सिरहा,बैशाख २७ गते । सिरहाको विभिन्न नाका हुदै प्रहरी प्रशासनकै मिलिभगतमा खुलेयाम तस्करी भई रहको छ ।प्रहरी प्रशासनले सोनो व्यपारी देखी ठुलो व्यपारी सम्म विभिन्न नाकाबाट माल समान पास गराउन मासिक रुपमा तिन हजार देखी १० हजार सम्म एरियामा पर्ने ईलाका प्रहरी चौकीले लिने गरेको नाम नछापने सर्तमा एक व्यपारीले पूर्वाञ्चल एक्सप्रेस अनलाईन न्यूजलाई बताए ।व्यपारीका अनुसार हामीहरु मासिक रुपमा प्रहरी चौकीलाई पैसा दिए पछि उनीहरु जिल्ला प्रदेश सम्म सेटिङ्ग मिलाएको हुन्छ । त्यस कारण हामीहरु सहजै संग दैनिक सुर्तिजन्य सामान,कपडा,कोस्टमेटिक,दाल चिनी ,दुध लगायत दैनिक उपभोग्य साम्रगीहरु लाखौ मुल्य बराबरको पास
सर्लाही, वैशाख १९ गते । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आगलागी भएको छ । आगलागी भएपछि कार्यालयले प्रदान गर्ने सेवा पनि अवरुद्ध भएको छ । मङ्गलबार बिहान विधुत सर्ट भई कार्यालयको नागरिकता प्रतिलिपि फाँटमा आगलागी भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । कार्यालयमा मङ्गलबार बिहान पौने ६ बजेतिर आगलागी भएको हो । आगलागीबाट नागरिकता प्रतिलिपि फाँटमा रहेका दुई थान कम्प्युटर, दुई थान प्रिन्टर र दुई थान स्क्यानरलगायतका सामग्री जलेको कार्यालयले जनाएको छ । दमकलले पानी फाल्ने क्रममा राहदानी फाँटका थप दुई थान कम्प्युटरमा समेत क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी याद
सिरहा,बैशाख १५ गते । धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि केही व्यक्तिले गालीगलौज गर्दै हातपात गरेका छन् ।उनीहरुले प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी भित्रबाट चुकुल लगाएर खानी किन बन्द गरिस तथनाम भन्दै पानीको बोतल प्रहार गरेको कर्मचारीहरुले जानकारी दिएको छ । हातपात गर्न थालेपछि तत्कालै नगर प्रहरी प्रवेश गरी शर्माको समुहलाई बाहिर निकालेको थियो । कुटपिटको विरुद्ध नगरपालिकाका कर्मचारीहरु शान्ति सुरक्षाको माग गर्दै नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प गरेको छ ।नगरपालिकाले वडा–१० स्थित अवैध रुपमा उत्खन्न भइरहेको ग्राभेल खानी बन्द गराएको थियो । त्यही विषयमा निहुँ खोज्दै कमल
काठमाण्डौ,बैशाख १२ गते । हाल पाँच वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था संशोधन गरि १० वर्षमा नवीकरण गर्ने व्यवस्था गरिने भएको छ ।नवीकरणका सन्दर्भमा पाँच वर्षमा छिटो हुने र अलि झण्झटिलो पनि हुने भएकाले यसलाइ १० वर्षमा नवीकरण गर्ने व्यवस्थाका लागि प्रचलित कानुन नै संशोधन गर्न लागिएको हो।पाँच वर्षमा छिटो हुने र अलि झण्झटिलो पनि हुने भएकाले यसलाइ १० वर्षमा नवीकरण गर्ने कुरा कानुनी रुपमै प्रक्रिया अगाडि बढाएका छौं’ मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जनाउनु भयो । ।पाँच वर्षमा नवीकरण
काठमाडौं,चैत्र २८ गते । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो टेप बाहिरिएको विषयमा सांसद् ढाकाकुमार श्रेष्ठसँग पार्टीको अनुशासन समितिले मंगलबार बयान लिएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले बसुन्धारास्थित पार्टी कार्यालयमा श्रेष्ठलाई बोलाएर एक घण्टा सोधपुछ गरेको हो । समितिका एक जना सदस्यका अनुसार, बयानमा उनले सार्वजनिक अडियोमा भएको आवाज आफ्नो नभएको जिकिर गरेका छन् ।‘मलाई नियतवश फसाउन खोजिएको हो’, उनको दाबी उदृत गर्दै समिति स्रोतले भन्यो, ‘अडियो पूरै एडिटेड हो ।’ बयानका क्रममा उनले आफू लामो समयदेखि स्वास्थ्य क्षेत्रसँग जोडिएको भन्दै सुधार गर्नुपर्ने
