दाङ्ग,पुष ६ गते– २०६६ सालमा घोराही–१६ स्थित सर्रामा सामुदायिक बाल अस्पताल सञ्चालन हुने भएपछि स्थानीय हर्षित भए । घर छेउमै बनेको अस्पतालबाट विशेषज्ञ सेवा पाइने भनेर स्थानीय खुसी थिए ।तर स्थानीयको त्यो खुशी लामो समय टिकेन । बाल अस्पताल सेवा सुरु गरेको वर्षदिन नपुग्दै बन्द भयो । अस्पताल बन्द भएपछि अस्थायी प्रहरी चौकीले भवनलाई आवासको रुपमा प्रयोग गर्यो । अस्पतालको भवनमा प्रहरी झण्डै छ वर्ष बस्यो ।२०७३ सालमा प्रहरीले भवन खाली गरेपछि १० शय्या, एक्सरे मेशिन र ल्याबसहितको सेवा राखेर अस्पताल पुनः सञ्चालनमा ल्याइयो । तर छ महिना पनि राम्रोसँग चल्न नपाउँदै अस्पताल फेरि बन्द भयो । अहिले चार वर्ष
सिरहा,पुष ६ गते – गृहमन्त्री बाल कृष्ण खाँणल एमसीसी नेपालको विकासमा रहेकाले एमसीसी सम्झौतालाई अगाडि बढाउनु नेपाल सरकारको दायित्व रहेकोे जनाएको छ । जनकपुरधाममा नेपाली कांग्रेसका चर्चित नेता स्व। राम नारायण मिश्रको ५४ औं पुण्यतिथिमा सहभागी भएका गृहमन्त्री खाँडले पत्रकारहरुसंग कुराकानी गर्दै देशको विकासमा रहेको एमसीसी अगाडी बढाउनु गलत नभएको बताए ।त्यतिकै आवयश्क छ भने सरकारले एमसीसी संसदमा किन लान नसकेको रु भन्ने प्रश्नमा खाँणले प्रस्ताव अगाडि बढने वा पारित हुने स्थिती बिना रणनितिक रुपमा अगाडि बढाउदा समस्या हुने भएकाले सहमतीको प्रयास गरिएको बताएका छन् । गृहमन्त्री खाँणले प्रदेश २ मा लोकतान्त
सिरहा,पुष ६ गते – सरकारी स्वामित्वको कम्पनी जनकपुर चुरोट कारखाना (जचुकाली) पुनः संचालनमा ल्याइने भएको छ ।२२ वर्षदेखि बन्द कम्पनी पुनः सञ्चालनका लागि आवश्यक अध्ययन गर्न अर्थमन्त्रालयले समिति बनाएको छ । उद्योग मन्त्रालय, सरकारी उद्योग तथा संस्थान शाखाका प्रमुख गिरीराज ज्ञवालीले कारखाना संचालनका लागि अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेश गरेको जानकारी दिनुभयो । अर्थमन्त्रालय सकारात्मक भएकाले कम्पनी पनि पुनः ब्युँताउन लागिएको उहाँले बताउनुभयो । उद्योग मन्त्रालयकी सहसचिव चन्द्राकला पौडेलको संयोजकत्वमा रमेश केशी सदस्य र गगनबहादुर विश्वकर्मा सदस्यसचिव रहने गरी अध्ययन समिति गठन गरिएको छ । समितिले तत्काल संचा
गरुडा,पुष ६ गते – टिपरको ठक्करबाट एक जना स्थानीय नेताको मृत्यु भएको विषयलाई लिएर रौतहटको इलाका प्रहरी कार्यालय फतुवा विजयपुरमाथि ढुङ्गामुढा प्रहार गरिएको छ ।प्रहरीले दोषीलाई जोगाउन खोजेको भन्दै स्थानीयवासीहरुले विजयपुरमा रहेको कार्यालयमाथि ढुङामुढा प्रहार गरेका हुन् । आइतबार राती जिल्लाको फतुवा विजयपुर नगरपालिका–११ हिमालीवासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक नेकपा एमालेका नेता खेदु चौधरीको मृत्यु भएको थियो । नेता चौधरीलाई ठक्कर दिने टिपर चालक एवम् सवारी धनीलाई कारवाही गर्नुको सट्टा इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक विष्णु विश्वकर्माले दोषीलाई जोगाउन खोजेको आरोप लगाउँदै पीडित परवार
सिरहा,पुस ५ गते । छुरा हानाहानको घटनामा संलग्न तीन जनालाई प्रहरीले समातेपछि सिरहाको गोलबजारमा विहानैदेखि अवरुद्ध सडक दश घण्टापछि सुचारु भएको छ । पीडितहरुले स्थानीय प्रशासनले लिएको समयावधिभित्र दोषीलाई पक्राउ नगरेको भन्दै आज विहानैदेखि पुनः सडक अवरुद्ध गरेको थियो । अवरुद्ध सडकले सयौं सवारीका साधनहरु गोलबजार खण्डमा रोकिदा यात्रुहरु यात्रुहरु विचल्लीमा परेको थियो । प्रहरीले वल प्रयोग गरी आज दिउँसो अवरुद्ध सडक खुलाउन खोज्दा पीडित र प्रहरीबीच झडप हुँदा दुई जना पीडितहरु घाइते भएको थियो । घाइतेहरुको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । घाइते मध्ये एकजना मृतकका बहिनी हुन् भने अर्का गाउँले हो । सडक
