जनकपुर,फाल्गुन १५ गते । मधेस प्रदेशको राजधानी जनकपुरमा दुधको मूल्यमा एकरुपता पाइँदैन । बजारमा फरक–फरक मूल्यमा दुध पाइने गरेको उपभोक्ता बताउँछन् । व्यापारीहरुले मूल्यमा एकरुपता नदेखिनुमा गुणस्तर र शुद्धता मुख्य कारक रहेको तर्क गर्दै आएका छन् । बढी मूल्यमा दुध बेच्दै आएका व्यवसायीले आफूहरुले शुद्ध दुध बेच्ने गरेको दाबी गर्दै आएका छन् भने तुलनात्मक रुपमा केही सस्तोमा दुध विक्री गर्दै आएका व्यवसायीहरु भने बजारमा पानी नमिसाएको दुध नै नपाइने दाबी गर्दछन् ।जतिसुकै मूल्य तिरे पनि शुद्ध दुध नपाइने महोत्तरी गाउँपालिका वडा नम्बर १, पर्सा बस्ने सर्वोत्तम ठाकुर बताउँछन् । उनले भने, ‘दुध बेच्नेले ८० रुपैयाँ
दाङ्ग,फाल्गुन १५ गते । पाँच मिनेटको दूरीमा पानी बगिरहेको हुन्छ, तर नजिकै रहेको विद्यालय काकाकूल छ । शौचालय जानेसमेत पानी पाइँदैन । विद्यालयसम्म खानेपानीसमेत पुगेको छैन । यस्तै दुर्दशा भोग्दै ५१औँ वर्ष पार गरेको एउटा विद्यालय हो, दाङ शान्तिनगर गाउँपालिका–३ केराघारीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय । सो विद्यालय विसं २०१७ मा स्थापाना भएको थियो । तत्कालीन जनयुद्धका समयमा तत्कालीन नेकपा ९माओवादी० का वरिष्ठ नेता मोहन वैद्यलेसमेत सो विद्यालयमा अध्यापन गराएका थिए । तर त्यहाँ अहिलेसम्म खानेपानीको सुविधा पुग्न सकेको छैन । नजिकै खोला बगिरहेको छ, तर त्यो पानी शौच गर्नका लागिसमेत विद्यालय
भरतपुर, फागुन १५ गते । संरक्षित क्षेत्रभित्र वन्यजन्तुको सङ्ख्या बढाएरमात्र हुँदैन । सङ्ख्या बढेसँगै वासस्थान सुधार, विस्तार र आहार प्रजातिको व्यवस्थापन नहुने हो भने वन्यजन्तु कि बस्तीतिर सर्छन् कि आहार राम्रो भएको अन्य वन–जङ्गलतिर जाने गर्छन् । पछिल्ला वर्षमा चितवन र आसपासका क्षेत्रमा यस्तै घटना देखिएका छन् ।चितवन राष्ट्रिय निकुञ्जबाट घडियाल गोही र गैँडा बाढीले बगाएर भारत पुगेका घटना यसअघि सार्वजनिक भएका छन् । पछिल्लो समय नेपालका बाघ पनि भारततिरै बसाइँ सर्न थालेको विज्ञहरूको भनाइ छ । सीमित वासस्थान, आहाराजन्य जनावरको कमीलगायतका कारणले निकुञ्जका बाघ बसाइँ सर्दै भारतसंँगको सीमाक्षेत्रमा रहेको व
काठमाडौं,फाल्गुन १५ गते । । प्रतिनिधिसभा (संसद) बैठक आज बस्दैछ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि पटक–पटक सारिएको बैठक आज बस्न लागेको हो ।यही फागुन ८ गते एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल भएको थियो । र, संसद बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको थियो । तर, सत्ता गठबन्धनको कुरा नमिल्दा १२ गतेको बैठक अन्तिम समयमा सूचना टाँस गरेर १३ गते सारिएको थियो । १३ गते पनि बैठक बस्न सकेन । सूचना टाँस गरेर आजसम्म सारिएको हो । आजको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।आजको बैठकको मुख्य एजेण्डा एमसीसी नेपाल कम्प्याक्ट नै हुनेछ । दलहरूबीच एमसीसीबारे एकमत
उर्लाबारी,फाल्गुन १५ गते । मध्य फागुन भए पनि पश्चिमको चिसो सिरेटोले औसत मानिस बिहान १० बजेभन्दा अघि काममा निस्कँदैनन् । ‘भारतमा काम नपाएर बेरोजगार बन्नुभएका मोहम्मद असरफुललाई चिसोको वास्तै हुँदैन । असरफुल बिहानै पूर्व–पश्चिम राजमार्गको सडक किनारमा फालिएका प्लाष्टिक र टिनका बोतल सङ्कलन गरेर बोरामा खाँद्दै हुनुहुन्थ्यो । “सरकारले रोजगार दिँदैन । ९ जनाको परिवार छ । बिहान–बेलुका खुवाउनै प(यो” मोरङको कानेपोखरी बजारबाट थोरै पूर्वपट्टिको वरको रुखमुनि बसेर प्लाष्टिकका थोत्रा बोतल बोरामा हाल्दै भारतीय नागरिक मोहम्मद असरफूलले भन्नुभयो ।असरफूल आफ्ना तीन सन्तानका साथ विगत ३ वर्ष यता पूर्व–पश्चिम राजमार्गक
