जनकपुरधाम,कार्तिक १० गते – आन्तरिक राजश्व कार्यालय अगाडिका अनलाईन फारम भर्नेहरुले सेवाग्राहीलाई ठगी गर्दै आएको तथ्य खुलेको छ ।

सेवा वापतको रकम लिए पनि उनीहरुले बिल नदिने र मनोमानी तरिकाले व्यक्ति पिच्छे फरक फरक फारम भर्ने दस्तुर लिने गरेका छन् । घरेलु कार्यालयमा उद्योगमा दर्ता गरि आन्तरिक राजश्व कार्यालयमै प्यानमा दर्ता भएका दर्जनौ अनलाईन गर्ने फर्मले सेवाग्राहीलाई ठगी गर्दै आएका छन् । उनीहरुले सो वापत लिएको दस्तुरको राजश्व समेत छल्ने गरेका छन् । हरि ॐ ईन्टरनेट सर्भिस, एलिजा ईन्टरनेट सेवा डीके ईन्टरनेट सेवा लगायतका दर्जन भन्दा बढी अनलाईन फर्म राजश्व कार्यालय अगाडि नै संचालनमा छ । ती फर्महरुले व्यक्तिगत प्यानको अनलाईन फारम भर्ने, राजश्व तिर्न जाँदा चाहिने आवश्यक कागजातको कामहरु गर्दै आएको छ । व्यक्तिगत प्यानमा दर्ताको लागि अनलाईन फारम भरे वापत एकदेखि पाँच सयसम्म दस्तुर लिने गरेका छन् । सचेतनाको अभावमा बिल माग नगर्नु ‘थोरै रकम त हो’ भनेर मतलब नगर्नु जस्ता कारणले अनलाईन फर्महरुलाई मनोमानी गरिरहेको राजश्व कार्यालयका कर्मचारीहरुको कथन छ । यस सम्बन्धमा अहिलेसम्म कुनै गुनासो नआएको आन्तरिक राजश्व कार्यालय जनकपुरधामका प्रमुख गजेन्द्र यादवले बताए