सिरहा,फागुन ६ गते – सप्तरीको सप्तकोशी नगरपालिकामा तालाबन्दी गरिएको छ ।नगरपालिकामा आर्थिक अनियमितता भएको र आय–व्यय सार्वजनिक गर्न नगरप्रमुखले आलटाल गरेको भन्दै चारदलीय संर्घष समितिले विहीबार तालाबन्दी गरेको हो । संघर्ष समितिले अनियमितताको छानबिन हुनु पर्ने माग अघि सारेका छन् । संघर्ष समितिका संयोजक समेत रहेका नेपाली कांग्रेस नगर समितिका सभापति युवराज खनालले नगरपालिकामा भएको आर्थिक कारोवार र कर्मचारी नियुक्ति प्रक्रियाबारे सम्पूर्ण विवरण माग गर्दै पटक पटक ज्ञापन पत्र बुझाउँदा पनि नगर प्रमुख उत्तम गौतमले आलटाल गर्दै आएकोले बाध्य भइ तालाबन्दी गर्नुृ परेको बताए । संघर्ष समितिद्वारा पछिल्लो पटक माघ
काठमाडौं, फाल्गुन ५ गते। नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १५ गते हुने भएको छ। बिहीबार बसेको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समिति बैठकले फागुन १३ गतेका लागि तोकिएको निर्वाचन दुई दिन पछाडि सारेको हो।काँग्रेस निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार पार्टी नेतृत्वको अनुरोध अनुसार जिल्ला अधिवेशनको मिति दुई दिन सारिएको हो।काँग्रेसले यसअघि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँकै, अछाम र कैलालीको निर्वाचन फागुन १३ गते गर्ने निर्णय गरेको थियो।
काठमाडौँ, फागुन ५ गते – अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा साझा धारणा बनाउन बिहीबार सत्ता गठबन्धन दलहरूको बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भेटवार्ता भएपछि सत्ता गठबन्धनमा सहभागी दलहरूको बैठक बिहीबारका लागि डाकिएको हो । अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार, संसद् अवरुद्ध भइरहेको बेला एमसीसी टेबल गर्ने कुरा तत्काल सान्दर्भिक नभएकाले सत्तारूढ दलको बैठक डाक्न अध्यक्ष दाहालले राख्नुभएको प्रस्तावमा प्रधानमन्त्री देउवा सहमत भएपछि बैठक बोलाइएको हो ।
सिरहा,फागुन ५ गते – जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जातीय विभेद अन्त्य नभए सम्म मुलुकमा समृद्धि र विकास हुन नसक्ने बताएका छन् ।सन्त शिरोमणी रविदासजी महराजजीको ६४५औं जन्म जयन्तीको अवसरमा बुधबार जनकपुरधाम उपमहानगरपालिका– २४मा आयोजित समारोहमा बोल्दै उनले भने,‘यहाँ व्याप्त जातीय भेदभाव ,छुवाछुत लगायतको विभेदहरुको अन्त्य नभए सम्म प्रदेश मात्र नभइ समग्र मुलुककै विकास सम्भव छैन ।’ ऐतिहासिक मधेश विद्रोहबाट प्राप्त मधेशी ,दलित उत्पीडित वर्गको लागि आरक्षणले मुलुकमा परिवर्तन हुँदै गएको अनुभूति गराए पनि जातीय विभेद भने कायमै रहेको उनले बताए । तर आन्दोलनबाट प्राप्त उपलब्धिका
सिरहा,फाल्गुन ५ गते । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि दल दर्ता खुला भएको छ ।निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि आजदेखि दल दर्ता गर्न आह्वान गरेको हो ।आयोगले जारी गरेको सूचना अनुसार आजदेखि यही फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिनेछ ।दल दर्ताका लागि सार्वजनिक बिदाका दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ ।पेस गर्नु पर्ने कागजातहरू दल दर्ताका लागि निवेदन दिंदा दलको विधान, घोषणापत्र, नियमावली, झण्डा र चिह्नको नमूना, कम्तीमा २१ सदस्य केन्द्रीय समितिको व्यवस्था तथा अघिल्लो वर्षको लेखापरीक्षण प्रतिवेदनलगायत कागजात त
