मोरङ्ग,मंसिर ४ गते – जबरजस्तीकरणी मुद्दामा ७ वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङको विराटनगर–१० का ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो ।उपचारकै क्रममा कोशी अस्पतालमा शर्माको मृत्यु भएको कारागारका निमित्त जेलर रामप्रसाद पोख्रेलले बताए । ‘प्रेसर लो’ भएका कारण उनको मृत्यु भएको चिकित्सकले बताएका उनले जानकारी दिए । ‘राति एक्कासि बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल लगेका थियौं,’ पोख्रेलले भने, ‘उपचारमा संलग्न चिकित्सकले लैजान सल्लाह दिएपछि ल्याएका थियौं तर पुनः बिरामी भएपछि अस्पतालमा ७ः३० बजे मृत्यु भयो ।’मृतकका परिवारले कारागार प्रशासनले उपचारमा ढिलाइ गरिदिँदा मृत्यु भएको आरोप ल
सिरहा,मंसिर ४ गते –हामीले सानैदेखि सुन्दै आएका छौँ, बालबालिका भविष्यका कर्णाधार हुन् । निर्दोष आँखा, मनमोहक अनुहार र वाचाल ओठहरु बालबालिकाको भौतिक आवरणलाई परिभाषित गर्न पनि हामीले बारम्बार प्रयोग गरिरहेका हुनसक्छौँ ।तर, यो सबै हाम्रो वरपरको मात्र तस्वीर हो । के सिरियाका बालबालिका पनि विद्यालय जान पाएका होलान् । के इथियोपियाका बालबालिकाको पेट पनि सधैं भरिएकै होला । के अफगानिस्तानमा पनि बालबालिकाले ती सबै अधिकार पाएका होलान् जो हामीले कल्पना गरिरहेका हुन्छौँ ।हामीले सानो हुँदा वा अहिले पनि सोचिरहेका हुन्छौँ, केही सुविधाहरुबारे, केही अधिकारहरुबारे र केही चाहनाहरुबारे । के व
सिरहा,मंसिर ४ गते– नेपाल विद्युत् प्राधिकरणले गत वर्ष निर्माण सुरु गरेको ५० वटा चार्जिङ स्टेसन छ महिनाभित्र सम्पन्न गरिने भएको छ । प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । प्राधिकरणले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन निर्माण गरिएको हो ।प्राधिकरणका अनुसार स्टेसन रहने स्थानको पहिचान गरिएको छ । चार्जर मेसिन खरिदको सम्झौता भइसकेको छ । हाल स्टेसनमा विद्युत् लाइन पु(याउने काम भइरहेको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भन्नुभयो, “स्टेसनमा विद्युत् लाइन पु(याउने काम भइरहेको छ । रफ्तारमै काम भइरहेकाले छ महिनाभित्र सम्पन्न हुन्छ ।”उहाँका अनुसार केही
सिरहा,मंसिर ४ गते –रुपन्देहीको देवदह ११ सहदौनिया निवासी रविन श्रेष्ठले आफ्नो २३ बर्षीय श्रीमती दिलमाया श्रेष्ठको घांटी थिचेर हत्या गरेको इलाका प्रहरी कार्यालय धकधईका प्रहरी नायब निरिक्षक हरि नारायण श्रेष्ठले जानकारी दिएका छन्।प्रहरीलाई बिहान ९ बजे मात्रै घटनाको बारेमा गाउँलेहरुले जानकारी दिए पनि रातिनै श्रीमतीको हत्या गरेको हुन सक्ने प्रहरीले आकलन गरेको छ। दिलमायाका श्रीमान २५ बर्षीय श्रेष्ठले आफ्नै श्रीमतीको हत्या गरेका हुन्। हत्या गरि पराल भित्र लुकाएर राखेका अवस्थामा श्रीमतीको शव फेला परेको थियो। । घरायसी विवादका कारण श्रीमतीको हत्या गरेको श्रेष्ठले स्वीकारेका छन्।श्रीमतीको हत्या गरे भनरे ग
जलेश्वर,मंसिर ४ गते – महोत्तरी जिल्लामा साउन महिनादेखि असोज महिनासम्ममा ५० जना हराएको (बेपत्ता) देखिएको छ । बेपत्ताहरुमध्ये १५ जना मात्रै फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले साउनदेखि असोज महिनासम्ममा ज्येष्ठ नागरिक, महिला, बालकबालिका गरी ५० जना मानिस बेपत्ता भएको उजुरी रहेको जानकारी दिनुहुँदै सोमध्ये १५ जना मात्रै फेला परेको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता विष्टले आ.व।२०७८–०७९ को पहिलो त्रैमासिकमा (साउन, भदौ र असोज महिना) सम्पादन गरिएको कार्यहरुको जानकारी दिनुहुँदै
