X Sharama Funecure

राष्ट्रिय

    Showing १९१-२०० of ९९३ items.
  • जनमत पार्टी सरकारमा जान्छ:राउत

    काठमाण्डौ,पुस ११ गते । जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो दल सरकारमा जाने बताएका छन् ।नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी हुने क्रममा राउतले सरकारमा जाने बताएका हुन् । ‘संख्याको हिसाबले धेरै (मन्त्रालय) दाबी गर्ने अवस्था छैन,’ उनले भने ।सरकारमा आफैं जाने र नजानेबारे भने यकिन भइनसकेको जनमतका अध्यक्ष राउतले बताए ।मधेस प्रदेशमा भने आफ्नो दल निर्णायक भएकाले मुख्यमन्त्रीमा दाबी गरेको उनले सुनाए ।अनलाईन खवर बाट

    • प्रकाशित मितिः पुस ११, २०७९
    • १३६ पटक पढिएको
  • सरकारमा नजाने, समर्थन मात्र गर्ने : राप्रपा

    काठमाण्डौ,पुस ११ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल सरकारमा नजाने भएको छ ।सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका हुन् ।पत्रकारसित उनले भने, ‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’अनदाईन खवर बाट

    • प्रकाशित मितिः पुस ११, २०७९
    • १४३ पटक पढिएको
  • नारायणकाजी उपप्रधानमन्त्री बन्ने

    काठमाण्डौ,पुस ११ गते ।  नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।श्रेष्ठ राष्ट्रिय सभा सदस्य छन् । श्रेष्ठले सम्हाल्ने मन्त्रालय भने टुंगिन बाँकी छ ।बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले भने, ‘चार बजे शपथ छ, हाम्रो पार्टीका तर्फबाट हाम्रो वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सरकारमा जानुहुन्छ । उहाँ उपप्रधानमन्त्री हो नै, मन्त्रालय के हुन्छ भन्ने विषयमा ११ बजे छलफल हुन्छ ।’ अहिले केहीबेरमा सत्ता गठबन्धनको बैठक बस्दै छ ।माओवादीबाट को–क

    • प्रकाशित मितिः पुस ११, २०७९
    • १२७ पटक पढिएको
  • प्रचण्ड : दौरा सुरुवाल लगाएर शपथ ग्रहण गर्ने

    काठमाण्डौ,पुस ११ गते ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दौरा सुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी गरेका छन् ।त्यसको तयारीका लागि आइतबारै नाप लिएर दौरा सुरुवाल सिलाउन पठाएको पारिवारीक स्रोतले बतायो ।स्रोतका अनुसार सोह्रखुट्टेस्थित एक टेलरिङ सेन्टरमा उनको दौरा सुरुवाल सिलाउन दिइएको छ ।प्रचण्डले दौरा सुरुवाल लगाएको देखिएको छैन । उनले प्रायः सुट लगाउने गरेका छन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले प्रचण्डले दौरा सुरुवाल अहिलेसम्म नलगाएको बताए । मल्लले भने, ‘दौरा सुरुवाल फिट हुन्छ कि हुँदैन भनेर हेर्न बाँकी छ ।’अनलाईन  खवर बाट

    • प्रकाशित मितिः पुस ११, २०७९
    • १४६ पटक पढिएको
  • सरकारी निवास छाड्दै देउवा

    काठमाण्डौ,पुस ११ गते ।  निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटार निवासबाट बुढानिलकण्ठस्थित निजी निवास जान लागेका हुन् ।माओवादी अध्यक्ष प्रचण्डले अपराह्न चार बजे प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । त्यसअघि नै देउवाले बालुवाटारस्थित निवास छाड्ने उनी निकट स्रोतले बतायो ।देउवा बुढानीलकण्ठ फर्किने भएपछि उनको निजी निवास सरसफाइ र मर्मतको काम भइरहेको छ ।अनलाईन  खवर बाट

    • प्रकाशित मितिः पुस ११, २०७९
    • १०७ पटक पढिएको
  • बालकोटमा ओली, प्रचण्ड, लामिछानेलगायतका नेताहरु छलफलमा

