कास्की,मंसिर ६ गते – बालिकाहरुले कानमा लगाएको करिब १ तोला ९५ लाल बराबरको ५ जोर सुनको मुन्द्रा लुटपाट गरेको अभियोगमा पोखरा महानगरपालिका–१४ बस्ने स्याङ्जा घर भएकी २४ वर्षीया अम्बिका पुलामी मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विभिन्न मिति र समयमा मगरले खानेकुरा खान दिई ललाई फकाई ५ जना बालिकाहरुको उक्त मुन्द्रा लुटपाट गरी फरार भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा लुटपाट गरेको उक्त मुन्द्रा र ग.१५ प ६७८८ नम्बरको स्कुटर सहित फेला पारी पक्राउ गरेको हो । 

                           यस सम्बन्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।