X Sharama Funecure

राजनीति

    Showing १६१-१७० of ५०१ items.
  • गठबन्धनको टुङ्गो भोलिसम्म लाग्छ ः प्रचण्ड

    काठमाडौं,बैशाख ३ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताएका छन्। भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए।उनले भने, “आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ।” निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै उनले दल सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताए। पत्रकारको प्रश्नमा उनले भरतपुर महानगरका विषयमा छलफल भइरहेको जानकारी दिए।उनले भने, “केही समस्या हुँदैन सबै

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • १४८ पटक पढिएको
  • घरदैलो अभियान सञ्चालन नहुने

    काठमाडौँ, वैशाख ३ गते  । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ सँग सम्बन्धित मतदाता शिक्षा कार्यक्रममा घरदैलो अभियान सञ्चालन नगर्ने भएको छ । आयोगले बदलिँदो परिवेशबमोजिम समयसापेक्ष प्रविधिमा आधारित मतदाता शिक्षा सञ्चालनलाई प्राथमिकतामा राखेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भन्नुभयो, “समयसापेक्ष प्रविधिमा आधारित रहेर सबै मतदातामा निर्वाचन शिक्षा पुुग्ने गरी कार्यक्रम सञ्चालन हुने छन् ।” मतदानका लागि अब एक महिना पनि बाँकी नहुँदा मतदाता शिक्षा भने सञ्चालन हुन सकेको छैन । अडियो–भिडियो सामग्री रेडियो, टीभी,अनलाइन र सामाजिक सञ्जालमा राखेर  मतदातालाई शिक्षित बनाउने क

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • १६४ पटक पढिएको
  • मृत्यु भइसकेका गाउँपालिका अध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं,बैशाख २  गते । अख्तियार दुरूयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका जनप्रतिनिधिविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउपाँलिकाका स्वर्गीय अध्यक्ष नवलसिंह रावल, उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष पूजादेवी बुढा मगर, वडाअध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत लगायतविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको हो ।अख्तियारले जनप्रतिनिधिहरूसहित १४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । कैलाली भएर बग्ने पथ्थरगढ, सेतो, सालघारी, गोडे, खण्डे, बादे, साउडे र कान्द्रा खोलाको नदीजन्य पदार्थको विक्रीकर संकलनमा भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।मोहन्याल गाउँपालिकाका

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • १४१ पटक पढिएको
  • काठमाडौंमा कति छ माओवादी केन्द्रको शक्ति ?

    काठमाण्डौं,बैशाख २ गते । नेकपा माओवादी केन्द्र काठमाडौं जिल्लामा पार्टी संगठन नेपाली काँग्रेस र नेकपा एमालेभन्दा निकै मत अन्तरले माओवादी तेस्रो स्थानमा छ । २०६४ सालको संविधानासभा निर्वाचनमा १० निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्र जितेको माओवादी दोस्रो संविधानसभा निर्वाचन २०७० र २०७४ सालको निर्वाचनमा शून्य भयो । २०७४ मै सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये माओवादीले एक सीट समेत जित्न सकेन तर, स्थानीय तहका वडा कमिटीमा भने सानो संख्यामा जितेको थियो ।आसन्न निर्वाचनमा काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तहमध्ये शंकरापुर नगरपालिकामा एकल रुपमा जित्नेगरी लागिपरेको पार्टी के

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • १३१ पटक पढिएको
  • माग सम्बोधन गर्न सरकार सकारात्मक छ :गृहमन्त्री खाण

    काठमाडौं, वैशाख २ गते । नेपाल सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भेटवार्ता भएको छ ।शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्तामा राउत नेतृत्वको संगठनसँग वि।सं। २०७१ असोज १५ गते र २०७५ फागुन २४ गते भएका सहमति कार्यान्वयनबारे छलफल भएको हो ।वार्तामा सरकारी टोलीको नेतृत्व गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीको नेतृत्व अध्यक्ष राउतले गर्नुभएको थियो ।वार्तामा सरकारका तर्फबाट गृहमन्त्री खाणसहित महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे र सहसचिव फणिन्द्रमणि पोखरेल सहभागी हुनुहुन्थ्यो ।त्यस्तै, जनमत पार्टीका तर्फबाट अध्यक्ष राउतसहित उपाध्यक्षत्रय बसन्त कुशवाह, दिपक साह र नरेन्द्र

