X Sharama Funecure

राजनीति

    Showing ३३१-३४० of ५०१ items.
  • मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गर्दै प्रजिअमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन

    सप्तरी,माघ १३ गते –  । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सप्तरीबाट ज्ञापन पत्र पठाइएको छ ।मन्त्रीको गृह जिल्ला सप्तरी निवासी रञ्जित कर्णले बिहीबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पठाएका हुन् । यादवले हालै रौतहटमा दिएको अभिव्यक्ति मानव अधिकारको दृष्टिकोणले अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी मान्यताको खिल्ली उडाएको ज्ञापनपत्रमा उल्लेख छ । मन्त्रीको अभिव्यक्तिलाई नेपालको संविधानले अपराधी देख्ने भएको हुँदा तत्काल मन्त्री पदबाट बर्खास्त गर्दै कानुन बमोजिम कार्वाहीको प्रकृया अगाडि

    • प्रकाशित मितिः माघ १३, २०७८
    • १६८ पटक पढिएको
  • डाक्टरको गाडीमा पनि तोडफोड, डाक्टर घाईते

    सिरहा,माघ १२ गते – जनमत पार्टीका कार्यकर्ताहरुले डाक्टरको गाडीमा पनि तोडफोड गरेका छन् ।जलेश्वर अस्पतालका निमित्त प्रमुख डा। सतिश साहको गाडी आन्दोलनकारीले पीडारी चोकमा तोडफोड गरेका हुन् । आन्दोलनकारीले लाठी प्रहार गर्दा डाक्टर साहको टाउँको र मुखमा गम्भीर चोट लागेको छ । उनको मुखमा ८ वटा टाँका लागेको बुझिएको छ ।मेसु प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीबाट बर्दिबास जाँदै गर्दा तोडफोड गरिएको छ । अहिले अहिले पनि जनमतका कार्यकर्ताहरुले आन्दोलन जारी राखेका छन् 

    • प्रकाशित मितिः माघ १२, २०७८
    • २१३ पटक पढिएको
  • स्वदेशमै मल उद्योग खोल्न प्रधानमन्त्रीको आग्रह

    काठमाडौँ, माघ १२ गते –  प्रधानमन्त्री शेरबहादुर देउवाले रासायनिक मल उद्योग खोल्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । नेपालले जहिले पनि रासायनिक मलको समस्या भोग्दैआएको स्मरण गर्नुहुँदै उहाँले रासायनिक मल उद्योग स्थापनाका लागि उद्योगी व्यापारी घरानासँग आग्रह गर्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको छलफलमा उहाँले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र देशको आर्थिक विकास हुने बताउनुभयो । निजी क्षेत्रबीच सहकार्य गरेर नै देशको विकास गर्नुपर्छ भन्ने मान्यतासाथ सरकारले नीति निर्माण गर्ने गरेको र मल उद्योगका सन्दर्भमा पनि सरकारले प्राथमिकता दिने उहाँ

    • प्रकाशित मितिः माघ १२, २०७८
    • १५७ पटक पढिएको
  • मेयर सवार गाडीमा जनमतको आक्रमण, मेयर र उपमेयरलाई चोट

    सिरहा,माघ १२ गते – सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडीमा आक्रमण गरी क्षती पुर्‍याएका छन्। आक्रमणबाट गाडीको सिसा फुटेको छ भने मेयर गणेश प्रसाईंको कन्चटमा चोट लागेको छ। गाडीमा सवार उपमेयर रेनुका पौडेल जोगिएकी छिन्।जनकपुरधाममा जारी राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न आएका उनीहरु सवार गाडीमा राउतका कार्यकर्ताहरुले जनकपुरधाम–४ मा आक्रमण गरेको प्रहरीले जनाएको छ। फट्टा र ढुंगाले गाडीमा प्रहार गरेको जनाइएको छ।जनकपुरधाममा जारी राष्ट्रिय सभा निर्वाचन बिथोल्न सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता बिहानैदेखि प्रदर्शनलाई उग्र बनाएका छन्। प्रदर

    • प्रकाशित मितिः माघ १२, २०७८
    • ३१२ पटक पढिएको
  • राष्ट्रियसभा निर्वाचन : मतदान सुरु

    काठमाडौं,माघ १२ गते –  राष्ट्रिय सभामा रिक्त रहेका १९ सदस्यका लागि बुधबार बिहान ९ बजदेखि मतदान सुरु भएको छ। देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।आगामी फागुन २० गते नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले ती रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो।यसैबिच, राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पहिलो मत खसालेको निर्वाचन कार्यालयले जनाए

