कठमाडौँ, माघ ११ गते – राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को नयाँ प्रजाति ओमिक्रोन बढेसँगै नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील हुन सरकारलाई आग्रह गरेको छ । कोभिड–१९ को रोकथामको तयारी र प्रयासका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेल र गृह मन्त्रालय सहसचिवलगायतसँगको छलफलमा यस्तो आग्रह गरेको हो ।कोभिड–१९ को तेस्रो लहर नियन्त्रणका लागि सरकारको योजना, अस्पतालहरूको क्षमता, सार्वजनिक यातायातमा लगाइएको जोरबिजोर प्रणाली, बुस्टर डोज र बालबालिकालाई दिइने खोपमा पहुँचबारेमा छलफल भएको छ । छलफलमा आयोगका अध्यक्ष तपबहादुर मगरले यी वि
काठमाडौं,माघ ११ गते – बुधबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने छ ।आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचनका लागि आवश्यक सबै तयारी लगभग सकिएको बताए । मतदान केन्द्रहरुमा आज बुथ निर्माणको काम जारी रहेको र केही समयमा त्यो काम पनि सकिने उनले बताए । आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचनका लागि आवश्यक सबै तयारी सकिएको बताए । मतदान केन्द्रहरुमा आज बुथ निर्माणको काम जारी रहेको र केही समयमा त्यो काम पनि सकिने उनले बताए ।कहाँ–कहाँ छन् मतदान स्थ
काठमाण्डौ,माघ १० गते । नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका दुई जना प्रहरी हबल्दार र ११ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गर्दै सोमबार सार्वजनिक सूचना जारी गरेको हो ।सम्पर्कमा नरहेकाहरुमा प्रहरी हबल्दारहरुमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जमा दरबन्दी भएका दीपेन्द्र सिंह र सिन्धुपाल्चोकको ठोकर्पा प्रहरी चौकीका मंगल सिंह कुँवर छन् । सिंह मंसिर १९ गतेदेखि र कुँवर पुस ८ गतेदेखि कार्यालयको सम्पर्कमा छैनन्।यसैगरी प्रहरी जवानहरु विक्रम महर, आशबहादुर गुरुङ, स
काठमाण्डौ,माघ ९ गते । माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिदेखि लागू हुँदैछ । मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पालना गर्न निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ ।मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन । साथै मतदान केन्द्रको ३ सय मिटर वरिपरी राखिएका निर्वाचन चिह्न, प्रचार सामग्री हटाउनुपर्दछ । एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमबाट पनि निर्वाचन प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।मौन अवधिमा उम्मेदवार वा कुनै राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा
सिरहा,माघ ९ गते । भौतिक पूर्वाधारमन्त्री रेणु यादवको अभिव्यक्तिलाई लिएर पर्टी भित्रै आलोचना गरेका छन् जन्ता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुरामम भटराई र उनि निकट नेताले यादवको अभिव्यक्तिको कडा आलोचना गरेको हो ।पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरु भने यसबारेमा केही नबोलि रेणु यादवको बचाउ गरेका छन् ।समाजिक संजालमा भटराईले रेणु यादवको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् ।भटराई निकट नेताहरुले यो विषयलाई जोडतोडले उठाउदै यस्ता अभिव्यक्तिलाई पार्टीले बचाउ गर्न नस्कने बताएका छन् ।भट्टराईनिकट तथा जसपाका कार्यकारिणी समितिमा सदस्य गंगानारायण श्रेष्ठले रेणु यादवको अभिव्यक्ति
सिरहा, माघ ९ गते । कर्मचारीमा कोरोना देखिएपछि मालपोत कार्यालय लहान अनिश्चित कालको लागि कार्यालय बन्द गरिएको छ । कार्यालयमा कार्यरत ९ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि कार्यालयले सम्पूर्ण सेवा बन्द गरिएको हो ।कार्यालय चलिरहेकै बेला केही कर्मचारीमा समस्या भएपछि चेकजाँचको क्रममा एकैपटक ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नहुन्जेलसम्मको लागि सूचना जारी गरिएको अधिकारी प्रमोद कुमार मण्डललले जानकारी दिए । उनले बाँकी कर्मचारीको पनि आजै कोरोना परीक्षणगरी सेवा सूचारुगर्ने विषयमा पनि छलफल भईरहेको जनाए ।
काठमाडौँ, माघ ९ गते । कोरोना भाइरस ९कोभिड–१९० को चौतर्फी सङ्क्रमण बढेसँगै सुरक्षाकर्मीमा सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ ।कोरोना सङ्क्रमणबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरतमध्ये एक हजार ७२१ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनको काममा सुरक्षाकर्मीहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खटिँदै आएका छन् ।चारवटा सुरक्षा निकायमध्ये पहिलो पङ्क्तिमा खटिने नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मीमा सबैभन्दा बढी ९५५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्क्रमितमध्ये ६० जनालाई विभिन्न अस्पतालम
सिरहा,माघ ८ गते । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका न्यायालयहरू आइतबार बन्द हुने भएका छन् ।पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो । मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको हो ।शनिबार नै सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आइतबार देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको हो ।काठमाडौंको कमलपोखरीमा १९९१ साल पुस १ गते जन्मेका पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए । उनी २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश थिए । सर्वोच्च अदालतले उनको निधनबा
सिरहा,माघ ८ गते । सिरहाका दुई कोरोना संक्रमितको उपचारको क्रममा १० मिनेटकै अन्तरमा मृत्यू भएको छ ।मृत्यू हुनेमा एक महिला र एक पुरुष छन् । सिरहा नगरपालिका १ का ८० वर्षका पुरुष र लहान नगरपालिका १९ की ६२ वर्षकी महिलाको कोरोना संक्रमणकै कारण १० मिनेटकै अन्तरमा मृत्यू भएको हो ।उनी दुबै जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । उनीहरुको १० मिनेटको अन्तरमा मृत्यू भएको पुष्टि स्पतालका सह९प्रवक्ता डाक्टर चुरामणी पोखरेलले गरे ।उनका अनुसार एक्युट मायोकार्डियल इन्फ्राक्सन भएकी महिलामा माघ ५ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो । उनको मृत्यु आज बिहान ११ बजेर
सिरहा,माघ ६ गते । पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस (कोभिड)१९ को संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने ६४९ जना निको भएका छन् ।
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.