काठमाडौं,चैत्र ९ गते। यातायात व्यवस्था विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएकोले देशभरका यातायात कार्यालयबाट प्रदान हुने सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न बुधबार बेलुका ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द हुने भएको हो ।समस्या समाधानको प्रयास भइरहेको र नबन्दासम्म सेवा बन्द गरिने विभागले जनाउनु भयो । यसअघि पनि विभागको सर्भरमा समस्या आउँदा अनलाइन फारम, लाइसेन्स प्रिन्ट, नविकरण लगायतका सेवामा समस्या उत्पन्न हुँदै आएको थियो
काठमाडौँ, चैत ९ गते । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन–२०७५ संसद्बाट पारित भएको तीन वर्षभन्दा बढी भइसकेको छ । तर, अझै पूर्ण कार्यान्वयनमा आएको छैन । संविधानअनुसार नागरिकको खाद्य, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुतासम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्नका लागि सरकारले सो ऐन ल्याएको हो । तर, अझै कार्यान्वयनमा आएको छैन ।यसको कार्यान्वयनको विषयलाई लिएर कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मङ्गलबार राष्ट्रिय गोष्ठी आयोजना गरेको थियो । सो गोष्ठीमा सङ्घ तथा प्रदेशका विभिन्न सरोकारवालाको सहभागिता थियो । कृषि मन्त्रालयका सचिव डा। गोविन्द शर्माको अध्यक्षतामा भएको कार्यक्रममा खाद्य सुरक्षा ऐन बने पनि सम
काठमाडौँ, चैत ९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा मङ्गलबार रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको छ । नेपालमा रेल सञ्चालन र कर्मचारी नियुक्तिसम्बन्धी व्यवस्थासहितको अध्यादेश तेस्रो पटक जारी भएको हो । जनकपुर–जयनगर रेल सञ्चालनको टुङ्गो अझै नलागे पनि अध्यादेश जारी भएसँगै जनकपुर–जयनगर रेल सञ्चालनमा आउने कानुनी आधार तयार भएको हो ।यसअघि सरकारले गत मङ्सिरमा पनि रेल्वे अध्यादेश जारी गरेको थियो तर सो अध्यादेश संसद्मै नपुगी निष्क्रिय भएको थियो । त्यसअघि सरकारले २०७८ वैशाखमा पनि रेल्वे अध्यादेश जारी गरेको थियो । त्यसबेला पनि संसद् अधिवेशन सुरु नभएको र जारी भएको ६० दिनभित्र संस
शिवशङ्कर मिश्रकलैया, चैत ८ गते । बारा जिल्लाको ग्रामीण क्षेत्रमा गर्भपतन गराउन प्रयोग गरिने औषधि अनियन्त्रित रुपमा बिक्री वितरण भइरहेको छ ।सूचीकृत स्वास्थ्य संस्थाले तालिम प्राप्त चिकित्सकको स्वीकृतिमा मात्रै गर्भपतनका औषधि बिक्री–वितरण गर्न पाउने नियम रहेता पनि बारा जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश औषधि पसलले खुलेयाम बिक्री वितरण गर्ने गरेका छन् ।कलैया, जितपुर, सिमरा, निजगढ, सिम्रौनगढ, कोल्हवी, बरियारपुर, गञ्जभवानीपुरलगायतको ठाउँमा रहेका औषधि पसलमा गर्भपतनका औषधि अन्य सामान्य औषधि जस्तै सहज रुपमा बिक्री वितरण भइरहेको स्थानीयहरुले बताएका छन् ।भारतीय बजारबाट अवैध रुपमा आयत गरिएका मेडावन,
काठमाडौं,चैत ८ गते । स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।जनप्रतिनिधिले पदमा वहाल रहेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगलगायतका निकायलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दिएका थिए ।सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आचारसंहिताको सो व्यवस्था तत्काल कार्यान्वन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।सर्व
काठमान्डौं ,चैत ८ गते । स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा दिन थालेका छन्। शिक्षण पेसाभन्दा राजनीतिमा लागेर भविष्य बन्ने देखेपछि सरकारी सेवामा कार्यरत शिक्षकहरूले राजीनामा दिन थालेका हुन्।राष्ट्रिय शिक्षक किताबखानाका प्रमुख एवं निमित्त महानिर्देशक रामराज खकुरेलले सोमबार को कुराकानीमा पछिल्लो समय राजीनामा दिने शिक्षकको संख्या ह्वात्तै बढ्न थालेको बताए। उनले भने( ‘अहिले राजीनामा दिएर सेवा निवृत्ति सुविधा लिन आउने शिक्षकको संख्या बढ्न थालेको हो।किताबखानाको तथ्याङ्कअनुसार साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा ३ हजार ४ सय १२ जनाले जागिर
सिरहा,चैत ८ गते । आसन्न स्थानीयतह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ ।जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर आउन लागेका हुन् । जनकपुरधाममा पहिलोपटक हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब दुई हजार ५०० जना नेता तथा कार्यकर्ताको सहभागिता रहने माओवादी केन्द्र मधेस प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए ।सो प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रको मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्यहरू, प्रदेश सम
सिरहा, चैत ७ गते । । स्थानियतहको निर्वाचन बैशाख ३० हुने स्थानीय तहको निर्वाचन सुरक्षाकालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले चैत मसान्तभित्र इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरेको छ ।प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीद्वारा सोमबार सूचना जारी गर्दै इजाजत लिई हातहतियार राख्ने व्यक्तिलाई चैत मसान्तभित्र आफूसँग रहेको हतियार प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेका हुन् ।तोकिएको समयसीमाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही हुने पनि सीडीयोद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
काठमाडौं, चैत ७ गते । निर्वाचन कसरी जितिन्छ ? पैसाको बलमा वा एजेण्डाको लोकप्रियताले ? यतिबेला मात्र होइन, प्रायः सधैँ निर्वाचनका बेलामा उठ्ने प्रश्न वा सुरु हुने बहस हो यो । आसन्न स्थानीय तहको निर्वाचनका बेला अहिले आम नेपालीले पनि यही प्रश्न गरिरहेका छन् ।तर बहस सिद्धान्त वा एजेण्डामुखी छैन बरु पैसामुखी छ । आम मतदातामा सुरु भएको यो बहसलाई देशका आमसञ्चारले पनि सतहमा ल्याइदिएका छन् । तिनै सञ्चारका सामग्रीमाथि तर्कवितर्क गरिरहेका छन्, आममतदाता । अनि सबैको एउटै मत छ, बहस निर्वाचनमा पैसाको नभई उम्मेदवार, उसका विगतका काम तथा त्यो उम्मेदवार संलग्न राजनीतिक पार्टीका सिद्धान्त र एजेण्डमा हुनुपर्छ ।यो त
सिन्धुली,चैत ७ गते । सिन्धुलीको मरिण गाउँपालिका–२ सानो गर्दवाबाट करिब २८ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय दल बहादुर मोक्तान र १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।उनीहरुको घर तथा आसपास एरियाहरू तलासी गर्ने क्रममा घर नजिकै रहेको मकैबारीमा प्याकिङ गरी राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारी प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.