काठमाडौं,चैत,२८। निजी क्षेत्रमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले अनुसन्धान गर्न पाउने गरी राष्ट्रिय सभाले दुई वटा विधेयक पारित गरेको छ ।राष्ट्रिय सभाबाट पारित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक र भ्रष्टाचार निवारण ९पहिलो संशोधन० विधेयकले अख्तियारको क्षेत्राधिकार विस्तार गरेर बैंक, मेडिकल कलेज र अस्पताल लगायत निजी क्षेत्रमाथि पनि अनुसन्धान गर्न सक्ने बनाएको हो ।प्रचलित ऐनमा ‘सार्वजनिक संस्था’को परिभाषामा ‘नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रण भएको कम्पनी, बैंक वा समिति, आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् वा यस्
काठमाडौँ, चैत २७ गते । सरकारले आन्तरिक ऋणका रूपमा उठाउने नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र वैशाखदेखि अनलाइनबाटै खरिद गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैङ्कसँगको समन्वयमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार गरिरहेको ‘इन्भेस्टर पोर्टल’मार्फत यस्तो बचतपत्र खरिद गर्न सकिने भएको हो । अहिले परीक्षणका रूपमा रहेको उक्त पोर्टल वैशाखदेखि सर्वसाधारणका लागि खुला गरिने कार्यालयका सूचना अधिकारी डिलाराम गिरीले जानकारी दिनुभयो । “अहिले हामी परीक्षणकै क्रममा छौँ,” उहाँले भन्नुभयो, “राष्ट्र बैङ्कले आगामी वैशाखरजेठमा निकाल्ने दुवै किसिमका बचतपत्र अनलाइनबाटै खरिद गर्न सक्ने गरी तयारी गरिरहेका छौ
जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा पीडित शिक्षकहरुले तलबभत्ताको माग गर्दै धर्ना दिएका छन् । केही दिन अगाडी शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादवलाई ज्ञापन पत्र बुझाउँदै ३ दिनको अल्टिमेटम दिएको थियो । विभिन्न समुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले तलबभत्ताको माग गर्दै धर्ना दिएको हो । उनीहरुले शहिदनगर नगरपालिको कार्यालय अगाडी शुक्रबार धर्ना दिएर विरोध जनाएको हो । विद्यालयमा तलब भत्ता गएपनि शिक्षिक शिक्षिकाहरुले तबलभत्ता नपाएको भन्दै जनप्रतिनीधिलाई ध्यानाकर्षण गराएको हो । शिक्षकहरुको तलबभत्ताको लागि आन्दोलनरत शिक्षकहरुले धर्ना दिँदै शिक्षा शाखा प्रमुख विश्वनाथ याद
महोत्तरी, चैत २६ गते । जलेश्वर नगरपालिका वडा नम्बर २ का महादेव पासवान एमबीबीएस अध्ययनमा ‘फुल स्कलरसिप’ ९पूर्ण छात्रवृत्ति० पाए पनि तनावमा देखिनुभएको छ। किताब–कापीलगायतका अन्य सामग्री सापटी मागेर भए पनि मेहनत गरेका कारणले मेडिकल शिक्षाको प्रवेश परीक्षा उत्तीर्ण भएर चिकित्सा शिक्षा अध्ययनको बाटो खुलेको जानकारी दिँदै पासवानले घरको आर्थिक अवस्थाले गर्दा अझै धेरै समस्या बाँकी रहेकाले मानसिक तनावमा रहेको बताउनुभयो।कर्णाली एकेडेमी अफ हेल्थ साइन्स जुम्लामा चैत ३० गतेभित्र भर्ना भइसक्नुपर्ने भए पनि त्यहाँ जाने खर्चसमेत परिवारलाई जुटाउन सकस रहेको बताउँदै पासवानले भन्नुभयो, “पूर्ण छात्रवृत्ति भए पनि किता
जनकपुरधाम, चैत २४ गते । नेपाल रेलवे सेवा आउँदो वैशाखदेखि जनकपुरधामको कुर्थाबाट नै सञ्चालनमा ल्याउने गरी बिहीबार कार्यतालिका सार्वजनिक गरिएको छ। नयाँ वर्ष २०८० वैशाख १ गतेदेखि पहिलो पटक नेपाली भूमिबाट सिधै रेल सेवा सञ्चालन भएर जयनगरसम्म सञ्चालन हुन लागेको हो।अहिले जयनगरबाट गुड्दै आएको रेल जनकपुरधामको कुर्थासम्म आउजाउ गरिरहेको छ। जयनगरदेखि–जनकपुरधामको कुर्थासम्म दैनिक दुई पटक आउजाउ गर्दै आएको रेल सेवाको समय पनि परिवर्तन गरेर कुर्था र जयनगरबाट छुट्टाछुट्टै समयमा सञ्चालन गर्ने तयारी गरिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “नयाँ तालिकाअनुसार रेल स
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.