X Sharama Funecure

राजनीति

    Showing १८१-१९० of ५०१ items.
  • भारत भ्रमण सकारात्मक र महत्त्वपूर्ण

    काठमाडौँ, चैत २१ गते । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण दुई देशबीच अल्झिएका थुप्रै विषयलाई समाधान गर्न राजनीतिक तथा कूटनीतिक तहमा सकारात्मक वातावरण तयार गर्न सार्थक बनेको प्रतिक्रिया विज्ञहरूले दिनुभएको छ । भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले लामो अन्तरालपछि नेपालका प्रधानमन्त्रीको भारतको औपचारिक भ्रमण भएकाले यसको महìव भएको बताउँदै भन्नुभयो, “दुई देशबीच केही समस्या थिए, त्यसको पृष्ठभूमिमा भएको भ्रमणलाई सकारात्मक र महìवपूर्ण रूपमा हेरिनुपर्छ । यो सम्बन्धको सुरुवात हो ।”विशेषगरी कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्ध

    • प्रकाशित मितिः चैत २१, २०७८
    • २३७ पटक पढिएको
  • मतदाता शिक्षा निर्देशिका स्वीकृत

    सिरहा,चैत २१ गते । निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत गरेको छ । सोमवार आयोगमा भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले स्थानीय तह निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको बताएका हुन् ।उनका अनुसार आयोगले निर्वाचन तालिम व्यवस्थापन तथा सञ्चालन निर्देशिका २०७८, मतदान निर्देशिका २०७८ र मतगणना निर्देशिका २०७८ आयोगबाट स्वीकृत गरी

    • प्रकाशित मितिः चैत २१, २०७८
    • १६६ पटक पढिएको
  • श्रीलंकाका मन्त्रीहरूले दिए सामूहिक राजीनामा

    काठमाडौं,चैत २१ गते। आर्थिक संकटबाट जुधिरहेको बेला श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री महिन्दा राजापक्षे र राष्ट्रपति गोटाबाया राजापाक्षे दाजुभाइ हुन् ।चरम आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरुको आक्रोश बढ्दो छ । सरकारविरुद्ध सडकमा प्रदर्शन हुन थालेपछि र लुटपाटका घटना बढेपछि देशभर कर्फ्यु लगाइएको छ । सो कर्फ्युकोसमेत उल्लंघन गर्दै श्रीलंकाका नागरिकहरु प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शन रोक्ने प्रयासमा सडकमा सेना परिचालन गरिएको छ ।कर्फ्यु उल्लंघन

    • प्रकाशित मितिः चैत २१, २०७८
    • १४७ पटक पढिएको
  • मतपत्र छपाई सुरु

    काठमाडौं,चैत १८ गते ।  जनक शिक्षा लिमिटेडले हिजो बिहीबार मतपत्र छपाई शुरू गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरू ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सचिव गोकर्णमणि दुवाडी र प्रवक्ता शालिग्राम शर्मा पौडेल र केन्द्रमा तैनाथ प्रमुख सेनानीसहितको टोलीले छापाखाना अवलोकन गरेलगत्ते छपाई शुरू भएको हो।केन्द्रको मेसिन अवलोकन गर्न सानोठिमी पुगेका प्रमुख आयुक्त थपलियाले तोकेको समयमै काम सम्पन्न गर्न निर्देशन दिएका थिए । उनले सम्भौताअनुसार काम सम्पन्न गर्न निर्देशन दिदै केन्द्रको क्षमता देखाउन आग्रह गर्नुभएको थियो। त्यस क्रममा केन्द्रका महाप्रबन्धक अनिलकुमार

    • प्रकाशित मितिः चैत १८, २०७८
    • १५८ पटक पढिएको
  • प्रधानमन्त्री आज भारत जाँदै, यस्तो छ भ्रमण तालिका

    सिरहा,चैत १८ गते । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी भारत जान लागेका हुन् । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ भने सोही एयरलाइन्सबाट यही चैत २० गते साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । देउवा स्थानीय समयानुसार शुक्रबार दिउँसो २ः५० बजे भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् । शुक्रबार दिउँसो ४ः३० बजे भारतीय विदेशमन्त्री एस। जयशंकरले

    • प्रकाशित मितिः चैत १८, २०७८
    • १६५ पटक पढिएको
  • स्थानीय तह निर्वाचनमा साढे २ लाख बढी सुरक्षाकर्मी परिचालन हुँदै

    काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न सुरक्षा निकायका २ लाख ५० हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।सरकारले स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा योजना बनाएपछि हाल सुरक्षा निकायबाट खटनपटनका लागि आवश्यक तयारी भइरहेको हो । स्थानीय तह निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी खटाइँदै छ । यसैगरी म्यादी प्रहरी पनि भर्ना गरेर खटाइँदै छ ।प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार नेपाल प्रहरीबाट ६२ हजार बढी प्रहरी खटाइँदै छ । यस्तै, म्यादी प्रहरी १ लाख खट्नेछन् । सशस्त्र प्रहरीबाट ३२ हजार, सेनाबाट ७० हजार सुरक्षाक

    • प्रकाशित मितिः चैत १६, २०७८
    • १३८ पटक पढिएको
  • तुलसीपुरमा एमाले परित्याग गरी माओवादीमा प्रवेश

    सिरहा,चैत १२ गते । सिरहाको औरही गाँउपालिका तुलसियाहीमा एमाले पार्टी परित्याग गरी ६० भन्दा बढी कार्यर्कता माऔवादी केन्द्रमा प्रवेश गरेको छ ।औरही  गाँउपालिकाको वडा नं. २ तुलसिपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले पार्टीको पूर्व तुलसीपुर गा.वि.स.को अध्यक्ष प्रमोद यादबको छोरा निरोज कुमार यादब,खुशिलाल यादब,रुपेश यादब,लालु यादब।मुकोश यादब,जितेन्द्र यादब,राम कुमार मण्डल सहित ६५ जना बढी कार्यकर्ता पार्टी प्रवेश गरेका छन् ।उक्त कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सांसद सुरेश कुमार यादबको अतिथ्यमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै भन्ने माओवादी केन्द्रमा पार्टी प्रवेशको लहर नै चलेको छ ।

    • प्रकाशित मितिः चैत १२, २०७८
    • ८५२ पटक पढिएको
  • चुनावमा वामपन्थी पार्टीमा माओवादी पहिलो हुन्छ : मन्त्री पौडेल

    काठमाण्डौ,चैत ११ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनमा माओवादी वामपन्थी शक्तिमा पहिलो पाटी हुने दावी गरेका छन् । नेकपा माओवादी केन्द्र ढोरपाटन, निसी र तमानखोलाले शुक्रबार आयोजना गरेको राजनीतिक एवम् वैचारिक प्रशिक्षणमा मन्त्री पौडेलले आगामी निर्वाचनमा वामपन्थी शक्तिमा माओवादी पहिलो हुने दावी गरेका हुन् । उनले त्याग, तपस्या र जनताका लागि दुःख गरेको पार्टी  माओवादी भएकाले प्रतिक्रियावादीहरुले भ्रम फैलाइरहेको आरोप लगाए ।  । “माओवादी पार्टी अब चुनाव नजित्ने ठाउँमा पुगेको भन्ने प्रचार भइरहेको” मन्त्री पौडेलले भने,  “देशी विदेशी शक्तिले च

    • प्रकाशित मितिः चैत ११, २०७८
    • १४५ पटक पढिएको
  • कांग्रेस केन्द्रीय कार्यालयमा देउवा विरुद्ध प्रदर्शन

    काठमाडौं,चैत ११ गते  । नेपाल बिद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्ती प्रति असन्तुष्ट पक्षधरले का‌ग्रेक केन्द्रिय कार्यालय सानेपामा प्रदर्शन गरेका छन । प्ले कार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।केन्द्रीय समितिको बैठक सुरु हुनु अघिदेखी सानेपास्थित केन्द्रिय कार्यालयमा नारावाजीसहित प्रदर्शन भएको हो । गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गरेका हुन् ।

    • प्रकाशित मितिः चैत ११, २०७८
    • १३४ पटक पढिएको
  • मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    काठमाडौं,चैत ८ गते । स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।जनप्रतिनिधिले पदमा वहाल रहेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा  ग्याल्जेन शेर्पाले निर्वाचन आयोगलगायतका निकायलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दिएका थिए ।सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आचारसंहिताको सो व्यवस्था तत्काल कार्यान्वन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।सर्व

    • प्रकाशित मितिः चैत ८, २०७८
    • १६२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२