X wada

राष्ट्रिय

    Showing १४१-१५० of १,००२ items.
  • उपराष्ट्रपति निर्वाचन : २ बजेसम्म ८०१ मत खस्यो

    काठमाडौं, फाल्गुन ३ गते । उपराष्ट्रपति निर्वाचनमा शुक्रबार दिउँसो २ बजेसम्म ८०१ मत खसेको छ। संघतर्फ २९१ र प्रदेशतर्फ ५१० गरी कूल ८०१  मत खसेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।उपराष्ट्रपतिको निर्वाचन दिउँसो ३ बजेसम्म हुनेछ। मतदानलगत्तै मतगणना सुरू हुने र साँझ ६ बजेभित्र निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ।उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य,जसपाका यादव र जनमत पार्टीको ममता झा चुनावी मैदानमा छन्।निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन् । अन्नपूर्णपोष्ट बाट

    • प्रकाशित मितिः चैत ३, २०७९
    • १५९ पटक पढिएको
  • भासिएको पुल पुनः निर्माणको लागि प्राविधिक टोली कमलामा

    सिरहा,फाल्गुन २६ गते  । हुलाकी सडकखण्ड अन्तर्गत धनुषा र सिरहालाई जोड्ने भासिएको कमला नदीको पुल पुनः निर्माणको लागि प्राविधिक टोली कमला नदी पुगेका छन् ।गत फागुन १५ गते नेपाल सरकारका उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ कमला नदीमा बनेको पुल निरीक्षण गर्दै पुल पुनः निर्माण कार्य दुई साताभित्रै सुरु हुने प्रतिबद्धता जनाए बमोजिम प्राविधिक टोलीले माटो परीक्षणको लागि कमला नदी पुगेका हुन् ।निर्माण सम्पन्न भई उद्घाटन तयारी गरिए पनि उद्घाटन नहुँदै नदीमा आएको बाढीले १७ असार २०७८ मा कमला नदीको पुलको सिराहातर्फबाट दोस्रो र धनुषातर्फको चौथो पाया भासिएको थियो । पुलक

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • २६३ पटक पढिएको
  • डढेलोले वन सखाप निभाउने जनशक्ति अभाव

    सर्लाही, फागुन २२ गते । सर्लाहीका विभिन्न साझेदारी तथा सामुदायिक र सागरनाथ वन विकास परियोजनाअन्तर्गतका जङ्गलमा लागेको डढेलो नियन्त्रणमा बेवास्ता गरिएको छ। यहाँका वन क्षेत्रमा निरन्तर डढेलो लागेर रुख, बिरुवा सखाप भए पनि नियन्त्रणका लागि सरोकारवाला निकायले चासो देखाएका छैनन्। जिल्लाको ईश्वरपुरस्थित फूलजोरबाबा साझेदारी वनको आधाजसो क्षेत्रमा डढेलो लागिसकेको घारिबथान क्षेत्रका स्थानीयले बताएका छन्। वन क्षेत्रको ठाउँ–ठाउँमै आगोले स–साना रुख, बिरुवा जलेर नष्ट भइरहेका हुन्। डढेलो दिनानुदिन फैलिने क्रममा छ। ईश्वरपुर नगरपालिका–१२, स्थित घारिबथान गाउँदेखि दक्षिण पूर्व–पश्चिम राजमार्गस्थित फूलजो

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • १७७ पटक पढिएको
  • कर्मचारीको न्यूनतम तलब ३४ हजार सिफारिस

    काठमाडौँ, फागुन २१ गते । अबदेखि कर्मचारीको तलब वृद्धि गर्दा मर्यादाक्रम नमिलेका पदमा तलब मिलान गरेर मात्र वृद्धि गर्न सुझाव दिइएको छ । उच्चस्तरीय तलब सुविधा आयोगले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष प्रस्तुत गरेको प्रतिवेदनमा यस्तो व्यवस्था गर्न सुझाव दिइएको छ ।निजामती सेवा र निजामती सेवाबाहिरका कतिपय कर्मचारीका पद मर्यादाक्रममा माथि भए पनि तलब भने कम मात्र पाउँदै आएका थिए । त्यस्तै मर्यादाक्रममा तल परेको तर तलब धेरै भएको पदमा तलब वृद्धि गर्दा तलब मिलान गरेर वृद्धि गर्न पनि सुझाव दिइएको छ । आयोगका सदस्य एवं पूर्वसचिव विमल वाग्लेले सरकारले आगामी दिनमा कर्मचारीको तलब वृद्धि

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • २०८ पटक पढिएको
  • धनुषामा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

    जनकपुरधाम,फाल्गुन २१ गते । धनुषामा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।दुर्घटनामा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीय सत्तो साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।उनका अनुसार जनकपुर ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँमा शनिबार राति करिब ९ बजे ज१त ५२४५ नम्बरको ट्याक्टर र ज१०प ६४२९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।दुर्घटनामा सख्त घाइते भएका ठाकुर र साहलाई  उपचारको लागि प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । तर, अस्पतालले उनीहरूलाई  जनकपुरमा चिकित्सकले मृत

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • १३८ पटक पढिएको
  • लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिए कारबाही

