सिरहा,मंसिर ९ गते – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु। १०० ले घटेर रु। ९१ हजार ७०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु। ९१ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु। ९१ हजार २०० तोकिएको छ ।
यसको मूल्य बुधबार प्रतितोला रु। ९१ हजार ३०० थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु। पाँचले बढेर रु। एक हजार २३० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ




