सिरहा, पुष ५ गते । हत्या घटनाका मुख्य दोषिलाई अझै पक्राउ नगरेको भन्दै स्थानीले फेरी सडक र बजार बन्द गरेका छन् । सिरहा गोलबजार नगरपालिका–६ डोहटिया छुरा प्रहारबाट एक जनाको मृत्यु भएका थिए भने एक जना घाईते भएका थिए । घटनाको विरोधमा सडक अबरुद्ध गरेका थिए अबरुद्ध स्थानीय प्रशासनले २४ घण्टाभित्र हत्यामा संलग्नलाई पक्राउ गरि कानुनि दायरामा ल्याउने प्रतिबद्धता पछि अबरुद्ध खुलेका थिए । आज पुनः पिडित पक्षले आफनो माग पुरा नगरेको भन्दै आफूहरु सडकमा उत्रिनु परेको बताएका छन् ।सडक जामका कारण अहिले हजारौंको संख्यामा सवारी साडन सडकमै अलपत्र परेका छन् भने हजारौं यात्रुको विजोग भएको छ । सवैभन्दा धेरैमार टा
सिरहा,पुस ५ गते। गोलवजारमा अबरुद्ध सडक खुलाउन प्रहरीले बल प्रयोग गर्न खोज्दा स्थानीय बासिन्दा र प्रहरीबीच झडप हुदाँ दुई जना घाईते भएका हुन ।प्रहरीको लाठिचार्जबाट मृतक रामकुमारका दिदी कर्जन्हा नपा ५ बस्ने समलिया सदायको टाउको फूटेका हुन । उनको गोलबाजरस्थित भुमिजा अस्पतालमा उपचार भईरहेको छ ।प्रहरीलाई भने आन्दोलनकारीले लखेटेर ईलाका प्रहरी कार्यालय पसाएका छन् । प्रहरीमाथि आन्दोलनकारीले ढुंगामुढा समेत गरेपछि अवस्था तनावग्रस्त भएको छ ।शनिवार साँझ छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ का २६ बर्षीय रामकुमार सदायको मृत्यू भएको थियो । छुरा प्रहारबाटै उनकै साथी निकेश सदाय गम्भीर घाईते छन् । उक्त घटनाको
काठमाडौं,पुष ५ गते – मुलुकभर विद्युत्को माग बढेको छ। विद्युत्को उच्च माग ९पिक डिमान्ड० औसत ३ सय मेगावाट हाराहारीमा बढेको हो। अघिल्लो वर्ष यो समयमा करिब १२ सय मेगावाट हाराहारीमा विद्युत्को माग थियो। अहिले १५ सय मेगावाटभन्दा बढिरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। यो वर्षको हिउँदमा १७ सय मेगावाटसम्म विद्युत्को उच्च माग पुग्ने प्राधिकरणको अनुमान छ। पिक डिमान्ड बढ्नु ठूलो उपलब्धि भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। ‘खपत बढाउन चालिएका कदम र जाडो बढेका कारण विद्युत्को आन्तरिक माग ह्वात्तै बढेको छ,’ प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने, ‘अघिल्लो वर्षभन्दा बढी उद्यो
काठमाडौं, पुष ५ गते – कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानीमा रहेको तृष्णा जोन हार्डवयेर एण्ड रङ डिलरमा आगलागी भएको छ । सोमबार विहान करिब ३ः३० बजे विद्युत सर्ट भइ हार्डवयेर एण्ड रङ डिलरमा आगलागी भएको हार्डवयेर सञ्चालक युवराज खत्रीले अनुमान गर्नुभएको जानकारी दिनुभएको छ । आगलागीबाट पसलमा रहेका छड, सिमेन्ट, जस्ता, रङ्ग, रङ्ग बनाउने मेसिन, ल्यापटप, नगदलगायत सामाग्री जलेर नष्ट भएको छ । प्रहरी, स्थानीय र दमकलको सहायतामा करिब ४ घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलागी विद्युत् सर्ट भएकाले भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ
काठमाडौं,पुष ५ गते – काठमाडौं महानगरपालिका(९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई लैजाने लागेको करिब ३ सय ३३ ग्राम सुन जस्तो देखिन पहेंलो धातु सहित बंगलादेशी नागरिक राहदानी नम्बर ईएन ०९८७८१ बाहक ३५ वर्षीय अस्राफुल इजलामलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।हिमालयन एअरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनलाई विमानास्थलमा खटिएको प्रहरीले ह्याण्ड व्यागेजमा जाँच गर्दा २ सय ३३ ग्राम सुन जस्तो देखिने पहेंलो रंगको धातुको बिस्कुट २ थान र १ सय ग्रामको चेनरोल १ थान गरी जम्मा उक्त परिमाणको धातु सहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनी उपर त्रिभु
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.