    काठमाडौँ, फाल्गुन १७ गते । अब लघुवित्त वित्तीय संस्थाले दिने कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिएमा नियामक निकाय नेपाल राष्ट्र बैङ्कले कारबाही गर्ने भएको छ ।राष्ट्र बैङ्कले मङ्गलबार एक सूचना जारी गर्दै लघुवित्त वित्तीय संस्थाले कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिएमा राष्ट्र बैङ्कमा उजुरी गर्न आग्रह गरेको छ ।राष्ट्र बैङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले जारी गरेको सूचनामा भनिएको छ– “सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक फरक संस्था हुन् । यी संस्थाले दिने सेवा र ब्याजदर फरक हुन्छन् ।”लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • १९८ पटक पढिएको
  • गगनले गरे प्रचण्डको प्रशंसा

    काठमाडौं,फाल्गुन १६ गते। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन व्युँताउनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।प्रधानमन्त्री मात्रै बन्ने लोभ र लालसा भएको भए एमालेसँगैको गठबन्धनमा पनि प्रचण्डलाई उक्त अवसर रहेको उनले उल्लेख गरे । ‘प्रधानमन्त्री मात्रै हुने लालसा भएको भए एमालेसँगको गठबन्धन छोड्नै पर्ने थिएन,’ थापाले काठमाडौं–४ मा आयोजित कार्यक्रममा मंगलबार भने, ‘यो गठबन्धनमा आउँदा माओवादीले धेरै कुरा पाएको होइन नि ।’एमालेसँग गठबन्धन हुँदा उपराष्ट्रपति माओवादीले पाउने सहमति बनेको थियो । आठ दलीय गठबन्धनमा जसपालाई उपराष्ट्रपति पद दिन प्रचण्ड तयार भए

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • १४० पटक पढिएको
  • धार्मिक प्रजातिका रूखहरू लोप हुँदै

    गौर, फागुन १६ गते । धार्मिक रूपमा पूजा गरिने प्रजातिका रूखहरू लोप हुँदै गएको छ । पीपल, बर, पाकडलगायतका रुख दाउरामा प्रयोग हुन थालेपछि गाउँघरबाट हराउन थालेका छन्  ।गाउँघरमा सार्वजनिक तथा निजी जग्गामा रहेका पाकड, पीपल, बर लगायतका रुख खरिद गरी इँटा उत्पादन तथा अन्य प्रयोजनमा प्रयोग गर्न थालेपछि धार्मिक आस्थाको प्रतीक मानेर पूजापाठ, हवनदेखि औषधि निर्माणमा प्रयोग हुनेलगायतका धार्मिक अनुष्ठानमा प्रयोग हुने यी रूखहरू लोप हुँदै गएको छ । पीपलको रुखमा प्रत्येक शनिवारको दिन जल चढाउनाले शनिग्रहबाट ग्रसित मानवको दुःख, कष्ट समाप्त हुनुको साथै सुखमय जिन्दगी तथा धन आयु प्राप्त हुने पुरोहित मङ्गल मिश

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • १७२ पटक पढिएको
  • हुलाकी सडकको काम सुस्त

    सर्लाही, फागुन १४ गते । ठेकेदारले अनेक बहानाबाजी गर्दा सर्लाहीमा पूर्व–पश्चिम हुलाकी सडकको निर्माण ठप्पजस्तै बनेको छ। सडकको काम अलपत्र छाडिँदा हावाहुरीको मौसममा स्थानीय बासिन्दा र यात्रु धुलोको मार खेप्न बाध्य भइरहेका छन्। सर्लाहीखण्डको ४२ किलोमिटर हुलाकी सडक पाँच वर्षभित्र कालोपत्रे गर्ने गरी २०७३ सालमै तीनवटा प्याकेजमा ठेक्कामा लगाइएको थियो। ठेक्का लागेको छ वर्ष बितिसक्दा पनि सडक कालोपत्रे हुन नसक्दा सर्वसाधारणले हैरानी खेप्नु परेको हो। सडकको केही स्थानमा पहिलो चरणको अलकत्रा हालिए पनि धेरैजसो ठाउँ धुलाम्मे अवस्थामा छ। सडक कालोपत्रे नहुँदा असाध्य सास्ती खेप्नु परेको बलरा नगरपालिका–३

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • १६७ पटक पढिएको
  • आगामी आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्बको बजेट सीमा

    काठमाडौँ, फागुन १४ गते । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि बजेटको सीमा घटाएको छ । आयोगअन्तर्गतको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी तीन वर्षका लागि राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गर्दै नयाँ बजेटको सिलिङ कम गरेको हो । समितिले आव २०८०/८१ को बजेटका लागि १६ खर्ब ८८ अर्ब रुपियाँको सीमा निर्धारण गरेको हो । यो सीमा चालू आर्थिक वर्षको सुरु बजेटको तुलनामा एक खर्ब पाँच अर्ब ४३ करोड रुपियाँले कम हो । चालू आर्थिक वर्षकै लागि आयोगले निर्धारण गरेको खर्च सीमाको तुलनामा भने आगामी आर्थिक वर्षको सीमा ५७ अर्ब रुपियाँले कम हो । चालू आर्थिक वर्षका लागि आयोगले सुरुमा १७ खर्ब

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • १९८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२