विराटनगर,चैत २७ गते । मेयरको दाबेदार दुई पूर्वमन्त्री ब्याक भएपछि नेकपा (एमाले)विराटनगर महानगर कमिटीले विराटनगरको मेयरको उम्मेदवार छनोटका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको महानगर कमिटीको बैठकले नगर अध्यक्ष सागर थापासहित पाँच जनाको नाम सिफारिस गरेको हो ।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोटका लागि नगर कमिटीले नगर अध्यक्ष थापा, केन्द्रीय सदस्य रामलाल साह, मोरङ उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत रमहेश भट्टराईको नाम सिफारिस गरेको हो ।उपप्रमुखको उम्मेदवारका लागि शिल्पा कार्की, विमला घिमिरे दाहाल र अन्जु उपाध्ययको नाम सिफारिस गरेको छ ।एमाले नेत
सिरहा,चैत २७ गते । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन दुई महिनापछि मात्रै खुला हुने भएको छ । नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुला गर्ने तयारी यातायात व्यवस्था विभागले गरेको छ।नयाँ आवेदन दिनेको चाप बढेको र छाप्न बाँकी रहेको लाइसेन्सको काम सम्पन्न गर्न विभागले अहिले नयाँ आवेदन बन्द गरेको छ। विभागले अहिले आवेदनको पालो कुरिरहेका परीक्षार्थीको परीक्षा लिइरहेको छ।नयाँ लाइसेन्सका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाख ७२ हजार पुगेको थियो । फाराम भरेकाको परीक्षाको पालो दुई वर्ष पछिसम्म परेको थियो। यो काम वैशाखसम्म सम्पन्न गरेर छिटो परीक्षा दिने व्यवस्थाको तयारीमा विभाग रहेको छ। आजको गोरखापत्र द
काठमाडौँ, चैत २७ गते । स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतदान सामग्री धमाधम आउन थालेका छन् । आयोगले मतदान हुनुभन्दा एक महिनाअघि नै सबै सामग्री बुझाउनेगरी फागुन अन्तिम साता आपूर्तिकर्तासँग सम्झौता गरेको थियो ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, “करिब १५ प्रकारका सामग्री आयोगले बुझिसकेको छ, चैत अन्तिमदेखि जिल्लामा ढुवानी सुरु हुँदासम्म सबै सामग्री आइपुग्ने विश्वास गरेका छौँ ।” मतदान प्रयोजनका लागि आयोगले १० वटा प्याकेजमा २३ प्रकारका सामग्री खरिद सम्झौता गरेको थियो । उक्त सामग्री खरिदका लागि आयोगले २७ करोड रुपियाँ खर्चिंदै छ । सम्झौताबमोजिम आपूर्तिकर्ताले मतदान र मतदानस्थलमा प्रयोग
सिरहा,चैत २७ गते । तद्नुसार अप्रिल महिनाको १० तारिक २०२२ । चैतशुक्लपक्ष नवमी (रामनवमी) त्रेता युगका मर्यादापुरुषोत्तम श्रीरामको जन्मजयन्तीका रुपमा सनातनीहरुले मनाउने महत्वपूर्ण दिन ।सरकारले आज सार्वजनिक बिदाको घोषणा गरेको छ । गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ ।
काठमाडौँ, चैत २७ गते । ललितपुर भैँसेपाटीकी अचला पोखरेलले पाटन अस्पतालद्वारा उपलब्ध गराउँदै आएको क्यान्सरको औषधि नियमित सेवन गरिरहनुभएको छ । जीवनभर सेवन गर्नुपर्ने मासिक छ लाख रुपियाँबराबरको औषधि उहाँले निःशुल्क प्राप्त गरिरहनुभएको छ ।उहाँलाई डेढ वर्षअघि फोक्सोको क्यान्सर भएको थियो । सुरुमा खोकीको लक्षण देखिएपछि नजिकैको अस्पतालमा उपचार गराउँदा क्यान्सर पत्ता लागेको थियो । दुई महिनासम्म छ साइकल केमोथेरापी चढाएपछि उहाँले नियमित औषधि सेवन गर्दै आउनुभएको छ ।शल्यक्रिया गर्न नमिल्ने भएपछि छ साइकल केमोथेरापी चढाएर उहाँले औषधि सेवन गर्न थाल्नुभएको हो । “सुरुमा मासिक दुई लाख ८० हजार रुपियाँबराबरको औषधि
