जनकपुर,पुस १३ गते। धनुषामा रेलले किचेर एक जना पुरूषको मृत्यु भएको छ।जयनगरबाट–जनकपुर आउँदै गरेको रेलले किचेर दुर्घटना भएको प्रहरीले जनाएको छ। विदेह नगरपालिका–९ स्थित वैदेही स्टेशनमा नगराइन नगरपालिका–२ बस्ने ३५ वर्षीय पुरन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले जानकारी दिए। उनका अनुसार चलिसकेको रेल चढ्न खोज्दा दुर्घटना भएको हो।‘रेल चलिसकेपछि दौडेर चढ्न गए। हातले ढोका समाते तर थेग्न नसकेपछि लडेर घटनास्थलमै उनको मृत्यु भयो,’ उनले भने।
सर्लाही, पुस १३ गते । सर्लाहीसहित तराईका जिल्लाको न्यूनतम तापक्रम बुधबार यो वर्षकै कम मापन गरिएको छ । बुधबार बिहान ७ बजेको मापन अनुसार सर्लाहीको तापक्रम नौ डिग्री सेल्सियसमा झरेको हो । अघिल्ला दिनहरुमा जिल्लाको न्यूनतम तापक्रम ११र१२ डिग्री सेल्सियसको हाराहारीमा हुन्थ्यो । सर्लाहीमा बुधबार दिनभर बाक्लो हुस्सु लागेर शित झरेका कारण जिल्लावासीले अत्यधिक चिसो महसुस गरे । कठ्याङग्रिँदो चिसोले अतिविपन्न, दलित, मजदुर, किसान प्रभावित बनेका छन् ।विद्यालय जानुपर्ने विद्यार्थी पनि प्रभावित भएका छन् ।शरीरमा लगाउने न्यानो कपडा र राति सुत्दाका लागि ताता ओढनेओछ्याउने नभएका डोम, चमार, मुसहरजस्ता अति पिछडि
सप्तरी, पुस १३ गते । सप्तरी जिल्लामा गए राति आगलागी हुँदा वृद्ध बुबाको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन् ।घुरबाट सल्केको आगोले भैँसी गोठमा सुतेका बोदे बर्साइन नगरपालिका–४ सिल्हटका ८० वर्षीय मुक्ति राउत ९पाल०को मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिनुभएको छ ।हजुरबुबालाई जोगाउन गएका राउतकै नाति २५ वर्षीय धर्मदेव आगलागीमा परेर घाइते भएका छन् । प्रहरीका अनुसार गोठमा रहेको एउटा राँगा र एउटा भैंसी जलेर मरेका छन् । यसैगरी दुई भैँसी आगोमा जलेर घाइते भएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । मृतक राउतको शव परीक्षणका लागि राजविराजस्थित अस्
काठमाडौं, पुस १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ ।एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुग्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै पुग्नुभएको हो । अहिले उहाँहरुबीच छलफल भइरहेको छ ।यसअघि बुधबार बिहान नै प्रधानमन्त्री प्रचण्डले नेकपा ९एकीकृत समाजवादी० पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्नुभएको थियो ।
काठमाण्डौ,पुस १३ गते ।जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।बस्नेतका अनुसार निर्वाचन समितिले यादव निर्विरोध घोषणा गर्न भने बाँकी नै छ ।एक समूहले अशोक राई वरिष्ठ नेता भएको र उनी नै संसदीय दलको नेता हुनु पर्ने बताउँदै आए पनि उनी उम्मेदवार नै बनेनन् ।अनलाईन खवर बाट
काठमाडौँ, पुस १३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ । जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टी विधानअनुसार संसदीय दलको निर्वाचनका लागि बुधबारका लागि चुनावी कार्यतालिका सार्वजनिक गरिएको हो । जसपाले यसअघि नै नेता मिथिलेशकुमार सिंहको संयोजकत्वमा अर्जुन थापा र दीपेन्द्र झा सदस्य रहनुभएको निर्वाचन समिति गठन गरिसकेको छ । जसपा संसदीय दलको नेतामा नेता अशोक राई र राजकिशोर यादवसँगै केही कार्यकारिणी सदस्यले दाबी गर्दै आउनुभएको छ । बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ताको समय दिइएको छ । त्यसअघि नै नेता राईको नाममा सहमति हुने सम
सर्लाही, पुस १३ गते । सर्लाहीसहित तराईका जिल्लाको न्यूनतम तापक्रम बुधबार यो वर्षकै कम मापन गरिएको छ । बुधबार बिहान ७ बजेको मापन अनुसार सर्लाहीको तापक्रम नौ डिग्री सेल्सियसमा झरेको हो । अघिल्ला दिनहरुमा जिल्लाको न्यूनतम तापक्रम ११ र १२ डिग्री सेल्सीयसको हाराहारीमा हुन्थ्यो । सर्लाहीमा बुधबार दिनभर बाक्लो हुस्सु लागेर शित झरेका कारण जिल्लावासीले अत्यधिक चिसो महशुस गरे । कठ्याङग्रिदो चिसोले अतिविपन्न, दलित, मजदुर, किसान प्रभावित बनेका छन् ।विद्यालय जानुपर्ने विद्यार्थी पनि प्रभावित भएका छन् ।शरीरमा लगाउने न्यानो कपडा र राति सुत्दाका लागि ताता ओढनओछ्याउने नभएका डोम, चमार, मुसहरजस्ता अतिपिछडिए
काठमाण्डौ,पुस १३ गते । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ । तीनजना दलको नेताको दाबी नछाडेपछि निर्वाचन हुन लागेको हो । दलको नेताको लागि प्रदेश सभापतिसमेत रहेका नवनिर्वाचित प्रदेश सांसद कृष्णप्रसाद यादव, निवर्तमान संसदीय दलका नेता रामसरोज यादव र जनार्दन क्षेत्री दाबेदार छन् ।दलको नेता चयन गर्न कांग्रेसले गत पुस ७ गते प्रदेश उपसभापति चन्द्रशेखर कुमार यादव ज्युको संयोजकत्वमा तीन सदस्य निर्वाचन समिति गठन गरेको थियो ।निर्वाचन समितिले सर्वसहमतिको प्रयासबाट दलको नेता चयन नभएपछि निर्वाचन प्रकृया अघि बढाएको कांग्रेस प्रचारप्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिए
काठमाण्डौ,पुस १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)लाई पनि सरकारमा समेट्ने प्रयास थालेका छन् । यसका लागि प्रचण्डले आज एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् ।ललितपुरस्थित प्रचण्डको एक नातेदारको निवासमा भएको भेटमा नेपाल र यादवको पार्टीलाई समेत समेटेर मन्त्रिपरिषद विस्तारबारे छलफल भएको स्रोतले बतायो ।आफूहरुसँगको गबठन्धन तोडेर एमालेसँग गठबन्धन गरेर प्रचण्डले सरकारको नेतृत्व लिएको भन्दै एकीकृत समाजवादी असन्तुष्ट छ । अध्यक्ष नेपालले प्रचण्डले धोका दिएको अभिव्यक्ति सार्वजनिक रुपमै दिंदै आए
नरेशचन्द्र बरबरिया धनुषा पुस १३ गते । धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका वडा नं. २ स्थित नेपाल- भारतको सिमा क्षेत्र दशगज्जामा बीस बर्ष देखि बिवादित रहेको जग्गाको समस्या समाधान भएको छ । &nbs
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.