X wada

मुख्य समाचार

    Showing २,४९१-२,५०० of २,९७२ items.
  • २५ किलो चरेससहित महिला पक्राउ

    बझाङ,मंसिर १५ गते – प्रहरीले बझाङको डुग्रीबजारबाट २५ किलो लागुऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छन् । सदरमुकाम चैनपुर नजिकैको डुग्री बजारमा रोकायाको किराना पसलबाट सो परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।घटनाबारे थप अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिएका छन् 

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • १०४ पटक पढिएको
  • आज विश्व एड्स दिवसः ६३ प्रतिशतले घट्यो नेपालमा सङ्क्रमणदर

    सिरहा,मंसिर १५ गते – आज ३४ औं विश्व एड्स दिवस, नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष दिवसको नारा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने तय गरिएको छ ।सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउने गरिन्छ । एचआईभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागी विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन विश्व एड्स दिवस मनाउने गरिन्छ । सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम हुने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।केन्द्रको तथ्याङ्क अनुसार नेपालमा एचआईभी एड्स सङ्क्रमणदर घ

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • १४२ पटक पढिएको
  • यथास्थितिमा एम.सी.सी. पास हुँदैन ः मन्त्री पोखरेल

    सिरहा, मंसिर १५ गते । एकीकृत नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेले यथास्थितिमा जस्ताको तस्तै एम.सी.सी. पास गर्न खोजे नेपाली कांग्रेससँगको सहकार्य टुट्ने वताउनुभएको छ । आज सिरहाको धनगढीमाई नगरपालिकाले आयोजना गरेको नेकपा माओवादी केन्द्रको प्रथम नगरसम्मेलनको उद्घाटन सत्रमा बोल्नुहुँदै नेता पोखरेलले नेपाली कांग्रेसले एम.सी.सी. जस्ताको तस्तै पास गराउन खोजेकोले देश चुन्ने कि गठबन्धन चुन्ने स्थिति आए खण्डमा हामीले गठबन्धनलाई छोड्न सक्ने वताउनुभयो । नेता पोखरेलले लामो समयको प्रयासपछि गठबन्धन बनेकोले यो गठबन्धनलाई चुनावसम्म लान

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • २४५ पटक पढिएको
  • यसै बर्षभित्र रेल सञ्चालन हुने

    सिरहा,मंसिर १४ गते –भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले यसै बर्षभित्र रेल सञ्चालनमा आउने बताएकी छिन ।मंगलबार जनकपुरधामस्थित रेल्वे स्टेशन पुगेका मन्त्री यादवले जयनगर–जनकपुर रेल्वेको ट्रयाक निरिक्षण गर्दै छिटो भन्दा छिटो रेल सञ्चालन गर्ने तयारी भईरहेको बताउनुभयो । उनले ठ्याक्कै यही मितिमा रेल चल्ने भन्न नसकिए पनि यस बर्षभित्रै कुर्थासम्म रेल सञ्चालनमा ल्याउने गरी आवश्यक प्रकृया अगाडि बढिसकेको बताउनुभयो । उनले रेल्वे सञ्चालनका लागि अध्यादेश निर्माण भईसकेको र चाँडै नै सदनमा पेश गरिने मन्त्री यादवको दावी छ । उनले केही कागजी प्रक्रियाहरु मात्र बाँकी रहेको र आजै आफू काठमान्डौ पुगेर

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • १२३ पटक पढिएको
  • जिप दुर्घटना : वडा सदस्यसहित ४ जनाको मृत्यु

    बेनी,मंसिर १४  गते – म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा एक जना वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ ।बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ पाँच बजेतिर औंलामा दुर्घटना हुँदा एक महिला र तीन पुरुषको मृत्यु भएको हो मृत्यु हुनेमा ३० वर्षीया गौमाया विक, जिप चालक ३५ वर्षीय दुतबहादुर थापा, ३० वर्षीय खिमु पुन र ४५ वर्षीय खिमानन्द शर्मा रहेको प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए । प्रहरीका अनुसार गौमाया विक रघुगंगा गाउँपालिका–१ बेगकी निर्वाचित वडा सदस्यसमेत हुन् । पुन र शर्माको घटनास्थलमा तथा चालक थापा र विकको उपचारका लागि

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • १४९ पटक पढिएको
  • तीन स्थानीय तह वाणिज्य बैङ्कविहीन

