सिरहा,माघ १२ गते – सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडीमा आक्रमण गरी क्षती पुर्याएका छन्। आक्रमणबाट गाडीको सिसा फुटेको छ भने मेयर गणेश प्रसाईंको कन्चटमा चोट लागेको छ। गाडीमा सवार उपमेयर रेनुका पौडेल जोगिएकी छिन्।
जनकपुरधाममा जारी राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न आएका उनीहरु सवार गाडीमा राउतका कार्यकर्ताहरुले जनकपुरधाम–४ मा आक्रमण गरेको प्रहरीले जनाएको छ। फट्टा र ढुंगाले गाडीमा प्रहार गरेको जनाइएको छ।
जनकपुरधाममा जारी राष्ट्रिय सभा निर्वाचन बिथोल्न सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता बिहानैदेखि प्रदर्शनलाई उग्र बनाएका छन्। प्रदर्शनकारीले निर्वाचनमा मदान गर्न गाउने जनप्रतिनिधिलाई घेराउ गरी मल माग्ने नीति अनुसार प्रदर्शन कार्यक्रम अघि बढाएका छन्




