महोत्तरी,फाल्गुन १४ गते । महोत्तरीमा फेला परेको शंकास्पद वस्तु टाइम बम भएको पुष्टि भएको छ । टाइम बम भएको पुष्टि गर्दै नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । अहिले यहाँको जनजीवन सामान्य बनेको नगर प्रमुख हरि मण्डलले जानकारी दिए । प्रहरीले उक्त बमको बिषयमा अनुशन्धान अगाडि बढाएको छ । नगरपालिका कार्यालयनजिकै राखिएको बमको बिषयमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । विहान करिब १० बजे झोलाभित्र प्रेसर कुकर र तार फेला परेपछि स्थानीयले प्रहरीलाइ खवर गरेका थिए ।
सिरहा,फाल्गुन १४ गते । सरकारले वैदेशिक रोजगारमा जाने कामदारको पीसीआर निशु्ल्क गर्ने व्यवस्था गरेको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो । संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभूति दिने अभिप्रायले यस्तो निर्णय गरेको हो । शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकहरुका लागि निशुल्क पीसीआर परीक्षण हुनेछ । तर, त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेश गर्नुपर्नेछ।
सिरहा,फाल्गुन १४ गते । नेपालमा थप १५५ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ५१५२ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै पछिल्लो २४ घन्टामा थप ५४० जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप २ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या घटेर ८,८३९ पुगेको छ। त्यस्तै देशभरि थप १ लाख २९ हजार ११९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
सिरहा,फागुन १४ गते – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई मतदाता नामावली अद्यावधिक गर्ने कार्यमा आवश्यक सहजीकरण गर्न परिपत्र गरेको छ । सबै निर्वाचन कार्यालयले फागुन १९ देखि २६ गतेसम्म निर्वाचन कार्यालयमा सञ्चालन गर्न लागेको मतदाता नामावली अद्यावधिक ९दाबी र विरोधसहित० कार्यमा आवश्यक सहयोग गर्न शुक्रबार सबै स्थानीय तहलाई परिपत्र गरेको हो । निर्वाचन आयोगले मन्त्रालयमार्फत मतदाता नामावली अद्यावधिक कार्यमा सहजीकरणका लागि स्थानीय तहलाई परिपत्र गर्न आग्रह गरेको थियो । मतदाता नामावली प्रकाशन गर्ने, कुनै मतदाताको नाम वा विवरणमा कुनै त्रुटि भएमा सच्याउन निवेदन दिने, कसैल
सिरहा,फाल्गुन १४ गते ।गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले हिउँदे नगरसभाले चालु आर्थिक वर्षको कामको समिक्षा, सुधार र थप योजनाहरु बनाउन सहयोग पुग्न बताएको छ । नगर प्रमु साहले आज सम्पन्न छैठौं हिउँदे नगरसभाको उद्घाटन समारोहमा नगरले अहिले सम्म गरेको कामको प्रगति, सुधार गर्नुपर्ने योजना तथा विभिन्न निकायबाट थप भएका योजनाहरुको विषयमा छलफल गरी सभाले अनुमोदन गर्ने बताएका हुन् ।मेयर साहले अहिले केही थप योजनाहरु आएकोले नगरसभाले त्यसलाई गहन छलफल गरी अनुमोदन गर्न सम्पूर्ण सदस्यहरुलाइ आव्हान गरे । उनलेभने, ‘हामी जारी कामको विषयमा पनि छलफल गछौं, थपीएका योजना पनि छलफल गरी पास गर्ने छौं ।’सोही क्रममा मेयर स
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.