पाँचथर,बैशाख १ गते । आफ्नै छोरी बलात्कार आरोपमा एक एकजनालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ।

फिदिम नगरपालिका ५ का ४३ वर्षीय एक पुरुष १२ वर्षीया छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

घरमा कोही नभएको बेला उनले छोरीलाई करणी गरेको बालिकाकी आमालाई उद्धरित गर्दै प्रहरीले जनाएको छ । आमाले प्रहरीमा दिएको उजुरीका आधारमा पक्राउ गरेको बताइएको छ। घटनाबारे थप अनुसन्धान सुरु गरिएको पाँचथर प्रहरीले जनाएको छ।