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • १२३ पटक पढिएको
  • निर्वाचनमा सहभागी हुन हामी सकारात्मक छौं : प्रकाण्ड

    काठमाडौं, वैशाख २ गते । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ ।शुक्रबार गृह मन्त्रालयमा भएको भेटमा नेता प्रकाण्डले स्थानीय तह निर्वाचनमा सहभागी हुन आफूहरू सकारात्मक रहेको बताउनुभएको थियो ।निर्वाचनमा सहभागिताका लागि नेकपाले विभिन्न आरोपमा जेलमा रहेका पार्टीका नेता कार्यकर्ता रिहाइ गर्नुपर्ने र लगाइएका मुद्दा फिर्ता लिनुपर्ने माग राखिरहेको जानकारी गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले दिनुभयो ।यही विषयमा पटक–पटक भएका वार्ता सकारात्मक रहेकाले सहमतिको अन्तिम चरणमा पुगेको दुवै पक्षले बताएका छन् ।सरका

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • १४६ पटक पढिएको
  • माओवादी र कम्युनिष्ट शक्तिबीच एकताको आवश्यकता :प्रचण्ड

    काठमाण्डौं,बैशाख १ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्ट शक्तिबीच ध्रुवीकरणको आवश्यकता औँल्याएका छन् । खुमलटारमा आज आयोजित माओवादी ध्रुवीकरण र एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी क्रान्तिका लागि अघि बढ्ने परिवर्तन शक्ति बीच एकजुट हुन आग्रह गरे ।प्रतिक्रियावादी शक्तिले जनयुद्धकालमा समेत माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिध्याउने रणनीति लिएको उल्लेख गर्दै उनले अहिले पनि प्रतिक्रियावादी शक्तिहरु त्यही रणनीतिअन्तर्गत माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको बताए । पार्टीमा अन्त

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • १५६ पटक पढिएको
  • छोरी बलात्कार आरोपमा बुवा पक्राउ

    पाँचथर,बैशाख १ गते । आफ्नै छोरी बलात्कार आरोपमा एक एकजनालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ।फिदिम नगरपालिका ५ का ४३ वर्षीय एक पुरुष १२ वर्षीया छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।घरमा कोही नभएको बेला उनले छोरीलाई करणी गरेको बालिकाकी आमालाई उद्धरित गर्दै प्रहरीले जनाएको छ । आमाले प्रहरीमा दिएको उजुरीका आधारमा पक्राउ गरेको बताइएको छ। घटनाबारे थप अनुसन्धान सुरु गरिएको पाँचथर प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • १२५ पटक पढिएको
  • राष्ट्रपतिबाट निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

    काठमाडौं, चैत ३० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ । राष्ट्रपति नेपाली सेनाको परमाधिपतिसमेत हुनुहुन्छ ।‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न नेपाली सेना परिचालन गरिएको हो ।सुरक्षा योजनामा नेपाल प्रहरीको मातहत म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षा घेरा रहने छ । स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालनको स्वीकृति प्रदान गरिएको जानकारी

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • १३१ पटक पढिएको
  • नियमन र कारबाहीको सिफारिस गर्न कार्यदल

    काठमाडौँ, चैत २८ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि सामाजिक सञ्जालको गतिविधि नियमन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन गरेको छ । आयोग पदाधिकारीको बैठकले ‘डिजिटल मिडिया तथा सामाजिक सञ्जाल अनुगमन कार्यदल’ गठन गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आचारसंहिता लागू भएको मितिदेखि निर्वाचनको अन्तिम मत परिणाम आउँदासम्म कार्यदल सक्रिय रहनेछ ।उहाँले कार्यदललाई सामाजिक सञ्जालमा मतदाता शिक्षा सञ्चालन गर्ने, अनुुगमन गर्ने, कारबाहीका लागि सिफारिस गर्ने अधिकार दिइएको बताउनुभयो । सात सदस्यीय कार्यदलको अगुवाइ आयोगको सूचना प्रविधि शाखाका प्रमुखले गर्नुहुनेछ । चार जना

    • प्रकाशित मितिः चैत २८, २०७८
    • १९० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२