पेरिस, फागुन ३ गते । दक्षिणी फ्रान्सेली विभाग पाइरेनिस–ओरिएन्टलेसको एक भवनमा आगलागी हुँदा सात जनाको मृत्यु भएको फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले सोमबार बताएका छन् ।फ्रान्स ब्लु ब्रोडकास्टरका अनुसार घटना सोमबार बिहान भएको हो ।आगो भुइँतलामा रहेको एउटा किराना पसलमा फैलिएको र नजिकैका भवनहरूमा फैलिदा कम्तिमा ११ अपार्टमेन्टहरूलाई असर गरेको थियो ।आगलागीमा परी करिब ३० जना घाइते भएको बताइएको छ । मन्त्रीका अनुसार घटनाबारे अनुसन्धान थालिएको छ ।
जनकपुर, फागुन ३ गते । मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मङ्गलवार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले फागुन १० गते मङ्गलबार दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो । आइतबार बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारण देखाउँदै स्थगन गरिएको थियो ।प्रदेशसभा बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवलायले जनाएको छ । गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो सङ्कल्प प्रस्ताव पेश गर्नुभएको थियो ।सो बैठकमा प्रदेशसभा सदस्य ज्ञानेन्द्रकुमार यादव
काठमाडौं, फागुन ३ गते। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० का पक्षमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर संसद्बाट अनुमोदन हुने विश्वास व्यक्त गर्नुभएको छ।काँग्रेस संसदीय दलको बैठकमा बोल्दै उहाँले यस्तो विश्वास व्यक्त गर्नुभएको हो। उहाँले कांग्रेससँगै सबै दलको सहयोगमा एमसिसी अनुमोदन हुने विश्वास व्यक्त गर्नुभएको काँग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो।एमसीसीसम्बन्धी प्रस्ताव तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषदबाट पारित गरेर २०७६ सा
काठमाडौं,फागुन ३ गते – नेपाली कांग्रेस संसदीय दलको बैठकले एमसीसी पारित गर्नुपर्ने निर्णय गरेको छ। मंगलबार बिहान संघीय संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले एमसीसी संसदमा टेबल गरेर पारित गर्ने निर्णय गरेको हो। बैठकले एमसीसी सम्झौता संसद् बैठकमा टेबुल गर्न सरकारलाई आग्रह गर्ने र एमसीसीको सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको हो। बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले ओली सरकारको नेतृत्व रहँदा पनि एमसीसी संसदमा टेबल गर्नुपर्ने धारणा राखेको स्मरण गराए। उनले भने, ‘संसद एमसीसी सदनमा प्रस्तुत गरेपछि एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पनि एमसीसीको पक्षमा आउँछ भन्ने कुराको बैठ
काठमाडौं, फागुन ३ गते – नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतले भोलिको संसद् बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पेश हुनसक्ने जानकारी दिनुभयो ।काँग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले यो अधिवेशनमा भोलि नै पेश हुने सम्भावना रहेको जानकारी दिनुभयो ।‘भोलिदेखि संसद् बैठक सुरु हुन्छ । संसद् बैठकमा एमसीसी भोलि नै पेश हुन्छ कि पर्सि पेश हुन्छ,’ उहाँले भन्नुभयो, ‘यो अधिवेशनमा भोलि नै पेश हुने सम्भावना छ ।’ नेता महतले एमसीसी नेपालको हितमा रहेको जानकारी दिनुभयो । ‘अहिलेसम्म धेरै देशहरुमा एमसीसी चलिरहेको छ । ती देशहरुमा न अमेरिकी सेना पुगेका छन्
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.