    • प्रकाशित मितिः माघ १२, २०७८
    • १७१ पटक पढिएको
  • भारतको ७३ औं गणतन्त्र दिवस स् नेपालका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले दिए शुभकामना

    सिरहा,माघ १२ गते – भारतको ७३ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेका छन्।भारतको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सव भारतमा ‘आजादीको अमृत महोत्सव’का रूपमा मनाइन लागेकामा राष्ट्रपति भण्डारीले बधाई तथा शुभकामना व्यक्त गरेकी छन्।यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज पठाएका सन्देशमा उनको सुस्वास्थ्य र सुखको कामनाका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेका छन्। सन्देशमा प्रधानमन्त्र

    • प्रकाशित मितिः माघ १२, २०७८
    • १६७ पटक पढिएको
  • जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप

    सिरहा,माघ १२ गते –  जनमत पार्टी नेपालका नेता कार्यकर्ताहरुले जनकपुरमा बुधबार बिहानैदेखि विरोध प्रदर्शन गरेका छन् । मधेस प्रदेशका आठै जिल्लाबाट राजधानी जनकपुर आइपुगेका जनमतका कार्यकर्ताहरुले लाठि, भराठासहित नगरक्षेत्रमा रैली प्रर्दशन गर्दै राष्ट्रिय सभाको निर्वाचन भइरहेको स्थान तिरहुतिया गाछितर्फ जान थालेपछि प्रहरीले अवरोध गरेको हो ।  सो अवरोधको क्रममा दुवै पक्षबीच झडप भइरहेको छ भने जनमतका केही कार्यकर्ताहरु घाइते समेत भइसकेको जनमत प्रेस मञ्चका संयोजक बिपि साहले जानकारी गराए । जनमत पार्टीले किसानलाई मलखाद्य उपलब्ध गराउन माग गर्दै पूर्व घोषित कार्यक्रम अनुसार ‘महिला मल दे अनि निर्

    • प्रकाशित मितिः माघ १२, २०७८
    • १८० पटक पढिएको
  • राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा, भोलि बिहान ९ बजेदेखि मतदान

    काठमाडौं,माघ ११ गते –  बुधबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने छ ।आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचनका लागि आवश्यक सबै तयारी लगभग सकिएको बताए । मतदान केन्द्रहरुमा आज बुथ निर्माणको काम जारी रहेको र केही समयमा त्यो काम पनि सकिने उनले बताए । आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचनका लागि आवश्यक सबै तयारी सकिएको बताए । मतदान केन्द्रहरुमा आज बुथ निर्माणको काम जारी रहेको र केही समयमा त्यो काम पनि सकिने उनले बताए ।कहाँ–कहाँ छन् मतदान स्थ

    • प्रकाशित मितिः माघ ११, २०७८
    • १३० पटक पढिएको
  • राष्ट्रिय सभा निर्वाचन: मौन अवधि, आचरण पालना गर्न आयोगको आग्रह

    काठमाण्डौ,माघ ९ गते ।  माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिदेखि लागू हुँदैछ । मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पालना गर्न निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ ।मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन । साथै मतदान केन्द्रको ३ सय मिटर वरिपरी राखिएका निर्वाचन चिह्न, प्रचार सामग्री हटाउनुपर्दछ । एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमबाट पनि निर्वाचन प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।मौन अवधिमा उम्मेदवार वा कुनै राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा

    • प्रकाशित मितिः माघ ९, २०७८
    • १०४ पटक पढिएको
  • मन्त्री यादवको अभिव्यक्तिलाई लिएर कडा आलोचना

    सिरहा,माघ ९ गते । भौतिक पूर्वाधारमन्त्री रेणु यादवको अभिव्यक्तिलाई लिएर  पर्टी भित्रै आलोचना गरेका छन् जन्ता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुरामम भटराई र उनि निकट नेताले यादवको अभिव्यक्तिको कडा आलोचना गरेको हो ।पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरु भने यसबारेमा केही नबोलि रेणु यादवको बचाउ गरेका छन् ।समाजिक संजालमा भटराईले रेणु यादवको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् ।भटराई निकट नेताहरुले यो विषयलाई जोडतोडले उठाउदै यस्ता अभिव्यक्तिलाई पार्टीले बचाउ गर्न नस्कने बताएका छन् ।भट्टराईनिकट तथा जसपाका कार्यकारिणी समितिमा सदस्य गंगानारायण श्रेष्ठले रेणु यादवको अभिव्यक्ति

    • प्रकाशित मितिः माघ ९, २०७८
    • १४७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२