ढल्केवर, चैत २६ गते । धनुषामा यस वर्ष चैते धान उत्पादनमा वृद्धि हुने भएको छ । सिँचाइको उपयुक्त व्यवस्था तथा अनुदानमा धानको बीउ उपलब्ध गराएपछि जिल्लामा गत वर्षको तुलनामा यस वर्ष चैते धान उत्पादनमा वृद्धि हुने भएको हो ।चैते धान उत्पादनका लागि उर्वरभूमि मानिएको जिल्लाको उत्तरी क्षेत्र मिथिला नगरपालिका–११ तुलसीमा समेत यसपाली दोब्बर क्षेत्रफलमा चैते धान समयमै रोपिएको छ । फागुन महिनाको अन्तिम सातादेखि रोपाइँ सुरु गर्नुभएको यहाँका किसानले चैत महिनाको तेस्रो सातामै चैते धान रोपाइँ सम्पन्न गर्नुभएको छ ।रातु नदीबाट कुलोमार्फत यहाँका किसानले चैते धान समयमै रोपी सिध्याएको स्थानीय किसान प्रेमबहादुर कार्कील
राजविराज, चैत २५ गते। नेपाल राष्ट्रिय शिक्षक संगठन सप्तरीकाे राजविराजमा सम्पन्न १३ अाैं जिल्ला अधिबेशनले बैधनाथ यादवकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ । समितिकाे उपाध्यक्षद्वयमा लक्षण कुमारी यादव र सुर्यनारायण चाैधरी, सचिवमा जयराम मण्डल, सहसचिवमा प्रियंका कुमारी यादव तथा काेषाध्यक्षमा रासलाल साहलाई चयन गरेकाे छ । सदस्यहरुमा देवकान्त चाैधरी, कमला कुमारी घिमिरे, सिताकुमारी चाैधरी, रामनारायण यादव, मनाेज अधिकारी, दिनेश झा, रम्भा कुमारी चाैधरी, निलम श्रेष्ठ, संजय चाैधरी, नरसिंह यादव, गणेबहादुर थापा, उग्रकान्त चाैधरी, सुनिता कुमारी साह, सरिता कुमारी साह, रामउदगार यादव, रामकृष्ण स
जनकपुरधाम, चैत्र २५ गते। मधेश प्रदेशमा लाखौ युवाहरुको नागरिकता विहनताको अवस्था मानव अधिकार संरक्षणको क्षेत्रमा ठुलो चुनौतीको रुपमा अघि आएको बताउनु भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आज जनकपुरधाममा आयोजना गरेको मानव अधिकार सम्बन्धि कार्ययोजना कार्यान्वय विषय छलफल कार्यक्रममा मुख्यमन्त्री राउतले जन्मसिद्ध नागरिकता प्राप्त लाखौ नागरिकका सन्तानहरु नागरिकता नपाएर समान्य मानवअधिकार बाट समेत बंचित हुनु राज्यको लागी ठुलो चुनौती रहेको बताउनु भयो ।उहाँले भन्नु,‘ नागरिकता विहिनताको अवस्थाले उनिहरु समान्य मानवअधिकारबाट समेत बंचित भएकाछन । शिक्षा र स्वाथ्यमा समेत पहुँच पाउन सकेका छैन, यो भ
जनकपुर,चैत २५ गते । शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा जनकपुरधामका व्यवसायीहरुले ज्ञापनपत्र बुझाएका छन् । धनुषाका व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् ।पछिल्लो केही समयदेखि धनुषामा चोरी आगजनी तथा अपराधिक किसिमको घटनामा वृद्धि भएको बताउँदै जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारीहरुले प्रमुख जिल्ला अधिकारी पौडेललाई ज्ञापन पत्र बुझाएका छन् ।संघका अध्यक्ष जितेन्द्र कुमार महासेठले धनुषामा पछिल्लो समय घटेको घटनाले आम नागरिक तथा व्यवसायीहरूमा त्रासको वातावरण सृजना भएको बताउँदै उनले तत्काल शान्ति सुरक्षा कायम गर्न माग गर्दै प्रज
काठमाडौं,चैत २५ गते । स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको छ । निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी आचार संहिता आजकै मिति (२५ चैतं) देखि लागू भएको जनाएको हो ।आचार संहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि पाइने छैन । दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने आयोगले प्रष्ट पारेको छ ।झोला, टिसर्ट, क्याज जस्ता सामाग्री छाप्न र वितरण गर्नसमेत रोक लगाइएको आयोगले जनाएको छ ।
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.