X Sharama Funecure

राष्ट्रिय

    Showing ८६१-८७० of ९९३ items.
  • सीडीओसहित दुई एसपीको जिम्मेवारी खोसियो

    जनकपुर,कार्तिक ८ गते – सार्वजनिक स्थलमा जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित सशस्त्र र नेपाल प्रहरीका दुई एसपीको जिम्मेवारी खोसिएको छ। कार्यालय परिसरभित्रै तास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीका तीनवटै सुरक्षा प्रमुखको जिम्मेवारी खोसिएको हो । दसैंमा सशस्त्र प्रहरी बल १० नम्बर गणभित्र सर्लाहीका सीडीयो रामकुमार महतोसहित नेपाल प्रहरीका प्रमुख एसपी सन्तोष सिंह राठौर र सशस्त्र प्रहरी १० नम्बर गण प्रमुख गंगाराम श्रेष्ठले तास खेलेको भिडियो सार्वजनिक भएको थियो ।भिडियो सार्वजनिक भएपछि गृह मन्त्रालयले उनीहरूलाई जिम्मेवारीबाट हटाएको हो । गृह मन्त्रालयका प्रवक्ता

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • ९० पटक पढिएको
  • बस दुर्घटना, ६५ जना घाइते

    काठमाडौं,कार्तिक ८ गते  । पाँचथरको फिदिममा बस दुर्घटना हुँदा ६५ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक  डम्बर विश्वकर्माले जानकारी दिए ।सोमबार फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाका लागि छुटेको को १ ख. ३८६५ नम्बरको बस शान्तिपुरमा अर्को सवारीसाधनलाई ओभरटेक गर्नेक्रममा सडकको डिलबाट १० मिटर तल खोंचमा खसेको प्रहरीले जनाएको छ

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • १०२ पटक पढिएको
  • काडमान्डौबाट ११ अफगानी नागरिक पक्राउ

    काठमाडौं,कार्तिक ८ गते काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकलाई प्रहरीले  पक्राउ गरेको छ। सिनामंगलको एक होटलबाट उनीहरुलाई सोमबार बिहान पक्राउ गरेको सीआइवीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए।उनले भने होटलमा विदेश नागरिक लुकिछिपी बसेको भन्ने सूचनाका आधारमा छापा पार्दा उनीहरु पक्राउ परेका हुन्। अहिले सोधपुछ भइराखेको छ।

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • ९७ पटक पढिएको
  • नेपाल पत्रकार महासंघ हङ्कङका अध्‍यक्ष राईको निद्धन

    खोटाङ,कार्तिक ८ गते । हङकङमा पत्रकारिता गर्दै आएका धरानका पत्रकार किसन राईको भिरबाट लडेर खोटाङमा मृत्यु भएको छ खोटाङ,कार्तिक ८ गते । हङकङमा पत्रकारिता गर्दै आएका धरानका पत्रकार किसन राईको भिरबाट लडेर खोटाङमा मृत्यु भएको छ ।धरान उपमहानगरपालिका(१५ घर भई हाल हङ्कङमा बसेर पत्रकारिता गर्दै आएका ५३ वर्षीय पत्रकार राईको आइतबार साँझ पङ्खुखोला नजिकैको भिरबाट लडेर मृत्यु भएको हो ।खोटाङबाट भोजपुर जानेक्रममा आइतबार साँझ करीब साढे पाँच बजेको समयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पास्थित पङ्खुखोला नजिकैको भीरबाट लडेर पत्रकार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक स

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • ९६ पटक पढिएको
  • पोखरा : छुटा छुटै ठाउँ बाट अवैध लागूऔषध सहित दुई पक्राउ

    कास्की,कार्तिक ८ गते  - पोखरा महानगरपालिकाका छुटा छुटै ठाउँ बाट अवैध लागूऔषध सहित दुई  पक्राउ को छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका ३ वालसिंह बस्ने  १८ वर्षिय  किशोर र रुपा गाउँपालिका(१ थुम्की  बस्ने २५ वर्षीय किसान श्रेष्ठ रहेको छ । पोखरा महानगरपालिका ३२ मजुवा नाकाबाट १ केजी ५ सय ग्राम अवैध लागूऔषध चरेस सहित   १८ वर्षिय  किशोरलाई आइतबार दिउँसो र पोखरा महानगरपालिका(३० पावरहाउस स्थितबाट २ केजी का अवैध लागूऔषध गाँजा सहित रुपा गाउँपालिका(१ थुम्की  बस्ने २५ वर्षीय श्रेष्ठलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय गगनगौडाबाट खट

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • ८४ पटक पढिएको
  • मङ्गसिर र पुसमा बाघ गणनाको तयारी

