काठमाडौं,पुष ७ गते – ओछ्याउनमा पिसाब गरेकै निहुँमा पोखरामा होस्टेल वार्डेनले एक बालकको लिङ्ग बाँधेका छन्। पोखरा(१५ गलेश्वरचोकमा रहेको न्यु लाइफ होस्टेल पढ्नका लागि होस्टेल बसेका डोल्पाका ५ वर्षीय एक बालकलाई होस्टेलका वार्डेनले पिसाब गर्ने लिङ्ग बाँधेका हुन्। होस्टेल वार्डेन जानुका नेपालीले रेमन बुढालाई सोमबार यातना दिँदै लिङ्ग बाँधेको पाइएको छ। हिमालयन गुडलाइफ काठमाडौंद्वारा सञ्चालित होस्टेलमा वार्डेन नेपालीले राति सुत्ने समयमा ओछ्यानमा पिसाब गरेपछि रेमनको लिङ्गमा रबरले बाँधिदिएकी थिइन्। उक्त विद्यालयमा अभिभावक नभएका बालबालिका पढने गरेको सञ्चालक राहुल नेपालीले बताए। रेमनसँगै ९ बालबालिका बस्छन्। नर्सरीमा कक्षामा पढ्ने उनलाई सोमबार राति लिङ्गमा रबर बाँधेको फोटो सार्वजनिक भएपछि कुरा बाहिर आएको थियो।
होस्टेल सञ्चालक राहुल नेपालीले घटनाको जिम्मेवारी लिँदै अब आइन्दा घटना नदोहोर्याउने प्रतिबद्धता सम्झौता पत्रमा जनाएका छन्। अब आउँदा दिनमा आफ्नो संस्थामा आश्रित बालबालिकालाई यस्ता घटना घट्न नदिने प्रतिबद्धता नेपालीले गरेका छन्। सञ्चालक राहुल नेपालीका अनुसार घटना पछि ती वार्डेनलाइ होस्टेलले निलम्बन गरिसकेको बताए। ‘सामान्य जिस्किदा घटना हुन पुगेको भन्नुभयो, सधैं माया गरिरँहदा बाँधेछु निकाल्न बिर्सेछु, जेसुकै भए पनि जघन्य उपराध हो भनेर हामीले उहाँलाई माइनट गरेर बर्खास्त गरिसक्यौं,ु प्रहरी बाँकी अनुसन्धान प्रहरी कार्यलयले गर्ने उनले सञ्चालक नेपालीले जानकारी दिए।कास्कीका प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले होस्टेल संचालकले जाहेरी दिएपछि बालबालिका कसुरअन्तर्गत जानुका नेपालीलाई ५ दिनको म्याद थप गरी अनुसन्धान गरिने बताए। बाँकी कुरा अनुसन्धानबाट खुल्ने तिवारीको भनाइ छ




