    काठमाडौं,पुस १० गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा चार दलबीच छलफल सुरु भएको छ ।एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच छलफल सुरु भएको हो ।नेपाली कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न तयार नभएपछि माओवादी सत्ता गठबन्धनको वार्ता छाडेर एमालेसँग छलफलमा बसेको हो । रास्वपा र जसपा पनि थपिएपछि चार दलसँग सरकार गठनका लागि आवश्यक बहुमत पुग्छ ।एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २० र जसपासँग १२ जना सांसद छन् । २७५

    • प्रकाशित मितिः पुस १०, २०७९
    • १६१ पटक पढिएको
  • प्रचण्ड बालकोट प्रस्थान गरे

    काठमाण्डौ,पुस १० गते । सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट प्रस्थान गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिएका थिए । उनी सिधै ओलीसँग छलफल गर्न बालकोट लागेको स्रोतले बतायो ।बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन् । सहमति खोज्ने प्रय

    • प्रकाशित मितिः पुस १०, २०७९
    • १२६ पटक पढिएको
  • प्रचण्ड : गठबन्धन संकटतिर

    काठमाण्डौ,पुस १० गते । सत्तारुढ गठबन्धनको बैठकमा जानुअघि आइतबार विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी पदाधिकारीहरुसँग छलफलमा थिए । उनले आफ्नै निवास, खुमलटारमा उपमहासचिवसम्मका पदाधिकारीलाई बोलाएका थिए ।माओवादी नेताहरुको छलफल चलिरहँदा नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि प्रचण्डलाई भेट्न आइपुगे । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको सन्देश लिएर आएका निधिलाई भेटेपछि प्रचण्डले नेताहरुलाई सुनाए, ‘गठबन्धन संकटतिर गयो ।’एक पदाधिकारीका अनुसार निधिले राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न नसक्ने सन्देश सुनाएका थिए । उनले प्रचण्डलाई दोस्रो पालोमा प्रधानमन्त्री

    • प्रकाशित मितिः पुस १०, २०७९
    • १२८ पटक पढिएको
  • नेपाल विद्युत् प्राधिकरणले ४२ करोड बक्यौता तिर्न उदयपुर सिमेन्टलाई पत्र

    काठमाण्डौ,पुस १० गते ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् उपयोग गरेबापतको ४२ करोड ३३ लाख रुपैयाँ बक्यौता तिर्न उदयपुर सिमेन्टलाई पत्र काटेको छ ।२०७६ सालदेखिकै बक्यौता राखेको उद्योगले पछिल्लो चार महिनामा भुक्तानी नै बन्द गरेपछि प्राधिकरणले लाइन काट्नेसम्मको चेतावनी दिएको हो । ‘मिटर रिडिङ गरेको ६०औं दिनसम्म महसुल नबुझाएमा बिनासूचना जुनसुकै समयमा लाइन काटिनेछ,’ प्राधिकरणको प्रादेशिक कार्यालय विराटनगरले शुक्रबार पठाएको पत्रमा उल्लेख छ ।प्राधिकरणको उदयपुर वितरण केन्द्र प्रमुख पंकजकुमार गोइतले ४ महिनादेखि उद्योगले महसुल नबुझाएपछि पत्र पठाएको बताए । ‘बक्यौता रकम २०७६ सालदेखिकै हो, थोरैरथोरै तिरेकाले

    • प्रकाशित मितिः पुस १०, २०७९
    • २४९ पटक पढिएको
  • स्वास्थ्य मन्त्रालय : चिनमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छ, बुस्टर डोज लगाउन आग्रह

    काठमाण्डौ,पुस ९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ. ७ नेपालमा पनि फैलिने जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ ।छिमेकी मुलुकहरुमा देखिएको यो भाइरस हालसम्म नेपालमा पुष्टि नभएको बताउँदै मन्त्रालयले खुला सीमाना र मानिसहरुको आवतजावतका कारणले नेपालमा फैलिन सक्ने जोखिम रहेकाले रोकथाम र नियन्त्रणका उपाय अपनाउनुपर्ने उल्लेख गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले एक विज्ञप्ति जारी गरी इसाइ धर्माबलम्बीहरुके चाड क्रिसमस र इस्वी संवतको नयाँ वर्ष २०२३ नजिकिएको अवस्थामा भिडभाड नगर्न र जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेको छ ।मन्त्रालयले कोभिड–१९ क

    • प्रकाशित मितिः पुस ९, २०७९
    • १७३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२