    चितवन,कार्तिक ८ गते– राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ । नेपालमा हरेक चाररपाँच वर्षका अन्तरमा गणना गरिन्छ ।यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी अगाडि बढाएको छ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जमा गणना गरिन लागिएको हो

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • ९१ पटक पढिएको
  • अमेरिकाबाट एक लाख ६२० डोज फाइजर खोप नेपाल आइपुग्यो

    काठमाडौं, कत्तिक ८ गते – अमेरिकाले नेपाललाई उपलब्ध गराएको एक लाख ६२० डोज फाइजर खोप सोमबार विहान नेपाल आइपुगेको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटमार्फत यसबारे जानकारी दिएको हो । कोभ्याक्स सुविधा अन्तरगत सो खोप नेपाललाई उपलब्ध गराइएको हो । अमेरिकाबाट आउने फाइजर खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी र किशोर–किशोरीलाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि नै जनाइसकेको छ ।यसअघि गत जुलाईमा अमेरिकाले १५ लाख ३० हजार डोज जोन्सन एण्ड जोन्सनको खोप पठाएको थियो 

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • १५५ पटक पढिएको
  • गाड्न लागेको शव बरामद स् प्रमाण लुकाउन खोजेको भन्दै वडाध्यक्षविरुद्ध मुद्दा

    वीरगञ्ज,कार्तिक ८ गते – असोज २१ गते वीरगञ्ज(१३ मा १९ वर्षीया युवतीको शंकास्पद मृत्युपछि शव गाड्न लागेको सूचना प्रहरीलाई आयो । जबर्जस्ती करणीपछि अत्याधिक रक्तश्राव भई मृत्यु भएको प्रारम्भिक सूचना प्रहरीसमक्ष आएको थियो ।शव जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँको जेठो छोरा नासिर मियाको घरमा छ भनिएको थियो । दुई जना प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटियो ।घरमा पुग्दा महिला सदस्यहरू मात्र थिए, उनीहरुले केही बताएनन् । त्यसपछि प्रहरीले आसपासमा रहेका मुस्लिम समुदायको अन्तिम संस्कार गर्ने स्थल ‘कब्रिस्तान’हरूमा खोजी गर्‍यो ।वीरगञ्ज(१३ मुर्ली नयाँ टोलस्थित कब्रिस्तानमा युवतीको शव दफन ९गाड्ने०

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • १०३ पटक पढिएको
  • आमाकै संलग्नतामा छोरी बलात्कृत स् मुद्दा कमजोर बनाउन प्रहरी नै लागेको आरोप

    विराटनगर,कार्तिक ७ गते – आफ्नै आमामाथि शरीर बन्धक तथा जबरजस्ती मुद्दा दर्ता गराएकी पीडित युवतीले प्रहरीले मुद्दा कमजोर बनाएको आरोप लगाइएकी छिन् । आफूले प्रहरीमा बुझाउन गएको प्रमाण प्रहरीले नबुझिदिएको आरोप ती युवतीको छ।विराटनगर १० की मन्जुविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा २२ वर्षीया छोरीले बन्धक बनाइ जबरजस्ती करणी गराउन खोजेको भन्दै मुद्दा दिएकी थिइन्। उनले न्यायका लागि प्रहरीमा मुद्दा दर्ता गराउन खोज्दा प्रहरीले लिन नमानेको आरोप लगाएकी छिन्।प्रहरीमा मैले बुझाइको प्रमाणको सिडि प्रहरीसमक्ष चल्यो उनले भनिन्, अदालतमा चल्दैन।ु आफ्नो साक्षीको बकपत्र समेत नगराएको उनको आरोप छ । लामो समयसम्म बकसपत्

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • १२७ पटक पढिएको
  • इटहरीमा बाल विवाह गर्ने बेहुला बेहुलीसहित आमा बुवा पक्राउ

    सुन्सरी,कार्तिक ७ गते – इटहरीमा बाल विवाह गरको अभियोगमा बेहुला बेहुलीसहित ४ जनालाई वाल विवाह मुद्दा चलाइएको छ । इटहरी २ स्थित हवाई चौकमा १७ बर्षिया बालिकाको सन्दिप रसाइलीसँग बाल विवाह गरेको अभियोगमा बेहुला सन्दिप, बेहुली, बेहुलाको बुवा कालु बहादुर रसाइली र बेहुलीको आमा सेविका दर्नाललाई पक्राउ गरि मुद्दा चलाइएको हो । इलाका प्रहरी कार्यालय इटहरीले ४ जनालाई असोज २५ गते विवाह मण्डपबाट पक्राउ गरेको हो ।४ जना उपर सुनसरी जिल्ला अदालतबाट वाल विवाह मुद्दामा दिन ५ म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • १०२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२