    सिरहा,मंसिर १४ गते – कुल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा वाणिज्य बैङ्कको उपस्थिति पुगेको छ । तीनवटा गाउँपालिकामा बैङ्कको शाखा अझै पुग्न सकेको छैन । शाखा नपुगेका स्थानीय तहमा बागमती प्रदेशमा धादिङको रुबीभ्याली, कर्णाली प्रदेशमा जाजरकोटको जुनीचाँदे र सुदूरपश्चिम प्रदेशमा बझाङको साइपाल गाउँपालिका रहेका छन् ।यी गाउँपालिकामा पनि बैङ्क शाखा पुग्ने क्रममा रहेको राष्ट्र बैङ्कले जनाएको छ । सरकारको प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैङ्कको शाखा पु¥याउने लक्ष्यअनुरूप कुल ७५३ स्थानीय तहमध्ये २०७८ असार मसान्तमा ७५० स्थानीय तहमा वाणिज्य बैङ्कको उपस्थिति पुगेको हो । त्यसैगरी २०७८ असार मसान्तसम्

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • ११७ पटक पढिएको
  • बस दुर्घटना, चालकको मृत्यु

    सिरहा,मंसिर गते – कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा बस दुर्घटना भएको छ । दुर्घटनामा बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको चित्रुङधारा घर भएका भुपेन्द्र खनाल छन् । अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रबक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिए उनका अनुसार दुर्घटनामा घाइते भएकाहरुको पोखरास्थित फिस्टेल अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचारका लागि ल्याइएको छ पोखराबाट बागलुङ जाँदै गरेको लु. १ ख. ७७६६ नम्बरको बस बिहान अन्नपूर्ण गाउँपालिकाको वडा नं। ३ पाउदुरमा दुर्घटनामा परेको हो । बस सडकभन्दा तल अन्दाजी ३० मिटर तल पुगेको छ 

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • ११२ पटक पढिएको
  • सभापतिमा जितेँ भने कांग्रेस एक बनाउँछु : निधि

    काठमाडौं,मंसिर १४ गते –नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेसलाई एक बनाएर अघि बढ्ने दाबी गरेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रको दीर्घायुका लागि कांग्रेस एक हुनुपर्ने उनको दाबी छ।‘संघीय लोकतान्त्रिक गणतन्त्रको दीर्घायुका लागि नेपाली कांग्रेसले जित्नुपर्छ। जितका लागि नेपाली कांग्रेस एक हुनुपर्छ। ’सभापतिको उम्मेद्वारी घोषणा गरेका निधिले सामाजिक सञ्जालमार्फत भने, ‘मैले सभापतिमा जितें भने कांग्रेसलाई एक बनाएर अघि बढ्न सक्छु। संघीय लोकतान्त्रिक गणतन्त्रको दीर्घायुका लागि नेपाली कांग्रेसले आउँदो चुनावमा जित्नु जरूरी छ।’उनले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, धर्म निर

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • १३५ पटक पढिएको
  • सूचना दिन आलटाल गरेका ३० जना प्रमुखमाथि कारवाही

    सिरहा,मंसिर १४ गते – सूचना दिन आलटाल गरेका देशभरका ३० जना कार्यालय प्रमुखमाथि कारवाही गरिएको छ ।राष्ट्रिय सूचना आयोगले जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार आयोजना गरेको सूचनाको हक विषयक अन्तरक्रिया कार्यक्रममा सूचना आयुक्त रत्नप्रसाद मैनालीले सो कुराको जानकारी गराएका हुन् । उनले सूचनाको हक सम्बन्धि ऐनलाई टेकेर कुनै पनि सार्वजनिक निकायमा सूचना माग्न जांदा तोक लगाउनु पर्ने कुनै बाध्यता नरहेको बताए । सूचना अधिकारीले निर्धारित समयमै सूचना दिनु पर्ने अन्यथा सम्बन्धित कार्यालयको कार्यालय प्रमुखमाथि कारवाही गरिने चेतावनी समेत उनले दिए ।, ‘सूचनाको लागि दिइएको निवेदनमा कार्यालय प्रमुखको तोक लगाउनु कु

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • २०८ पटक पढिएको
  • मतदाता नामावली संकलन

    सप्तरी,मंसिर १४ गते – जिल्ला निर्वाचन कार्यालयले आगामी निर्वाचनलाई लक्षित गरी मतदाता संकलन गर्ने भएको छ ।सो क्रममा जिल्लामा मतदाता नामावली संकलन मंसिर १७ देखि सुरु हुने निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । सोमबार सदरमुकाम राजविराज स्थित नगरपालिकाको सभाकक्षमा एक कार्यक्रमको आयोजना गर्दै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन सम्बन्धी जानकारी गराएको हो । फोटोसहितको मतदाता नामावली संकलन २०७८ अन्तरगत संचालन हुने कार्यक्रम सम्बन्धमा जिल्ला स्तरमा सरोकारवालाहरुसँग गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले मंसिर १७ देखि गाउं– गाउंमा मतदाता नामावली संकलन ग

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • १२८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२