेत्रमा फेला परेको गैँडा सिकारीले मारेको आशङ्का गरिएको उनले जानकारी दिए।कार्यालयका
गरुडा,पुष ९ गते – रौतहट प्रहरीले लागु औषध गाँजा सहित तीन जना महिलालाई पक्राउ गरेको छ ।जिल्लाको गौर चन्द्रनिगाहपुर सडकखण्डबाट १० किलो प्रतिबन्धित लागु औषध गाँजा सहित चितवनका तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चितवनको कालिका नगरपालिका–११ शक्तिखोरको ३० वर्षीया महिला अस्मिता प्रजा, सोही ठाउँका २६ वर्षीया रेश्मा प्रजा र ३४ वर्षीया मनमती चेपाङ रहेको प्रहरीले जनाएको छ । प्रहरीले यिनीहरुलाई केही दिन अघि नै पक्राउ गरिए पनि विहीबार सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले गरुडा स्थित मेथुरचौधरी चोकमा विभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा चन्द्रनि
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.