सिरहा,मंसिर ३ गते –धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक ३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७५ वर्षीय एक वृद्ध साधु पक्राउ परेको छ ।इलाका प्रहरी कार्यालय महेन्द्रनगरको अनुसार पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका(६ घर भई ३र४ दिनदेखि सोही मन्दिरमा बस्दै आएका ७५ वर्षीय साधु शिबजी राम रहेका छन् ।इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक तिलक सुनारले क्षीरेश्वरनाथ नगरपालिका(८ को इच्छापुर स्थित एक मन्दिरमा शुक्रबार बिहान खेल्न गएकी एक बालिकालाई बलात्कार गरेको आरोपमा साधुलाई पक्राउ गरिएको बताए ।पीडित परिवारजनले शुक्रबार इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा किटानी जाहेरी द
सिरहा,मंसिर ३ गते– सिरहाकोे धनगढीमाई नगरपालिका वडा नं. १० स्थितमा ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरी टोलीले पुर्व बाट पश्चिम तर्फ जादै गरेको प्रदेश नं. ०२—०२३–प.९३९ नं.को (ओन टेस्ट) मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक जिल्ला सप्तरी खड्क नगरपालिका वडा नं। ७ बस्ने अं। बर्ष २५ को नागेश्वर भगत र सोही मोटरसाईकलमा पछाडी सवार जिल्ला धनुषा औरही गाउँपालिका वडा नं. ५ बस्ने अं। बर्ष २९ को रमन कुमार कर्ण समेतको साथबाट नोफिन–१९४ एम्पुल, प्रोमिथोजाईन– ३४२ एम्पुल, डाईजोपाम– ३८२ एम्पुल र लेवल नभएको– १८२ एम्पुल समेत फेला पारी मानिसहरु नियन्त्रणमा लिई बरामद लागू औषध र मोटरसाईक
कञ्चनपुर,मंसिर ३ गते – शुक्लाफाँटा नगरपालिका–४ र ११ का १८ बासिन्दालाई बहुलाहा कुकुरले टोकेर घाइते बनाएको छ ।बुधबार र बिहीबार गरी दुई दिनको अवधिमै उनीहरुलाई घाइते बनाएको हो । वडा नं ४ का १२ र ११ का ६ जनालाई कुकुरले टोकेको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार घाइते सबैको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ ।कुकुरले २१ पशुचौपायालाई समेत टोकेको छ । स्थानीय बासिन्दाका अनुसार तीन बङ्गुर, दुई बाख्रा, एक पाडी, सात कुकुर तथा सात गोरुलाई समेत कुकुरले टोकेको छ ।घाइते हुनेमा वडा नं ४ का ६० वर्षीय हरिसिंह राना, १० वर्षीया बालिका रोशनी राना, १८ वर्ष
सिरहा,मंसिर ३ गते – आज विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ ।विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो । यस वर्ष संयुक्त राष्ट्र संघले विश्व शौचालय दिवसको नारा ‘शौचालयको महत्व’ (ख्बगिष्लन त्यष्भित) राखेको छ ।नेपाल १३ असोज २०७६ मा नै खुला दिसामुक्त भैसकेकाले निजी शौचालयको महत्व र सरसफाइको चेतना लगभग सबै क्षेत्रका सबै समुदायमा पुगिसकेको अनुमान छ
सिरहा,मंसिर ३ गते –सप्तरीमा विहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् खडक नगरपालिका–६ विरपुर स्तिथ पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको स १ त ६२५६ नम्वरको ट्याक्टरले विपरित दिसाबाट जाँदै गरेको बा ९३ प ३५९ नम्वरको मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।ठक्करसँगै ट्याक्टर सडकबाट ५ मिटर तल खसेर पल्टिएको प्रहरीले जाइको छ । ट्याक्टरमा सवार सिरहाको नरहा गाउँपालिका–३ पाँडा टोलका रामदेव यादवकी ६५ वर्षीया पत्नी काशी यादवको मृत्यु भएको छ । दुर्घटना घाइते भएकी यादवलाई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याइएको थियो ।उपचारकै क्रममा उनको
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.