X wada

मुख्य समाचार

    Showing २,५५१-२,५६० of २,९७२ items.
  • ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

    सुनसरी,मंसिर ७ गते – ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका(१६ गैरीटोल बस्ने ५५ बर्षीय नविन गिरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत विराटनगरको २०७७ माघ ७ गतेको फैसलाबाट ठहर भएको ४ वर्ष ७ महिना ४ दिन कैद सजाय भुक्तान नभई फरार रहेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्यवनका लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि करागार चलान गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटानगरले जनाएको छ 

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • ८९ पटक पढिएको
  • सुनको मूल्य तोलामा १६ सय रुपियाँ घट्यो

    सिरहा,मंसिर ७ गते – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपियाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९३ हजार ९०० रुपियाँमा कारोबार भएको सुन आज प्रतितोला एक हजार ६०० रुपियाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८०० रुपियाँ कायम भएकामा सोमबार प्रतितोला ९३ हजार ४०० रुपियाँ पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपियाँले घटेर एक हजार २५५ रुपियाँ तोकिएको महासङ्घले जनाएको छ ।अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०८ डलर आसपासमा कारोबार भइरहेको छ

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • १२४ पटक पढिएको
  • बलात्कार प्रयासको आरोपमा सर्लाहीबाट पक्राउ

    सिरहा,मंसिर ७ गते – सर्लाही प्रहरीले बलात्कार प्रयासको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।ब्रहमपुरी गाउँपालिका वडा–७ नोकैल्वामा एक महिलामाथि बलात्कारको प्रयास गर्ने सोही ठाउँका ३८ बर्षीय श्यामसुन्दर यादवलाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । यादवले ५ कात्तिकमा ती महिलासँग बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवलाई करणी उद्योगमा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • ११७ पटक पढिएको
  • २५ हजार मेट्रिकटन मल नेपाल भित्रिँदै

    वीरगञ्ज,मंसिर ७ गते – पछिलो पटक चीनबाट ल्याइएको कूल २५ हजार मेट्रिकटन रासायनिक मल डिएपी नेपाल भित्र्याउने तयारी गरिएको छ ।चीनबाट भारतसम्म र भारत हँुदै नेपालसम्म मल भित्र्याउने योजनाअन्तर्गत अहिले उक्त मल नेपालको सीमावर्ती भारतीय बजारसम्म आइपुगेको हो । नेपालमा विशेष गरी तीन नाकाबाट रासायनिक मल नेपाल भित्रिने गर्दछ । वीरगञ्ज, विराटनगर र भैरहवा नाका पर्दछन् । कृषि सामग्री कम्पनी लिमिटेड २ नं प्रदेश कार्यालय वीरगञ्जका अनुसार सीमापारी भारतीय बजारसम्म आइपुगेको उक्त मल अब नेपालसम्म भित्र्याउने अन्तिम तयारी गरिएको हो । सिमापारी भारतीय बजार रक्सौलसम्म आइपुगेको रासायनिक मल ९डिएपी०लाई अब तत्कालै नेपाल भि

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • १५४ पटक पढिएको
  • अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

    कैलाली,मंसिर ७ गते – धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट ७ ग्राम ९ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–२ बैयाबेहडी बस्ने २६ वर्षीय सन्देश बोगटी र सोही उपमहानगरपालिका–१ बस्ने ३० वर्षीय बिजय मगराती रहेका छन् । लु.४५ प २६५३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • १०१ पटक पढिएको
  • एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

    सोलुखुम्बु,मंसिर ७ गते – आफ्नै २५ वर्षीय छोरा समेत २ जनालाई एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा सोलु दुधकुण्ड नगरपालिका–५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईलीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी मोहनले एसिड प्रहार गर्दा २ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते दुवै जनालाई जिल्ला अस्पताल फाप्लु हुँदै थप उपचारको लागि बीर अस्पताल काठमाडौं रिफर गरिएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • ९६ पटक पढिएको
  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    तेह्रथुम,मंसिर ७ गते – ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फेदाप गाउँपालिका–२ सिलगुडी बस्ने ३८ वर्षीय  खगेन्द्र भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । खगेन्द्रले ती महिलालाई बारीमा गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ओयाक्जुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • १०७ पटक पढिएको
  • स्थानीय तह निर्वाचनको तयारी

    सिरहा,मंसिर ७ गते – सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँचवर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ ।स्थानीय तहको निर्वाचनलाई लिएर आयोगले आन्तरिक तयारी सुरु गरिसकेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकार दृढ रहेको बताउनुभयो । उहाँले भन्नुुभयो, “स्थानीय तह पुनः पदाधिकारीविहीन त हुने होइन भन्ने सवालमा सरकार सचेत रहेको र लोकतन्त्र तथा लोकतान्त्रिक सङ्घसंस्थालाई जीवन्त राखेर जनतालाई सेवासुविधा प्रभावकारी रूपमा उपलब्ध गराउन प्रतिबद्ध

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • १७६ पटक पढिएको
  • राष्ट्र जनगणना अन्तिम चरणमा

    सिरहा,मंसिर ७ गते – राष्ट्रिय जनगणना–२०७८ को जनगणना गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । सोमबारसम्म ८५ देखि ९० प्रतिशतजति जनगणनाको काम सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।गत कात्तिक २५ देखि सुरु भएको जनगणना सोमबारसम्म १२ दिन मुख्य गणना गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डिराज लामिछानेले सोमबारसम्म मुख्य गणनाको ८५ देखि ९० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो । सुपरिवेक्षकले नियमित रूपमा गणकसँग समन्वय गरिरहेको र सुपरिवेक्षकले जिल्ला जनगणना कार्यालयमा जनगणनाको प्रगतिबारे विवरण दिने गरेका उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो, “केही छिटफुट भए जिल्ला जनगणना, स्थानीय जनग

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • ११९ पटक पढिएको
  • लहानमा एक शव भेटिए

    सिरहा,मंसिर ७ गते – पूर्वश्चिम राजमार्ग अन्तर्गत लहानको पडरियामा एक पुरुषको शव भेटिएको छ । सडक किनारमा सुन्तला रङ्गको भेष्ट र सेनाको युनिफर्म जस्तो पाइन्ट लगाएको युवल सडक किनारमा घोप्टो परेको अवस्थामा शव भेटिएको हो ।अहिले प्रहरी घटनास्थल पुगेकोले विवरणहरु आई नपुगेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डा. तपन दहालले जानकारी दिए ।

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • ३२९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२